समाज

गर्मी बढेपछि विराटनगर र जीतपुर सिमराका विद्यालयमा २ दिन बिदा

गर्मी बढेपछि विराटनगर र जीतपुर सिमराका विद्यालयमा २ दिन बिदा

१८ जेठ, विराटनगर ।   गर्मी बढेपछि विराटनगर महानगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिकाका विद्यालयमा दुई दिन बिदा दिइएको छ । महानगरपालिका र उपमहानगरपालिका ले आफ्नो क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थामा बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेका हुन् । अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि बदा दिने निर्णय भएको हो । गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावना बढेपछि बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ । नगर शिक्षा समितिको निर्णयअनुसार महानगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेखित साउन महिनाको वर्षे बिदाबाट कट्टा हुनेगरी दुई दिन महानगर क्षेत्रभित्र सञ्चालित सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरु…
Read More
हेटौंडामा २ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

हेटौंडामा २ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

१८ जेठ, काठमाडौं । मकवानपुरमा एक महिलाले दुई छोरासहित आफूले पनि विष सेवन गरेर आत्महत्या प्रयास गरेकी छन् । विषका कारण एक नाबालकको ज्यान गएको छ । हेटौंडा उपमहानगरपालिका(१५ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले बुधबार साँझ करिब ६ बजे ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पाख्रिनले प्यारा क्वाइट डाइक्लोराइड नामक झार मार्ने विषादी आफूसहित बच्चालाई खुवाएको खुलेको छ । विष सेवन गरेकी उनीसहित बालकहरूलाई उपचारका लागि बुधबार नै हेटौडा अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट उनीहरूलाई राति साढे ८ बजे चितवनको…
Read More
नेपालले मलेसियालाई दियो १११ रनको लक्ष्य

नेपालले मलेसियालाई दियो १११ रनको लक्ष्य

१८ जेठ, काठमाडौं ।  पाँच खेलको टी(२० शृखंलाअन्तर्गत तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई १११ रनको लक्ष्य दिएको छ । मलेसियाको बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११० रन बनाएको हो । नेपालको लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । १५ बल खेलेकी उनले ३ चौका र १ छक्का प्रहार गरिन् । यस्तै ज्योती पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाइन् । कविता कुँवर २ रनमा आउट भइन् । विन्दु रावल ३ र कविता जोशी १ रनमा अविजित रहे । मलेसियाको लागि निक…
Read More
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता

१७ जेठ ,काठमाडाैं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री प्रचण्डले आज बिहान राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा प्रधानमन्त्रीले भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ। ‘राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले आजदेखि हुने भारत भ्रमणबारे जानकारी गराउनुभएको हो,’ राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले भने। प्रधानमन्त्री दाहाल आजदेखि भारत भ्रमणमा जाँदैछन्।
Read More
महिलालाई काममा सघाउन परिवारसित छलफल

महिलालाई काममा सघाउन परिवारसित छलफल

१७ जेठ,टीकापुर । घरपरिवारबाट महिला सदस्यलाई घरायसी काममा सहयोग गरी राजनीतिमा सक्रिय बनाउन महिला सदस्यका परिवारका सदस्यसँग छलफल थालिएको छ । घर तथा चुलाचौकामा व्यस्त महिला स्थानीय सरकारको नेतृत्वमा आएपछि घरायसी कामको तालमेल मिलाउन कठिन भएका बेला कैलालीको टीकापुरमा उनीहरूका परिवारका सदस्यसँग छलफल थालिएको हो । दलित महिला केन्द्र नेपालले टीकापुर नगरपालिकाका महिला तथा दलित महिला सदस्य र उनीहरूका परिवारका सदस्यसँग महिलालाई राजनीतिमा सक्रिय बनाउन परिवारको साथ अपरिहार्य हुने कुरा सिकाउन थालेको छ । तालिममा महिला सदस्य राजनीतिमा सक्रिय हुँदा, वडा तथा पालिकाका काममा हिँड्दा सहयोग नपाएमा कठिन हुने भन्दै उनीहरूलाई सचेत गराउन थालिएको टीकापुर नगरपालिकाका पूर्व उपप्रमुख केशरी रावल…
Read More
दुर्घटनामा बालकको मृत्यु

दुर्घटनामा बालकको मृत्यु

सिन्धुली, १७ जेठ। सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका–२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो । उनी ट्रयाक्टरका सहचालक थिए । मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ । दुघृट्नाबारे कारणबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।
Read More
बाँकेमा कार र बस ठोक्किदा दुई जनाको मृत्यु

बाँकेमा कार र बस ठोक्किदा दुई जनाको मृत्यु

जेठ ,काठमाडाैं ।   बाँकेमा कार र बस ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा एकजना चिकित्सक समेत परेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोली नजिकै मंगलबार दिउँसो साढे चार बजे पूर्वतर्फँ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ जादै गरेको बा १३ च ८२५३ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देहीकी ५३ वर्षकी डा‍। सञ्जु खाती खड्का र कार चालक गोरखाका अन्दाजी ३४ वर्षका सुवास अधिकारी रहेको प्रहरीले जनाएको छ । डा। खाती सुर्खेत प्रादेशिक अस्पतालका निर्देशक डा डम्बर…
Read More
पोखराको पृथ्वीचोकमा भ्रष्टाचारविरोधी गर्जन

पोखराको पृथ्वीचोकमा भ्रष्टाचारविरोधी गर्जन

१७ जेठ,गण्डकी । ‘हिँड्नै पर्छ माथि र तल चिन्नै पर्छ सुन हो कि पित्तल खेद्नुपर्छ भ्रष्टलाई पाल्नेलाई देशको इज्जत स्वाभिमान फाल्नेलाई।।।’ मङ्गलबार पोखराको पृथ्वीचोकमा यसरी सुनिनुभयो, सर्जक नारायण बाँस्तोला । पशुपतिको जलहरीमा जडित धातुबारे संसद्सम्मै उठेको विवाद निरुपण हुनुपर्ने आशयको रचनासहित उहाँले आफूलाई प्रस्तुत गर्नुभयो । गीतिलयमा भ्रष्टाचारविरोधी सिर्जना सुनाउनुभएका उहाँले अघि थप्नुभयो– ‘हाँकौ अब बनेर एकैमन भ्रष्टाचारविरोधी आन्दोलन मेचीकाली उर्लेर आइदेऊ भ्रष्टाचारी सबैलाई बगाइदेऊ।।।’ जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य बाँस्तालासहितका सर्जक र राजनीतिकर्मीले एकै मञ्चमा भ्रष्टाचारविरुद्ध आफूलाई उभ्याए । कास्कीस्थित नेकपा ९एकीकृत समाजवादी०को मोर्चा सङ्गठनले सुरु गरको भ्रष्टाचारविरुद्धको आन्दोलनमा उनीहरू जोडिएका हुन् । जनसांस्कृतिक महासङ्घ, कास्कीका अध्यक्ष राजेन्द्र पोखरेलले सबैखाले…
Read More
कृपया मलाई पनि एउटा प्रेमिका खोज्दिनु न है ?

कृपया मलाई पनि एउटा प्रेमिका खोज्दिनु न है ?

समीर अधिकारी १६ जेठ , काठमाडाैं ।   मेरो अनुभूति मलाई अभिव्यक्त गर्न पटक्कै मन थिएन। लाग्थ्यो यो मेरो निजी विचार होला समस्या होला। तर होइन रहेछ। मसँग नजिक रहेका र मसँग संगत गरेका थुप्रै मजस्तै सिंगल लोक सेवा परीक्षार्थी एवं नयाँ जागिरेको अनुभव रहेछ। यौवनमा सबैको घुम्ने, डुल्ने, रमाउने मन हुन्छ। अझ भनौं मनोरञ्जनमा अधिक सहभागी हुने। समय, परिवेश, साथी सर्कल सबैले यो उमेरमा रमाउने वातावरण सिर्जना गरेको हुन्छ। तर लोक सेवा परीक्षार्थीमा प्रायः एउटा साझा समस्या हुन्छ त्यो हो( अध्ययन। लोक सेवा भनेकै निरन्तर अध्ययन, अध्ययन र अध्ययन नै रहेछ। यति भन्दै गर्दा यसले लोक सेवामा जान्ने पल्टियो भन्ने…
Read More
चीनबाट हतियार खरिदका विषयमा झुक्याउँदै प्रधानसेनापति

चीनबाट हतियार खरिदका विषयमा झुक्याउँदै प्रधानसेनापति

काठमाडौं । नेपाली सेनाले चीनबाट हतियार खरीद गर्न भित्रभित्रै तयारी अन्तिम चरणमा पुर्याएको छ । तर प्रधानसेनापति प्रभुराम शर्मा भने बाहिर सेनालाई हतियार आवश्यक नभएकले खरीद गर्न लागेको खबर सत्य नभएको भन्दै झुक्याउँदै हिँडेका छन् । अन्तर्राष्ट्रिय राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा संचारकर्मीहरुसंग कुराकानी गर्दै शर्माले सेनासँग हातहतियार पर्याप्त मौज्दात रहेकाले अहिले किन्नुपर्ने आवश्यकता नरहेको दाबी गरे पनि चिनियाँ दूतावासमार्फत ६ अर्ब बराबरको २६ वटा एपीसी र ७२ वटा टयाक्टिकल भेइकल खरिद गर्ने निर्णय गरिसकेको र गोलीसमेत चीनबाट खरिद गर्ने प्रक्रिया अघि बढेको पाइएको छ । यसका लागि एलसीसमेत मे १७ मा खोल्ने निर्णय गर्दै हिमालय बैंकलाई पत्र समेत पठाइसकेको…
Read More
Page 223 of 452
1 … 221 222 223 224 225 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.