Share Icon

२१ जेठ,काठमाडाैँ । नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार गरिएको राजनैतिक विभाजन अनुसार व्यवस्था गरिएका सातवटा प्रदेशहरु मध्ये गण्डकी प्रदेश अन्तर्गतको एउटा जिल्ला पर्वत हो ।

कालञ्जर हम्पाल पर्वत, डहरेको लेक, पैयुँ, पञ्चासे, सेतीवेणी, महाशिला, मोदीवेणी, विश्वकै ठूलो मानिएको शालग्राम, गुप्तेश्वर गुफा, अल्पेश्वर गुफा, सहस्रधारा, शालग्रामयुक्त कालीगण्डकी नदी, विभिन्न स्थानमा रहेका ऐतिहासिक तथा प्रसिद्ध प्राचीन कोटहरु जस्ता प्राकृतिक र धार्मिक स्थलहरु रहेको यो जिल्ला पर्या–पर्यटन, धार्मिक पर्यटन, कृषि तथा लघु उद्यम आदिको विकासका लागि बलियो सम्भावना बोकेको जिल्लाका रुपमा चिनिन्छ ।

यो जिल्ला पहाडी भौगोलिक बनावट भएको, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक विविधताका दृष्टिले महत्वपूर्ण र सुन्दर जिल्ला हो ।

गण्डकी प्रदेश पर्वत जिल्लामा अवस्थित पैयुँ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष नरभुपाल काफ्लेले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

पैयुँ गाउँपालिका वडा नं. २ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष नरभुपाल काफ्ले ।

पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष न्यौपाने अहोरात्र खटिरहनुभएको छ ।

पैयुँ गाउँपालिका वडा नं. २ मा जम्मा बजेट पालिकाबाट ६५ लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष नरभुपाल काफ्लेले जानकारी दिनुभयो ।

वडा अध्यक्ष न्यौपाने भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ९५ प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको केहि कामहरु अन्तिम चरणमा पुगेको छ ।”

वडा अध्यक्ष न्यौपाने निर्वाचित हुनभन्दा व्यापार व्यवसायमा आबद्ध भएसंसगै निरन्तर समाज सेवामा गररे अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष न्यौपानेले बताउनुभयोे ।

वडा अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘ वडामा बाटो, शिक्षा र कृषिलाई पहिलो प्राथमिकता दिनुका साथसाथै बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने, नालि बाटो बनाउने र बाटो ढलान गर्ने कामहरु भईरहेको छ । ‘

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयको मर्मत सम्भार गरेको, वडाका सम्पुर्ण बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा पढाउनु पर्छ भन्ने अभियानका साथ नमुना विद्यालय बनाउनको लागि विद्यालयमा शिक्षकको गुणस्तर परिक्षण गर्ने, अंग्रेजी माध्यमबाट अध्यापन गराउन विभिन्न शिक्षण तालिमहरु र कम्प्युटर तालिमहरुको व्यवस्था गरेकोे वडा अध्यक्ष काफ्लेले बताउनुभयो ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको वडा अध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।

उहाँले थप्दै भन्नुभयो, ‘ कृषिको क्षेत्रमा कृषि प्रर्वधन गर्दै विभिन्न सिजन अनुसारको विउँ विजनहरु अनुदानमा वितरण गरेको, सिचाईको लागि कुलो निमार्ण गर्ने,बजारीकरण व्यवस्था गरेको र कृषि तालिमहरुको व्यवस्था गरेका छौँ । ‘

उहाँले भन्नुभयो, ‘ खानेपानीको क्षेत्रमा सम्पुर्ण वडाबासीहरुको घरघरमा खानेपानीको धारा पुराउनको लागि बृहत रुपमा कामहरु अगाडि बढाईरहेका छौ । ‘

त्यसै गरी महिला हरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरु तथा सशत्तिकरणको तालिमहरु व्यवस्था गरेको वडा अध्यक्ष काफ्लेलेबताउनुभयो ।

वडा अध्यक्ष नरभुपाल काफ्लेले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon