नेदरल्याण्डका राजा विलेमद्वारा देशमा गरिबी रोक्न आह्वान
एजेन्सी । नेदरल्याण्डका राजा विलेम अलेक्जेन्डरले अर्को आम संसदीय निर्वाचनकाे करिब दुई महिना अगाडि देशमा गरिबीको वृद्धि रोक्न ध्यानाकर्षण गराउनुभएको छ ।
नेदरल्याण्डलाई बाहिरबाट हेर्दा सार्वजनिक सेवा राम्रो र बलियो भएको देशका रुपमा चिनिने भन्दै उहाँले अर्थव्यवस्था आकर्षक भएको देश नेदरल्याण्ड रहेको बताउनुभयो ।
डच केन्द्रीय तथ्यांक ब्यूरोले बढ्दो मुद्रास्फितीको परिणामस्वरुप डच जनसंख्याको क्रयशक्ति गत वर्ष २०२२ को तुलनामा १.२ प्रतिशतले घटेको बताएसँगै राजाको यो सन्देश आएको हो ।
याे नेदरल्याण्डमा ४० वर्षमा सबै भन्दा ठूलो गिरावट हो ।
Facebook Comments Box







