विश्व हिन्दु महासंघद्वारा अधिवक्ता खड्का सम्मानित

Share Icon

काठमाडौँ । हिन्दुहरूको साझा संस्था विश्व हिन्दु महासंघले कानून तथा न्यायको क्षेत्रबाट सनातन हिन्दु धर्मको संरक्षण एवं प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै अधिवक्ता अर्जुन खड्कालाई सम्मान गरेको छ ।

महासंघले आफ्नो ४४औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमा अधिवक्ता खड्कालाई सम्मान गरेको हो । राप्रपा अध्यक्ष पशुपति सम्सेर जबरा र महासंघको अध्यक्ष अस्मिता भण्डारीले अधिवक्ता खड्कालाई कदरपत्रसहित सम्मान गर्नु भएको हो ।

उदयमान कानून व्यवसायी खड्का कानून र न्यायको क्षेत्रबाट हिन्दु धर्मको पक्षमा क्रियाशील थिए । उनले विश्व हिन्दु महासंघलाई कानूनी सहायता एवं परामर्श दिँदै आएका छन् ।

कार्यक्रममा महासंघको कार्यवाहक अध्यक्ष भण्डारीले संस्थाको प्रमुख उद्देश्य सनातन हिन्दु धर्मको प्रवर्धन गर्दै मुलुकलाई हिन्दु अधिराज्य बनाउने भएको बताउनुभयो ।

राप्रपाका पूर्वअध्यक्ष एवं संघीय सांसद पशुपति सम्सेर जबराले देशमा हिन्दु राष्ट्र पुनर्स्थापना भएरै छोड्ने ठोकुवा गर्नुभयो

सम्मानित भएपछि सामाजिक सञ्जालमार्फत अधिवक्ता खड्काले देशैभरका सनातन स्वधर्मसँग सम्बन्धित संस्थाहरूलाई निःशुल्क कानूनी परामर्श दिने घोषणा पनि गर्नुभएको छ ।

४४ वर्षअघि स्थापित विश्व हिन्दु महासंघको विश्वका तीन दर्जन मुलुकमा शाखा रहेको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.