व्यावसायिक सतुवा खेती किसानको रोजाइमा
२९ भदौ,भोजपुर । व्यावसायिक सतुवा खेती यहाँका किसानको रोजाइमा परेको छ । राम्रो आम्दानी हुने भएपछि बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानहरुको आकर्षण बढेको हो । यहाँका लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् । सतुवा यार्सागुम्बा जस्तै शक्तिवद्र्धक हुने व्यवसायीहरुले बताउने गरेका छन् । यसलाई क्यान्सर, ग्यास्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि उपयोगी हुने बताइन्छ । सबै पातहरू सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन् । एक हजार चार सय मिटर उचाइभन्दा माथि पाइने यो जडीबुटी धेरै रोगका लागि उपयोगी मानिन्छ । त्यस्तै घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विष सेवन…
