योग दिवसको अवसरमा भारतीय राजदूतावासको ‘कर्टेन रेजर’ कार्यक्रम
काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस २०२४ को उपलक्ष्यमा भारतीय राजदूतावास काठमाडौंले ‘कर्टेन रेजर’ कार्यक्रम आयोजना गरेको छ ।
भारतीय राजदूतावास काठमाडौंले पशुपतिनाथ मन्दिर परिसरमा योगा गर्दै सो कार्यक्रम गरेको हो ।
यस वर्षको योग दिवसको नारा ‘महिला सशक्तीकरणका लागि योग’ रहेको छ ।
दूतावासले माइती नेपालका महिला तथा किशोरीका लागि योगबाट हुने स्वास्थ्य लाभका बारेमा जानकारी गराउँदै सो कार्यक्रम गरेको थियो ।
जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवसको १० औँ वर्षगाँठ मनाइँदैछ ।
Facebook Comments Box