समाज

खोला नतरे स्कुल जान पाइँदैन

खोला नतरे स्कुल जान पाइँदैन

कपिलवस्तु । बिहानको साढे नौ बजेको छ । हातमा किताब कापी बोकेका विद्यार्थी हात ठाडो पारेर किताब टाउकोमा राखेर खोला तर्दै छन् । कोही खोला वारी नै खोला तर्न जुत्ता मोजा खोल्दै छन् । कोही पारी पुगेर जुत्ता मोजा लगाउँदै छन् । यो दृश्य हो कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको चिरई खोला किनारको दृश्य हो । चिरई खोलामा पुल नहुँदा दैनिक २ सय ६५ भन्दा बढी विद्यार्थी जोखिम मोलेरै विद्यालय आउजाउ गर्छन् । वडा नम्बर–१ मा रहेको आधारभूत विद्यालय थरौलीमा अध्ययनरत विद्यार्थी वर्षाको उर्लंदो भेल होस् वा हिउँदको चिसो जोखिम मोलेर खोला वारपार गर्न विवश छन् । वरिपरि स्कुल र पुल…
Read More
जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत

जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत

काठमाडाैं । रुकुम पश्चिम- बाँफिकोट गाउँपालिका-८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । आज बिहान भएको जीप दुर्घटनामा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा सानीभेरी गाउँपालिका-५ का ४८ वर्षीय देउचन खत्री, सोही ठाउँका ७० वर्षीय कर्ण बाँठामगर, बाँफिकोट गाउँपालिका- ८ की २२ वर्षीया रेखा केसी खनाल र उहाँको २२ दिनको छोरा रोशन केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा परी सानीभेरी गाउँपालिका– ५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको…
Read More
बलात्कार आरोपित शेषमणि गौतम उपप्राध्यापकबाट निलम्बित

बलात्कार आरोपित शेषमणि गौतम उपप्राध्यापकबाट निलम्बित

काठमाडाैं । बलात्कार अभियोगमा प्रहरी हिरासतमा परेका देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतम पदबाट निलम्बित भएका छन्। क्याम्पस सञ्चालक समितिको बिहीबार बसेको बैठकले क्याम्पस सञ्चालक समितिको कोषाध्यक्षसमेत रहेका गौतमलाई निलम्बित गरेको क्याम्पस प्रमुख शिव वलीले जानकारी दिए। क्याम्पस सञ्चालक समितिका अध्यक्ष गणेशकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले पूर्वक्याम्पस प्रमुखसमेत रहेका गौतमलाई उनी पक्राउ परेको दिनदेखि नै लागू हुने गरी सबै पदबाट निलम्बित गर्ने निर्णय गरेको क्याम्पस प्रमुख वलीले बताए। लमही नगरपालिका वडा नं. ५ – रातोडाँडाका उपप्राध्यापक गौतमले जेठ ८ गते दिउँसो घरमा कोही नभएको समयमा एक २२ वर्षीया छात्रालाई जागिरको प्रलोभन देखाएर बलात्कार गरेको जाहेरीपछि सोही दिन उनी पक्राउ परेका…
Read More
क्वालालाम्पुर–भैरहवाको भाडादर ११ हजार ४६१ रूपैयाँ

क्वालालाम्पुर–भैरहवाको भाडादर ११ हजार ४६१ रूपैयाँ

काठमाडाैं । नेपाल वायु सेवा निगमले मलेसियाबाट भैरहवा उडानका लागि प्रमोशनल भाडा घटाएको छ। निगमले मलेसिया–भैरहवा उडानका लागि ११ हजार ४६१ रुपैयाँ भाडादर कायम गरेको छ। यसअघि निगमले मलेसियाबाट प्रमोशनल भाडादर १२ हजार सात सय रुपैयाँ तोकेको थियो। त्यस्तै, निगमले क्वालालाम्पुर–भैरहवा–काठमाडौंका लागि १२ हजार ३४६ रूपैयाँ तोकेको छ। निगमले यही जेठ २९ (जुन १२)बाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरू गर्दैछ। निगमले काठमाडौं–क्वालालाम्पुर हुँदै भैरहवा उडानका लागि भाडादर तोकेरै टिकट बुकिङ पनि खुलाइसकेको छ। काठमाडौंबाट क्वालालाम्पुर जाने ए३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्ने छ। उक्त जहाज भैरहवाबाट काठमाडौं आउने छ। भैरहवाबाट तत्कालका लागि निगमले सातामा एक उडान(मंगलबार) गर्नेछ। बजारको माग तथा…
Read More
नमुना वडा बनाउन लागी रहेकाे छौं : वडा अध्यक्ष राजेन्द्र बहादुर

नमुना वडा बनाउन लागी रहेकाे छौं : वडा अध्यक्ष राजेन्द्र बहादुर

११ जेठ, काठमाडौं ।  भुपरिवेष्ठित देश नेपालको सुदूरपश्चिम प्रदेशको पश्चिम भागमा अवस्थित रहेको वैतडी जिल्लाको पुर्वी पहाडी भागमा यो सिगास गाउँपालिका अवस्थित रहेको छ। साविकका सिगास‚गाँजरि‚ढुङ्गाड‚थालाकाँडा‚शिवलिङ्ग‚चौखाम गाविस र शिखरपुरका २ वडा मिलाएर हाल सिगास गाउँपालिका बनेको छ । रहनसहन‚लवाईखवाई देखि लिएर रीतिरिवाज परम्परा‚भाषा लगायत सम्पुर्ण कुरा यी ६ गा।वि।स विच मिल्ने भएकाले यी ६ गा।वि।स समावेश गरि एक गाउँपालिको रुपमा सिफारिस गरिएको थियो ।यस सिगास गाउँपालिमा ९ वडा कायम गरि साविकको शिवलिङ्ग गा.वि.स को वडा न ४ गर्जेमा कार्यालको केन्द्र कायम गरिएको छ । २०७४ सालकाे स्थानिय तहको निर्वाचनमा ३६ मतकाे अन्तरले पराजित हुनुभएका राजेन्द्र बहादुर चन्द निरन्तर रूपमा समाज…
Read More
राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

११ जेठ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपराह्नमा आयोजित भोटोजात्रामा सरिक भइ भोटोजात्रा अवलोकन गर्नुभएको हो । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पु¥याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाउनुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभयो । उहाँले जीवित देवी कुमारीको दर्शन पनि गर्नुभयो । गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ । भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति…
Read More
रुकुमपश्चिममा जिप दुर्घटना : पाँच जनाको अवस्था गम्भीर

रुकुमपश्चिममा जिप दुर्घटना : पाँच जनाको अवस्था गम्भीर

रूकुम । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज भएको जिप दुर्घटनामा परेर पाँचजना गम्भीर घाइते भएका छन् । प्रहरी निरीक्षक एवम सूचना अधिकारी विष्णु श्रेष्ठका अनुसार गम्भीर घाइते पाँचै जनालाई उपचारका लागि केहीबेर अघि हेलिकोप्टरमा बाँकेको नेपालगन्ज लगिएको छ । अन्य घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइएको छ । जिपमा १५ जना सवार थिए । सानीभेरी गाउँपालिका–५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु१ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ ।
Read More
सशस्त्र प्रहरी द्धारा अगैया स्थित राप्ती नदीमा विपद सम्वन्धी कृत्रिम अभ्यास

सशस्त्र प्रहरी द्धारा अगैया स्थित राप्ती नदीमा विपद सम्वन्धी कृत्रिम अभ्यास

♥ उमेश दलामी ११ जेठ ,बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा न. २ अगैया स्थित राप्ती नदीमा एका बिहानै मान्छेहरुको निकै भिड थियो, झम झम पानी परिरहेको समयमा खोला वरिपरि स्थानीय बासिन्दा र सशस्त्र प्रहरीको भिड थियो, एकाएक राप्ती नदीको बाढीमा बग्दै गरेको केहि मानिसहरु देखिन्छन् बचाउँ बचाउँ भनिरहदा सशस्त्र प्रहरीको उद्दार टोली बचाउने प्रयास गरेको देखिया, एकातिर उद्दार एका तिर घइतेहरुको प्रारम्भिक उपचार चलिरहेको देखिन्यो भने, मानिसहरु आफैले बनाएर कृत्रिम सामाग्री द्धारा बाढीमा तैरिने प्रयास पनि गरिरहेको देखिन्थे । केहि घन्टा देखि राप्ती नदीमा हराई रहेका एक जना व्यक्तिको गोताखोर टोलीले खोजिरहेका देखिन्थे । तर यो बास्तविक भने…
Read More
बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत

बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत

११ जेठ,बेदकोट । कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । बाघको आक्रमणबाट ज्यान गुमाएकी बेलौरी नगरपालिका–८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बाघपीडित परिवारलाई रु १० लाख राहत रकम हस्तारण गर्नुभएको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम नियमानुसार पाउने राहत रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले जानकारी दिनुभयो । गत वैशाख ८ गते पचुईँस्थित खप्टीनालामा घाँस काट्न गएकी चन्दलाई बाघले आक्रमण गरेको थियो । सँगै घाँस काट्न गएका स्थानीयले भागेर ज्यान जोगाएका थिए । बर्दिया…
Read More
कर्जन्हामा जग्गाधनी प्रमाणपत्र वितरण

कर्जन्हामा जग्गाधनी प्रमाणपत्र वितरण

११ जेठ,गोलबजार  । सिरहाको कर्जन्हा नगरपालिकामा नापी कार्यालय मिर्चैयाले जग्गाधनीलाई प्रमाणपत्र ९लालपुर्जा० वितरण गरिएको छ । पुस्तौँपुस्तादेखि भोगचलन गर्दैआएकालाई लालपुर्जा वितरण गरिएको हो । कर्जन्हा नगरपालिका–६, ७ र ८ का एक सय ५० परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो । बाँकीलाई कार्यालयले सम्बन्धित वडामा नै लालपुर्जा उपलब्ध गराउने विषेश नापी कार्यालय मिर्चैयाका १ नं नापी टोलीका प्रमुख आशुतोषकुमार यादवले जानकारी दिनुभयो । लालपुर्जाबाट बञ्चित जग्गाधनीले पुर्जा पाएपछि खुसी व्यक्त गरेका छन् । विशेष नापी कार्यालय मिर्चैयाले २०६३ सालदेखि सिरहामा जग्गाको नापजाँच गर्दै आएको कार्यालय प्रमुख दिलीपकुमार सिंहले बताउनुभयो ।
Read More
Page 226 of 452
1 … 224 225 226 227 228 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.