Share Icon

८ पाैष,  काठमाडौं ।  कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ५, का वडा अध्यक्ष भोले राम चौधरीले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

पछिल्लो समय कैलाली जिल्लास्थित बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ ले विकासमा फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष भोले राम चौधरी अहोरात्त्र खटिरहनुभएको छ ।

पछिल्लो समय वडा नम्बर ५ मा वडावासीको आवश्यक्तालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

त्यस्तै अघिल्लो कार्यकालमा रहेका अधुरा कामहरु पुरा गर्दै, योजनाहरूको काम तिव्र गतिमा भईरहको र वडामा रहेका वडावासीहरुको सहजताका लागि टोल—टोलमा सुचना पाटीको स्थापना भईसकेको अध्यक्ष चौधरीले  बताउनुभयो ।

उहाँले भन्नुभयो, “नयाँ वडा कार्यलय भएकोले बाउन्ड्रीको काम भइरहेको छ ।” स्वास्थ्य क्षेत्रको लागी वडामा रहेका महिलाहरुको समस्यालाई ख्याल गर्दैै बर्थिङ सेन्टरको कार्यक्रम सुरु गर्नुभएको र महिलाहरुको लागि वडा मै बर्थिङ सेन्टर केही दिनमै स्थापना गर्ने योजना रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।

त्यसैगरी वडावासीहरुको स्वास्थ्यलार्ई मध्यनजर गर्दै स्वास्थ्य शिवीर सञ्चालन गरेकाे र आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा अरू शिवीर संञ्चान गर्ने अध्यक्ष चाैधरीले बताउनुभयाेे ।

साथै तिन वटा टोलमा खानेपानीको लागि कल (नल्का) को व्यवस्था गर्नुका साथै सिँचाइको लागि बोरीङको व्यवस्था  गरीएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले गत वर्षको वार्षीक बजेट अनुसार युवालाई लक्षीत गरेर सिप केन्द्र तालीम धनगढीसँग समन्वय गरेर २० जनालाई मोटरसाईकल तालीम प्रदान गर्ने र खानेपानीकोलागि विनीयोजन गरेको बजेट अनुसार वडा नं. ६ मा पर्ने मडगौरा खानेपानीबाट आफ्नो वडामा खानेपानी ल्याउने योजना रहेकाे छ ।’

वडा अध्यक्ष चौधरीले वडामा विशेष प्राथमिकता शिक्षालाई दिएसँगै वडामा रहेका ३ वटा विद्यालयहरु मध्य एउटा विद्यालयलाई कक्षा बाह्रसम्म बनाउने र विद्यालयहरुको शिक्षकहरुसँग छलफल गरेर निशुल्क शिक्षा प्रदान गर्ने योजना बनाईएको जानकारी दिनुभएको छ ।

निर्वाचीत हुनुभन्दा अगाढी निजी विद्यालय सञ्चालन गर्दै आएकोले पनि यस वडामा शिक्षा क्षेत्रमा आमुल परिवर्तन  मेराे इच्छा रहेकाे छ । मलाई लाग्छ जबसम्म चेतनाकाे स्तरमा परिवर्तन आउँदैन तबसम्म समाजमा परिवर्तन आउदैन त्यसैले हामीले गुणस्तरिय शिक्षामा बिशेष जाेड दिनपर्छ भनेेर उल्लेख गर्नभयाे ।

वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ? भनेर सोधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीलाई विशेष धन्यबाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon