Share Icon

३१ भदौ, काठमाडाैं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

साथै नेपालमा हाल भारतको पञ्जाब र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।हाल सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुुने भएकाे छ । बाँकी भू–भागमा भने आंशिक बदलीदेखि सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा साथै देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

आइतबार दिउँसाे भने काठमाडौँमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ । अहिले काठमाडाैंमा आंशिक बदली रहेको र वायुको तापक्रम २५ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटर रहेको मौसमविद् मानन्धरले बताउनुभयो । काठमाडौंमा अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेन्टिग्रेडकोबीचमा रहने सम्भवना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

Facebook Comments Box

Share Icon