अत्यधिक गर्मी बढेपछि बाँकेमा बन्द हुँदै विद्यालय
♦उमेश दलामी १९ जेठ, काठमाडाैं । बढेपछि बाँकेमा धमाधम विद्यालय बन्द हुन थालेका छन्। पछिल्लो समयमा अत्यधिक मात्रामा तातो हावा चल्दा जनजीवन कष्टकर बन्दै गएको छ। विद्यार्थीहरु चर्को गर्मीकाबीच पनि विद्यालय जान बाध्य भइरहेका छन्। नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएका हुन्। उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत लोकेन्द्रबहादुर शाहीले सामुदायिक, मदरसा र संस्थागत बिद्यालयलाई आगामी समयमा हुने बर्खे विदाबाट कट्टा हुने गरी यही जेठ २१ गते आइतबारदेखी २३ गते मंगलबारसम्म बन्द गरिएको बताए। ‘अत्यधिक गर्मी भई पठन पाठनमा अत्यधिक कठिनाई भएकोले यस प्रतिकुल मौसमलाई मध्यनजर गरी यस उपमहानगरपालिका अन्तरगत सञ्चालित सम्पूर्ण सामुदायिक…
