सुशासन, दिगो तथा समृद्धि सम्मेलन हुँदै
१८ भदौ,काठमाडौँ। विभिन्न क्षेत्रका विज्ञको सहभागितामा आगामी असोजमा ‘सुशासन, दिगो विकास तथा समृद्धि’ विषयक १०औँ राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । चैतन्य एकेडेमीद्वारा असोज १२ र १३ गते काभ्रेपलाञ्चोकमा सम्मेलनमा सञ्चालन हुने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले जानकारी दिनुभयो । सम्मेलनका सभाध्यक्ष एवं पूर्वमुख्य सचिव डा विमल कोइरालाले दुईदिने सम्मेलनले सरकारले लिएको चौतर्फी विकास तथा सन् २०३० सम्मका लागि लिइएको दिगो विकासको लक्ष्यलाई साकार तुल्याउन सहयोग पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो । “सम्मेलनले नेपाली समाजमा व्याप्त निरासाबीच आशा जागरुत गर्ने विश्वास लिएका छौँ । अर्कातर्फ शासन व्यवस्थामा सुधार गरेर लोकतन्त्रको लाभांश जनतासम्म कसरी पु¥याउने भन्ने सोचका साथ यो सम्मेलन…
