परम्परागत सीप र पढाइ सँगसँगै
२१ भदौ,तनहुँ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौर स्थित भानु माध्यमिक विद्यालयले स्थानीयस्तरका परम्परागत सीप र पढाइलाई सँगसँगै सिकाउँदै आएको छ । दिनभरिको पढाइबाट थकित हुने विद्यार्थीलाई तनावमुक्त बनाउन अन्तिममा विभिन्न किसिमका मनोरञ्नात्मक र सीपमूलक शिक्षा दिन थालिएको छ । विद्यालयले सिक्दै पढ्दै अभियानअन्तर्गत गायन वाद्यबादन, नृत्य, चित्रकला, हस्ताकला, वक्तृत्वकला, बाबियाँको डोरी बाट्नेलगायतका कार्यलाई प्राथामिकता दिन थालेको हो । करिब एक हप्ताअघिदेखि पढाइको साथसाथै सीपमूलक शिक्षा प्रदान गर्न थालेपछि अभिभावकसमेत खुसी हुन थालेको विद्यालयका शिक्षक बुद्धिबहादुर बरालीले जानकारी दिनुभयो । घोकन्ते शिक्षाको तुलनामा व्यवहारिक शिक्षा प्रभावकारी बन्दै जाँदा विद्यालयका शिक्षक पनि उत्साहित भएर सिकाउन लाग्नुभएको उहाँले बताउनुभयो । कक्षा १ देखि…
