अत्यधिक गर्मी बढेपछि बाँकेमा बन्द हुँदै विद्यालय

Share Icon

♦उमेश दलामी 

१९ जेठ, काठमाडाैं ।   बढेपछि बाँकेमा धमाधम विद्यालय बन्द हुन थालेका छन्। पछिल्लो समयमा अत्यधिक मात्रामा तातो हावा चल्दा जनजीवन कष्टकर बन्दै गएको छ। विद्यार्थीहरु चर्को गर्मीकाबीच पनि विद्यालय जान बाध्य भइरहेका छन्।

नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएका हुन्। उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत लोकेन्द्रबहादुर शाहीले सामुदायिक, मदरसा र संस्थागत बिद्यालयलाई आगामी समयमा हुने बर्खे विदाबाट कट्टा हुने गरी यही जेठ २१ गते आइतबारदेखी २३ गते मंगलबारसम्म बन्द गरिएको बताए।

‘अत्यधिक गर्मी भई पठन पाठनमा अत्यधिक कठिनाई भएकोले यस प्रतिकुल मौसमलाई मध्यनजर गरी यस उपमहानगरपालिका अन्तरगत सञ्चालित सम्पूर्ण सामुदायिक (मदरसा समेत) तथा संस्थागत बिद्यालयमा आगामी समयमा हुने बर्खे विदाबाट कट्टा हुने गरी विदा गर्न भनेका छौं,’ उनले भने।

यस्तै जिल्लाको खजुरा गाउँपालिका क्षेत्र भित्रका सबै विद्यालय पनि तीन दिनका लागि बन्द गरिएको छ। खजुरा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले एक सूचना जारी गर्दै तीन दिनसम्म सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन दिएका हुन्।

खजुराले यही जेठ १७ गतेदेखी १९ गतेसम्म गर्मी विदा गर्न बिद्यालयलाई निर्देशन दिएको छ। ‘अत्यधिक गर्मीका कारण पठनपाठनमा कठिनाइ भएकाले वर्षे विदाबाट कट्टी हुने गरी विद्यालयहरूबाट माग आएकाले उक्त माग बमोजिम शिक्षा समितिले तीन दिन गर्मी बिदा दिने निर्णय गरेको छ,’ मल्लले भने। जिल्लाका अन्य स्थानीय तह पनि गर्मी विदा गर्ने तयारीमा रहेका छन्

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.