समाज

मकवानपुरमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द

मकवानपुरमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द

३१ भदौ,मकवानपुर । यहाँ चिकित्सक कुटपिटको घटनाको विरोधमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द रहेका छन् । गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य सेवा बन्द गरिएका हुन् । चिकित्सकमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले स्वास्थ्य सेवा बन्द गर्न आह्वान गरेअनुरुप मकवानपुरमा पनि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले राससलाई जानकारी दिनुभयो । सो घटनाको विरोधमा हेटौँडा अस्पतालको आकस्मिक र फार्मेसी सेवाबाहेक सबै सेवा बन्द गरिएको मेसु डा सापकोटाले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा ओपिडी,…
Read More
तीज आजदेखि : व्रत बस्न आडका लागि दर खाने दिन

तीज आजदेखि : व्रत बस्न आडका लागि दर खाने दिन

पूर्णप्रसाद मिश्र ३१ भदौ, काठमाडौँ । नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । विगत वर्षमा नेपालमा मात्र मनाइने तीज पर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि यो पर्व मनाउन थालिएको छ । तीजका गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा बताउनुहुन्छ । माइती पक्षले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका शुद्ध…
Read More
गृह मन्त्रालयले आममाफीका लागि पठाइएका नाममा राष्ट्रपति कार्यालयको असहमति

गृह मन्त्रालयले आममाफीका लागि पठाइएका नाममा राष्ट्रपति कार्यालयको असहमति

३१ भभदाै, काठमाडौं । गृह मन्त्रालयले संविधान दिवसको अवसर पारेर कैद सजाय मिनाहका लागि सिफारिस गरेका मध्ये ३४ जनाको नामावली राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमै फिर्ता पठाएको छ । कैद मिनाहाका लागि पठाइएकाहरुमा गम्भीर प्रकृतिका अपराधमा संलग्नहरु पनि रहेको आशंकामा राष्ट्रपति कार्यालयले ३४ जनाको विषयमा स्पष्ट पार्न भन्दै गृहमन्त्रालयमा पठाएको हो । राष्ट्रपति कार्यालयले आम माफी दिनुपर्ने कारण र महान्यायाधीवक्ताको रायसहित पठाउन भनेको गृहमन्त्रालयले स्रोतले जनाएको छ । राष्ट्रपति कार्यालयले फिर्ता पठाएका नामहरुमा अधिकांश ज्यान मुद्दा र कर्तव्य ज्यान मुद्दा तथा तस्करी र सहकारी ठगीमा सजाय तोकिएकाहरु रहेको बुझिएको छ । गम्भीर प्रकृतिका मुद्दामा सजाय मिनाहा गर्न नमिल्ने कानूनी प्रावधान रहेको छ…
Read More
आइसीयू सेवा सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन

आइसीयू सेवा सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन

३१ भदौ,फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसीयू)का लागि जडान गरिएको उपकरण प्रयोगविहीन बनेका छन् । प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो । आइसीयू सेवा सञ्चालनका लागि आवश्यक संरचना तयार भए पनि प्राविधिक जनशक्ति नहुँदा करिब तीन वर्षदेखि उपकरण प्रयोगविहीन बनेको हो । कोभिड महामारीका बेला करोडौँ खर्चिएर उपकरण व्यवस्थापन गरिएको थियो । फुङ्लिङ नगरपालिका–५ का विक्रम लिम्बूले जिल्लामै आइसीयूका लागि उपकरण उपलब्ध भएर पनि सञ्चालनमा नआउँदा सेवाग्राहीलाई समस्या परेको बताउनुभयो । विसं २०७८ कात्तिकमा अस्पतालमा रु ७१ लाख ५० हजारको लागतमा अक्सिजन प्लान्ट जडान र रु पाँच करोडमा सघन…
Read More
आज राति देशका अधिकांश स्थानमा वर्षा हुने

आज राति देशका अधिकांश स्थानमा वर्षा हुने

३१ भदौ, काठमाडाैं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको पञ्जाब र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।हाल सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुुने भएकाे छ । बाँकी भू–भागमा भने आंशिक बदलीदेखि सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा साथै देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । आइतबार दिउँसाे भने काठमाडौँमा…
Read More
फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेन

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेन

३१ भदौ,गोदावरी (कैलाली) । कैलालीको धनगढी उपमहागरपालिकामा निर्माण हुने भनिएको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेको छैन । यसका लागि रुख कटानको अनुमति नपाउँदा कामले गति लिन नसकेको हो । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी गत वर्ष नै चिनियाँ कम्पनीसँग सम्झौता गरिएको थियो । धनगढी –७ स्थित पटेलामा क्षेत्रीय सहरी विकास आयोजनाले केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरेको जनाइएको छ । एसियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा धनगढीमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङसँग सम्झौता भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले जानकारी दिनुभयो ।…
Read More
आज अटवारी पर्व मनाइँदै

आज अटवारी पर्व मनाइँदै

३१ भदौ,सुदूरपश्चिम । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने डगौंरा चौधरी समुदायमा आज ‘अटवारी’ पर्व उल्लासपूवर्क मनाइँदै छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा लिइने यो पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने डगौंरा चौधरी समुदायमा परम्परागतरूपमा मानाउने गरिन्छ । यो समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा आज आइतबार यो पर्व मनाइन्छ । भगवान् श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिन मनाइने यो पर्वपछि उक्त समुदायमा आफ्नो लोक संस्कृतिसँग सम्बन्धित नाचगान एवं सांस्कृतिक कार्यक्रम आरम्भ भएको मानिन्छ । वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर…
Read More
रौतहट कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी

रौतहट कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी

३० भदौ,बारा । कारागार कार्यालय गौर रौतहटमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको छ । जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि कैदीबन्दी त्रासमा बस्नुका साथै दैनिक क्रियाकलापमा समेत सास्ती भोग्न बाध्य हुन् । सन् १९९० मा गौर नगरपालिका–८ मा निर्माण गरिएको उक्त कारागार जीर्ण हुँदा पनि जोखिम मोलेर कैदीबन्दी राखिएका छन् । अधिकतम दुई सय र न्यूनतम एक सय ६० क्षमता भएको उक्त कारागारमा अहिले महिला, पुरुष र बालबालिका गरी तीन सय ८१ कैदीबनदी रहेका कारागार प्रमुख मणिभूषण शाहले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय ८९ पुरुष, १४ महिला कैदीबन्दी रहेका छन् भने थुनुवामा एक सय ७१ पुरुष, चार महिला,…
Read More
म्याग्दीमा बालअधिकार संरक्षण गर्न ११ बुँदे घोषणापत्र जारी

म्याग्दीमा बालअधिकार संरक्षण गर्न ११ बुँदे घोषणापत्र जारी

३० भदाै, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा बालअधिकारको सुनिश्चितता, संरक्षण तथा प्रवद्र्धन  गर्न ११ बुँदे ‘मालिका गाउँपालिका घोषणापत्र’ जारी गरिएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा मालिका–६ दरबाङस्थित जनप्रिय माध्यमिक विद्यालयमा आयोजित बाल कचहरीबाट उक्त घोषणापत्र जारी गरिएको हो । जिल्लास्थित सामाजिक विकास कार्यालय र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा जनप्रिय माविमा रहेको जनप्रिय बाल क्लबको आयोजना, मालिका गाउँपालिकाको समन्वय र सङ्गम म्याग्दीको सहजीकरणमा आयोजित बाल कचहरीमा गाउँपालिकाका जनप्रतिनिधि, सरोकारवाला र विद्यार्थीबीच बालअधिकारको अवस्था, बालमैत्री वातावरणको आवश्यकता र बालबालिकाको संरक्षणको सन्दर्भमा बहस भएको थियो । उक्त छलफल तथा बहस पश्चात् सम्पूर्ण सरोकारवालाले बालअधिकारका चार स्तम्भमध्ये बाँच्न पाउने, संरक्षणको, विकासको…
Read More
तीनकुने हत्या प्रकरण: अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन

तीनकुने हत्या प्रकरण: अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन

३० भदाैं, काठमाडौं । काठमाडौं महानगरपालिका-३२ तीनकुने स्थित गैह्रीगाउँमा शुक्रबार राति चार जनाको हत्या गरिएको घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार राठौरको नेतृत्व रहने समितिमा प्रहरी नायव उपरीक्षकहरू हरि खतिवडा, सुवास खड्का, सुरक्षा केसी र प्रहरी निरीक्षक वीरेन्द्र केसी सदस्य रहने भएका छन् । उक्त घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि लगायतको अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न सो समितिलाई कार्यालयले अनुरोध गरेको छ  ।तीनकुनेस्थित दिव्य सःमिलभित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो…
Read More
Page 119 of 452
1 … 117 118 119 120 121 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.