Share Icon

♦ध्रुब कार्की

२५ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने रामेछाप जिल्लामा रहेको सुनापति गाउँपालिका मुलुकमा संघीय शासन व्यवस्था लागु भए पछि वि.सं. २०७३ फागुन २७ गते देखि अस्तित्वमा आएको हो ।

यस गाउँपालिकाको सिमाना पूर्वमा खाँडादेबी गाउँपालिका पश्चिममा चौरीखोला उत्तरमा दोरम्बा गाउँपालिका र दक्षिणमा सुनकोशी नदी पर्दछ ।

सुनापति गाउँपालिका साबिकको पांच गाउँ विकास समितिहरु गुन्सी, दिमीपोखरी, हिलेदेबी, बेथान र खनियापानी मिलेर बनेको छ । यस गाउँपालिकालाई पाचँ वटा वडामा विभाजन गरीएको छ ।

पछिल्लो समय सुनापति गाउँपालिका स्थित ५ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा चित्र बहादुर मानन्धर निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

पछिल्लो समय सुनापति गाउँपालिका गाउँपालिका वडा नम्बर ५ ले विकासको फड्को मारिरहेको छ । अध्यक्ष मानन्धरले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष मानन्धरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ५ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

हाल वडामा साठ्ठी प्रतिशत योजना काम सम्पन्न भए सँगै बाँकी रहेका योजनाका कामहरु समेटे्दै निरन्तर वडामा योजनाहरुलाई सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेको उहाँको भनाई छ ।

वडाको चौतर्फी क्षेत्रलाई समेटेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष मानन्धरले बताउनुभयो ।

अध्यक्ष मानन्धरले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई नालि सहित स्तर उन्नती तथा कालोपत्रे गर्ने काम गरीरहेका छौँ ।”

त्यसैगरी उहाँले वडामा रहेका सामुदायीक विद्यालयहरुमा शिक्षालाई गुणस्तर शिक्षा बनाउन विद्यालयहरुका शिक्षक तथा अभिभावकहरुलाई समेटेर पालिका लगाएत सरोकारवाला सँग छलफल गर्दै अघि बढिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडाबासीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजनासँगै स्वास्थ्य इकाईहरु स्थापना गर्दै अगाढी बढीरहेका छौँ ।”

त्यसैगरी वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै सिचाईको लागी सघं संस्थाहरुसँग पहल गरीरहेको बताउनुभयो ।

उहाँले वडामा रहेका युवा तथा महिलाहरुलाई खेलकुद तथा विभिन्न कार्यक्रम तथा सिपमुलक तालिमहरु योजनामा समेटेको जानकारी दिनुभयो ।

उहाँ अघिल्लो कार्यकालमा सदस्य पदमा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

५ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर ५ का अध्यक्ष मानन्धरले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ५ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

Facebook Comments Box

Share Icon