चिनियाँ अपार्टमेन्टमा आगलागी, १५ जनाको मृत्यु

Share Icon

काठमाडाैं । पूर्वी चीनमा एक अपार्टमेन्टमा आगलागी हुँदा १५ जनाको ज्यान गएको छ। घटनामा ४० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ।

नानचिङ सहरमा सो आगलागी भएको थियो।

इलेक्ट्रिक बाइक राखिएको भवनको पहिलो तलाबाट आगलागी सुरु भएको अधिकारीहरुले बताएका छन्। तर, आगलागीको कारण पनि स्पष्ट भइसकेको छेन।

नानचिङ ८० लाखभन्दा बढी मानिस बस्ने सहर हो। यो सांघाइबाट २६० किमि टाढा छ।

शुक्रबार बिहान ४ः४० मा आगो लागेपछि २५ वाहन र १३० अग्निनियन्त्रक खटाइएको थियो। ६ बजे आगो नियन्त्रणमा आएको थियो।

उपचाररत ४४ घाइतेमध्ये एकको अवस्था नाजुक रहेको बताइउको छ।

नानचिङका मेयर चेन चिचाङले पीडितहरुप्रति समवेदना प्रकट गर्नुका साथै उनीहरुसँग माफी पनि मागेका छन्। एजेन्सी

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.