चीनले नेपाली सेनालाई दिएको मापदण्ड फेल गाडी दर्ताबारे संसदमा उठ्यो प्रश्न

Share Icon

काठमाडाैं । चीनले नेपाली सेनालाई दिएको मापदण्ड फेल गाडी दर्ता गर्ने व्यवस्था आर्थिक विधेयकमा उल्लेख भएकोबारे नेपाली कांग्रेसले प्रश्न उठाएको छ ।

कांग्रेसका महामन्त्री गगन थापाले आज संसद्मा बोल्दै मापदण्ड फेल भएका चिनियाँ गाडी दर्ताका लागि किन आगामी आर्थिक वर्षको आर्थिक विधेयकमा व्यवस्था गरियो भनेर अर्थमन्त्री वर्षमान पुनलाई प्रश्न गरेका हुन् ।

‘यो चिनियाँ गाडीको कुरा आर्थिक विधेयकमा किन छिराउनुभयो ? त्यसबारे जान्न चाहन्छु,’ थापाले भने ।

सामान्यतया बजेटसँग आउने आर्थिक विधेयकमा करसँग सम्बन्धित विषयमात्रै समावेश हुने गरेकामा सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमा राजस्वसँग असम्बन्धित चिनियाँ गाडी दर्ताको विषयलाई उल्लेख गरेको हो ।

‘मित्रराष्ट्र चीनबाट सहयोग स्वरूप नेपाली सेनालाई प्राप्त भई दर्ता हुन बाँकी रहेका सवारी साधनको जाँचपास तथा दर्ता गर्न प्रचलित नेपाल सवारी प्रदूषण मापदण्डको व्यवस्थाले बाधा भएको मानिने छैन,’ आर्थिक विधेयकको दफा ३१ मा छ ।

सरकारले संसद्मा प्रस्तुत गर्ने आर्थिक विधेयकमा कुनै परिवर्तन नहुने र सांसदहरुले संशोधन प्रस्ताव पनि हाल्न नमिल्ने भएकाले करसँग असम्बन्धित भए पनि चिनियाँ गाडी दर्ताको विषय विधेयकमा राखिएको हो ।

चीनले विभिन्न समयमा अनुदानमा नेपाली सेनालाई ९५ वटा गाडी दिएको थियो । तर, नेपाल सरकारको सवारी प्रदूषण मापदण्ड पूरा नहुने भएकाले हालसम्म दर्ता हुन सकेको छैन ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.