बिरुवा रोपेर नेपालस्थित भारतीय राजदूतावासले मनायो विश्व वातावरण दिवस
काठमाडौँ । विश्व वातावरण दिवसको उपलक्ष्यमा नेपालस्थित भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरको चारधाम मन्दिर परिसर नजिकै वृक्षारोपण कार्यक्रम गरी सो दिवस मनाएको दूतावासद्वारा जारी विज्ञप्ति उल्लेख छ । कार्यक्रममा वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले वातावरणको संरक्षण र जगेर्नामा साझा प्रतिबद्धता व्यक्त गरेका थिए । वन मन्त्री र ललितपुर महानगरपालिकाका मेयर महर्जनले भावी पुस्ताका लागि पृथ्वीको संरक्षणमा सहकार्य र साझेदारीको आवश्यकतामा जोड दिए । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले वातावरण संरक्षणको महत्वबारे जनचेतना…
