समाज

दुर्गमका स्थानीयलाई सर्पदंशको उपचार पाउनै समस्या

दुर्गमका स्थानीयलाई सर्पदंशको उपचार पाउनै समस्या

२२ भदौ, भोजपुर। भोजपुरका दुर्गम भेगका स्थानीयलाई सर्पदंशको उपचार पाउन नै समस्या हुने गरेको छ । दुर्गम भेगका स्थानीयलाई सामान्य स्वास्थ्योपचार लिन घन्टौँ हिँड्नुपर्ने अवस्था रहेकाले उनीहरूले प्राथमिक उपचार पाउनै समस्या हुने गरेको हो । सर्पको डसाइको समयमा उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन् । कतिपयको अङ्गभङ्गसमेत हुने गरेको अवस्था छ । वर्षात्ले ग्रामीण भेगका अधिकांश सडक बन्द रहेकाले मानिसको दैनिक जनजीवन कष्टकर बनेको छ । सडक बन्द भएकाले एम्बुलेन्स तथा यातायात सेवा नहुँदा समयमा बाहिरका अस्पतालमा लैजान समस्या हुने गरेको छ । स्टेचर तथा डोकोमा बोकेर बिरामीलाई अस्पतालसम्म ल्याउनुपर्ने बाध्यता हुँदा उपचार नपाएर ज्यान जाने अवस्था छ…
Read More
अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग छ दिनदेखि बन्द

अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग छ दिनदेखि बन्द

२२ भदौ,किमाथाङ्का।  मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित सङ्घर्ष समितिले विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरेका हुन् । अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ भएको बताइएको छ । अरुण प्रवेशमार्ग सङ्घर्ष समितिका संयोजक जनीकुमार राईले अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरण गर्न सरकारले आलटाल गरेको आरोप लगाउनुभयो । जग्गाधनीलाई मुआब्जावापतको रकम दिने भनेर निर्धारण भइसकेको मुआब्जा रोकिएपछि बाध्य भएर अनिश्चितकालीन आन्दोलनमा उत्रिएको उहाँको भनाइ छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा गठित छुट मुआब्जा…
Read More
विचार : निजामती सेवामा सुधारका सवाल

विचार : निजामती सेवामा सुधारका सवाल

२२ भदौ, काठमाडौँ । विश्वस्तरमा र नेपालमा समेत लामो विगतको विरासतका रूपमा रहेको र निजामती सेवासम्बन्धी कानुनअनुसार सञ्चालनमा रहेको सेवाका रूपमा निजामती सेवाका आफ्नै मौलिक मूल्य मान्यताहरू रहेका छन् । योग्यता तथा क्षमताका आधारमा निष्पक्षरूपमा भर्ना वा छनोट गरिने, जीवनको निश्चित अवधिसम्म कार्यरत रहने, विधि र प्रक्रियाअनुसार सञ्चालित हुने, समय बित्दै जाँदा अनुभव तथा सिकाइको आधारमा वृत्तिपथमा अगाडि बढ्दै जाने गरी पद सोपानमा आधारित हुने यसको परिचय तथा विशेषता दर्शाउने मूल्यहरू हुन् । यसबाहेक राजनीतिकरूपमा तटस्थता अपनाउने, निर्णय निर्माण तथा अन्य काम कारबाहीको व्यवस्थित अभिलेख राखिने एवं अनुशासन र आचरणको साथमा व्यावसायिकता विकासको अवसरसमेत उपलब्ध सेवा पनि हो निजामती सेवा…
Read More
सुन तस्करी प्रकरण : थप एकजना पक्राउ

सुन तस्करी प्रकरण : थप एकजना पक्राउ

२२ भद,काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्लाका शिवकुमार सर्राफ रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्षसमेत रहेका सर्राफलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गए राति पक्राउ गरेको हो । राजस्व अनुसन्धान विभागको टोलीले गएको गत साउन ३ गते उक्त सुन बरामद गरेको थियो । उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको प्रहरीले जनाएको छ । अनलाइनमार्फत ठगी गर्ने पक्राउ अनलाइनमार्फत झुट्टा ‘रिसिप्ट’ पठाई नेपाली रु १० लाख ९५…
Read More
वैवाहिक अधिकारबाट वञ्चित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय

वैवाहिक अधिकारबाट वञ्चित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय

२१ भदौ,काठमाडौँ । मितिनी नेपालका कार्यकारी निर्देशक सरिता केसीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय विवाह गर्न पाउने अधिकारबाट वञ्चित भएको बताउनुभएको छ । उक्त संस्थाद्वारा आज यहाँ आयोजित वैवाहिक समानतामा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले संविधानले प्रदत्त गरेका अधिकार र सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगर्दा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय वैवाहिक अधिकारबाट वञ्चित भएको बताउनुभएको हो । “अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, संविधानअनुसार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको हकअधिकार सरकारले सुनिश्चित नगर्दा उनीहरू अधिकारबाट वञ्चित भएका छन्”, कार्यकारी निर्देशक केसीले भन्नुभयो, “संविधानको व्यवस्था अक्षरश पालना भए मात्र वैवाहिक समानताको अधिकार प्राप्त गर्न सकिन्छ ।” नेपालको संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि सुनिश्चित…
Read More
लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु

लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु

२१ भदौ,काठमाडौँ । कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गर्नुभयो । हालसम्म उपचार पश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले बताउनुभयो । रोगको सङ्क्रमणबाट हालसम्म ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यानिन्त्रकिकरण गर्ने सरकारको नीति…
Read More
नवलपुरमा सवारीसाधन स्क्यानर राखिने

नवलपुरमा सवारीसाधन स्क्यानर राखिने

२१ भदौ,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न स्थानमा सवारीसाधन स्क्यान गर्ने उपकरण (मेसिन) राखिने भएको छ । जिल्ला प्रवेश गर्ने, बाहिरिने गरी दुई नाका र कावासोती गरी तीन स्थानमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेसिन जडान गरिने भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले नारायणगढ–बुटवल सडकखण्डमा हुने दुर्घटना न्यूनीकरण गराउन तथा जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्ने उद्देश्यले जिल्लाका तीन ठाउँमा गाडी स्क्यान मेसिन जडान गर्ने सहमति भएको जानकारी दिनुभयो । गण्डकी प्रदेशकै भारतसँग सीमानाका जोडिएको एकमात्रै जिल्लाका रुपमा रहेको नवलपुरमा पश्चिमबाट जिल्ला भित्रिने नाका दाउन्ने, पूर्वबाट जिल्ला भित्रिने नाका गैँडाकोटको पुलचोक तथा जिल्ला प्रहरी कार्यालयमा सवारीसाधन स्क्यान…
Read More
हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

२१ भदौ,किमाथाङ्का। त्यधिक रक्तश्राव भएकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ की गर्भवती ३३ वर्षीया विमला राई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपा पोख्रेलले जानकारी दिनुभयो । बुधबार बिहान १० बजे स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी गर्भवती राईलाई अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि थापाथली प्रसूति गृह काठमाडाँै पठाइएको स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताउनुभयो । स्वास्थ्य केन्द्रमा भर्ना भएकी राईलाई अत्यधिक रक्तश्राव भएको र बच्चा पनि उल्टो अवस्थामा भएपछि थापाथली प्रसूति गृह पठाइएको स्वास्थ्य शाखा प्रमुख पोखे्रलको भनाइ छ । सङ्खुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म १२ भन्दाबढी सुत्केरी तथा गर्भवतीको…
Read More
हजारौँ हेक्टर जग्गा अतिक्रमणको चपेटामा

हजारौँ हेक्टर जग्गा अतिक्रमणको चपेटामा

२१ भदौ,रौतहट । जिल्लाको करिब तीन हजार एक सय बढी हेक्टर क्षेत्रफल जङ्गल अतिक्रमणको चपेटामा परेको छ । चुरे, भावर आसपासका क्षेत्रमा वन मासिनुका साथै बालुवा, ढुङ्गा, गिटी उत्खनन गर्ने काम तीव्ररुपमा बढेको छ । सम्बन्धित निकाय मौन हुँदा राजमार्ग क्षेत्रका आसपासमा भएका अतिक्रमित वन जङ्गलको जग्गामा पक्की घर निर्माण गर्ने होडबाजी नै चलेको स्थानीय बताउँछन् । वन अतिक्रमण तीव्ररुपमा बढे पनि वन प्रशासनले त्यसतर्फ ध्यान दिएको छैन । सबैभन्दा बढी वृन्दावन नगरपालिका–१ बलेरीको जङ्गल अतिक्रण भएको छ । सो ठाउँमा घर बनाउनेक्रम बढेको स्थानीय बताउँछन् । “पहिला सुकुम्बासीको नाममा जङ्गल फँडानी गरी भोटे टोल स्थापना भएको थियो, अहिले यो…
Read More
एसियाड : आर्चरीमा उत्साहित छन् खेलाडी

एसियाड : आर्चरीमा उत्साहित छन् खेलाडी

२१ भदौ,कास्की । विभागीय टोली नेपाल प्रहरीमा आबद्ध पोखराका तिलक पुनमगर हरेक दिन सबेरै पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा आइपुग्नुहुन्छ । हातमा ‘एरो’ बाण र ‘बो’ धनुष बोकेर त्यसपछि उहाँ ‘टार्गेट’मा केन्द्रित हुनुहुन्छ । त्यहाँ उहाँलगायत चार खेलाडी साउन पहिलो सातादेखि आर्चरीको बन्द प्रशिक्षणमा हुनुहुन्छ । आगामी असोज ६ गतेदेखि मित्रराष्ट्र चीनको हाङझावमा १९औँ संस्करणको एशियाली खेलकुद(एसियाड) नजिकिँदै जाँदा मगरमा उत्साह सँगसँगै मनमा डर छ । इन्डोनेसियामा चार वर्ष अघि १८औँ संस्करणमा उहाँ एशियाली खेलकुदमा पहिलो पटक सहभागी बन्नुभएको थियो । पहिलो सहभागितामा प्रदर्शन राम्रै भएकाले मगर यसपटक थप मेहनत गर्दै रेकर्ड सुधार्ने लक्ष्यमा हुनुहुन्छ । अभ्यास गर्दा राष्ट्रिय रेकर्ड ६५…
Read More
Page 134 of 452
1 … 132 133 134 135 136 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.