नेदरल्याण्ड

नेदरल्याण्डका राजा विलेमद्वारा देशमा गरिबी रोक्न आह्वान

नेदरल्याण्डका राजा विलेमद्वारा देशमा गरिबी रोक्न आह्वान

एजेन्सी । नेदरल्याण्डका राजा  विलेम अलेक्जेन्डरले अर्को आम संसदीय निर्वाचनकाे     करिब दुई महिना अगाडि देशमा गरिबीको वृद्धि रोक्न ध्यानाकर्षण गराउनुभएको छ । नेदरल्याण्डलाई बाहिरबाट हेर्दा सार्वजनिक सेवा राम्रो र बलियो भएको देशका रुपमा चिनिने भन्दै उहाँले अर्थव्यवस्था आकर्षक भएको देश नेदरल्याण्ड रहेको बताउनुभयो । डच केन्द्रीय तथ्यांक ब्यूरोले बढ्दो मुद्रास्फितीको परिणामस्वरुप डच जनसंख्याको क्रयशक्ति गत वर्ष २०२२ को तुलनामा १.२ प्रतिशतले घटेको बताएसँगै राजाको यो सन्देश आएको हो । याे नेदरल्याण्डमा ४० वर्षमा सबै भन्दा ठूलो गिरावट हो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.