समाज

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष लम्साल

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष लम्साल

१५ जेठ, काठमाडाैँ । दोस्रो संबिधान सभाबाट जारी ऐतिहासिक संबिधान २०७२ ले राज्यको पुर्नसंरचना गरि मुलुकलाई ७ वटा प्रदेशमा बिभाजन गरे पश्चात गण्डकी प्रदेशको सुदुर पश्चिम स्याङ्जामा अबस्थित यो गाउँपालिका स्थानिय निकाय पुनर्संरचना आयोगले साबिक श्रीकृष्णगण्डकी, बिर्घा, आलमदेबी र चण्डीभञ्ज्याङ गाबिस मिलाएर बनाईएको हो । यसको जनसंख्या २१७२८ छ भने क्षेत्रफल ७३।५१ वर्ग कि।मि छ। पुर्ब तर्फ गल्याङ नगरपालिका उत्तर तर्फ गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका, पश्चिम तर्फ पाल्पा जिल्लाको तानसेन नगरपालिका र दक्षिणतर्फ बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका यति चार किल्ला भित्र कालिगण्डकी गाउँपालिका रहेको छ । गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित वालिङ नगरपालिका वडा नं. २…
Read More
लक्षित वर्गको उपचारमा शय्या नछुट्याउने अस्पताललाई कारबाहीको तयारी

लक्षित वर्गको उपचारमा शय्या नछुट्याउने अस्पताललाई कारबाहीको तयारी

१५ जेठ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने तयारी गरेको छ । पहिलो चरणमा शय्या नछुट्याउने अस्पताललाई कारबाही स्वरुप केन्द्र तथा प्रदेश मातहत अस्पतालको नाम सार्वजनिक गर्ने तयारी रहेको र नाम सार्वजनिक गर्दा पनि अटेर गर्नेलाई थप कारबाहीका लागि सङ्घ तथा प्रदेश सरकारलाई लेखेर पठाइने महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो । यति गर्दा पनि अटेर गर्ने स्वास्थ्य संस्थाको प्रशासन नै बन्द गरिने महानगरले जनाएको छ । लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने केन्द्र र प्रदेशअन्तर्गतका करिब ७२ अस्पतालको नाम आएको बताइएको छ । यही जेठ २ गते…
Read More
ट्रकको ठक्करबाट घाइते महिलाको मृत्यु

ट्रकको ठक्करबाट घाइते महिलाको मृत्यु

१५ जेठ, काठमाडौँ  । कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको उपचारका क्रममा आज वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालस्थित प्रहरी समाचार कक्षले जनाएको छ । आइतबार दिउँसो कलङ्की चोकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार राउत गम्भीर घाइते हुनुभएको थियो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Read More
गढवा गाउँपालिकाका क्रियाशील सहकारीहरु ५ दिने सहकारी अवलोकन भ्रमणमा

गढवा गाउँपालिकाका क्रियाशील सहकारीहरु ५ दिने सहकारी अवलोकन भ्रमणमा

१४ जेठ, गढवा।  गढवा गाउँपालिकामा सक्रिय सहकारीहरूकाे ५ दिने अवलाेकन भ्रमण शूरू भएकाे छ ।  सहकारीमा देखियकाे बिकृति, सहकारीमा देखियकाे समस्या र हाल सहकारी ब्यवस्थापन गर्न नेपालमा रहेका  नमुना सहकारी बाट सिकाई लिई सुरक्षीत तथा सिकाईका लागि सहकारी अध्ययन, अवलाेकन कार्यक्रम आयाेजना गरिएको गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले जानकारी दिनुभयो । गढवा गाउँपालिका सहकारी शाखाकाे आयाेजनामा गढवामा रहेका सहकारीहरू लाई भ्रमणकाे आयाेजना गरिएकाे सहकारी शाखा प्रमुख यादवले बताउनुभयो। पछिल्लाे समयमा सहकारीमा आएका समस्याकाे समाधान कसरी गर्न सकिन्छ ? नमुना सहकारी कसरी बनाउने भन्ने बिषयमा गढवा गाउँपालिकाका सक्रिय संस्थालाई अवलाेकन भ्रमण गराईएकाे यादवको भनाई रहेको छ। ५ दिने…
Read More
कोशी नामकरणविरूद्ध आन्दोलनमा उत्रिएका १७ जना आन्दोलनकारी पक्राउ

कोशी नामकरणविरूद्ध आन्दोलनमा उत्रिएका १७ जना आन्दोलनकारी पक्राउ

विराटनगर । कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका १७ जना पहिचान पक्षधर प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १७ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु कोशी प्रदेशको नाम पहिचानका आधारमा पुनस् संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेश सभा भवन अगाडि पुगेका थिए । प्रदेश सभा सचिवालय नजिकै देवकोटा चोक र अस्पताल चोक पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेकाको साथबाट गुलेली र ढुंगा बरामद भएको प्रहरीले जनाएको छ । प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सभाको बजेट अधिवेशनलक्षित…
Read More
लाईट एकेडेमी मावि राजापुरद्वारा परीक्षामा उत्कृष्ट नम्बर ल्याउने ४३ विद्यार्थी पुरस्कृत

लाईट एकेडेमी मावि राजापुरद्वारा परीक्षामा उत्कृष्ट नम्बर ल्याउने ४३ विद्यार्थी पुरस्कृत

काठमाडाैं । बर्दिया राजापुर नगरपलिका ४ स्थित रहेकाे लाईट एकेडेमी मा. वि. (बोर्डिङ स्कुल) ले गत वर्ष सञ्चालित परीक्षमा उतीर्ण भएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेकाे छ । विद्यालयका प्रिन्सिपल अमर ढकाल र उप-प्रधानाध्यपक खुमलाल चौधरीले गत वर्ष सञ्चालित परीक्षमा उतीर्ण भएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका हुन्। प्रिन्सिपल अमर ढकालले कक्षा १ देखि ९ सम्मका प्रथम, द्वितिय र तिर्तिय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएकाे जानकारी दिनुभयाे । उहाँले कक्षा १ देखि ९ सम्मका  ४३ विद्यार्थीलाई पुरस्कार वितरण गरिएकाे बताउनु भयाे। त्यस्तै अनुशासन, उपस्थिती र राम्राे व्यवहारकाे गुण हुने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएकाे उहाँले बताउनु भयाे । पुरस्कार वितरण कार्यक्रमलाई सम्बाेन गर्दै…
Read More
बाँके राष्ट्रिय निकुञ्जले ग्राेभेल उठाउँन नदिँदा बाटाे निर्माण कार्य राेकियाे

बाँके राष्ट्रिय निकुञ्जले ग्राेभेल उठाउँन नदिँदा बाटाे निर्माण कार्य राेकियाे

उमेश दलामी बाँके । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा बाटाे निर्माण कार्य राेकिएकाे छ । बाँके राष्ट्रिय निकुञ्जले ग्राेभेल उठाउन नदिँदा बाटाे निर्माण कार्य राेकिएकाे हाे । निकुञ्जले ग्राभेल उठाउँन नदिँदा ६ वटा गाउँमा जावत गर्न मिल्ने झुलुङ्गे पुल नजिकैको बाटोकाे निर्माण कार्य राेकिएकाे छ । बाटाेमा ढुङ्गा बिछ्याइएको कारणले सवारी साधनहरुलाई आवत जावत गर्नलाइ कठिनाई भैरहेको छ।
Read More
प्रेमिकाको हत्यापछि प्रेमीले गरे आत्महत्याको प्रयास

प्रेमिकाको हत्यापछि प्रेमीले गरे आत्महत्याको प्रयास

संखुवासभा । संखुवासभामा प्रेमिकाको हत्या गरी प्रेमीले पनि आत्महत्याको प्रयास गरेका छन् । जिल्लाको खाँदबारी–१ घिमिरे गाउँमा प्रेमीले आफूलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार खाँदबारीमा डेरा गरी बस्दै आएकी युना दर्नाललाई शुक्रबार बिहान सभापोखरी गाउँपालिका १ का नन्दराम गदालले हत्या गरका छन् । उनले आफ्नै पेटमा पनि खुकुरी प्रहार गरेर गम्भीरर घाइते भएका हुन् । सभापोखरी-१ का मृतक दर्नाल खाँदबारीमा डेरामा बस्दै आएकी थिइन् । दर्नानलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते गदालको जिल्ला अस्तपाल खाँदबारीमा उपचार भइरहेको छ । घाइते २१ वर्षीय गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३…
Read More
लाइसेन्स नलिएका दुईपाङ्ग्रे सवारी चालकका हकमा सर्वोच्चको नयाँ सिद्धान्त

लाइसेन्स नलिएका दुईपाङ्ग्रे सवारी चालकका हकमा सर्वोच्चको नयाँ सिद्धान्त

काठमाडौँ । सवारी कसुरसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले नयाँ सिद्धान्त प्रतिपादन गरेको छ । दोहोऱ्याई हेरिएको मुद्दामा सर्वोच्चको बृहत् पूर्ण इजलासले सवारी चालक अनुमतिपत्र नलिएका दुईपाङ्ग्रे सवारी चालकका हकमा सावधानीसाथ सवारी चलाउँदा कुनै दुर्घटना भएमा लापरबाहीको कसुर आकर्षित गर्न नमिल्ने व्याख्या गरेको हो। सवारी चालक इजाजतपत्र नभए पनि दुर्घटना भएमा लापरबाही मान्न नमिल्ने बृहत् पूर्णले व्याख्या गरेको हो । मुद्दामा अदालतले जिल्ला र तत्कालीन पुनरावेदन तहले गरेको फैसला नै सदर गरेको छ । न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत, सुष्मालता माथेमा, कुमार रेग्मी र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले दुर्घटनाको समग्र विश्लेषण गरेर मात्र कानुनी व्यवस्थाको प्रयोग गर्नु न्यायोचित हुने व्याख्या गरेको…
Read More
कस्तो रहँला आजको मौसम ?

कस्तो रहँला आजको मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ । मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
Read More
Page 225 of 452
1 … 223 224 225 226 227 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.