शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष चौधरी

Share Icon

२८ पाैष, काठमाडाैँ । कञ्चनपुर जिल्लास्थित कृष्णपुर नगरपालिका वडा नम्बर ७ मा अहिले विकासले फड्को मारेको छ ।

पछिल्लो समय वडा नम्बर ७ मा विकास निमार्णका कामहरु तीव्र गतिमा अगाडि बढाइएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ, वडा अध्यक्ष बाबुराम चौधरीे ।

उहाँले भन्नुभयो, “वडामा उपभोक्ता समिति गठन गरेर शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानि, सिपमुलक तालिम लगाएत सरसफाई जस्ता योजना तथा कार्यक्रमहरु ल्याएका छौ ।

त्यसैगरी वडामा युवाहरुको लागि वडास्तरीय खेलकुद फुटबलको प्रशिक्षण तालिमको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले सडकको खण्डमा मोहना चोक देखि पिपल चौतारासम्म चार सय मिटरको सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिँदै गरिब, जेहेन्दार लगाएत पिछाडिएको वर्गलाई छात्रवृत्रिको व्यवस्था गरेर निशुंल्क कम्प्युटर तालिमको व्यवस्था गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।”

उहाँले स्वास्थ्य क्षेत्रमा वडाबासीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै मधुमेह, मुटु सम्बन्धि रोग र प्रेसर रोगको लागि वडामै स्वास्थ्य शिविर सम्पन्न गरेको बताउनुभयो ।

त्यसैगरी कृषि क्षेत्रमा सिचाईकोलागी किसानहरुलाई बोरिङको व्यवस्थासँगै नयाँ बिउबिजन वितरण गर्ने कार्यक्रम सम्पन्न भएको उहाँले बताउनुभयो ।

अध्यक्ष चौधरी भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य राखेकाे छु ।”

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ७ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडा बासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.