नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं, : अध्यक्ष ढकाल
♥ हस्ता विष्ट
२५ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित सुन्दरबजार नगरपालिका वडा नं. १० का वडा अध्यक्ष दिपक राज ढकाल स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
सुन्दरबजार नगरपालिका वडा नं. १० मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष दिपक राज ढकाल ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष ढकाल अहोरात्र खटिरहनुभएको छ ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष ढकाल भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष ढकालले बताउनुभयोे ।
वडा अध्यक्ष ढकालले भन्नुभयो, ” वडामा शिक्षालाई पहिलो प्राथकितामा दिए साथसाथै सामुदायिक विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरुलाई पोसाक वितरण गरेको, कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था र कक्षा १० का विद्यार्थीहरुलाई बिहानको खानाको व्यवस्था गरेको, शिक्षकहरुलाई अध्यन अनुगमन भ्रमणको व्यवस्था गरेको र बालमैत्री, अपांगमैत्री र महिलामैत्री शौचालयको निमार्ण काम भईरहेको छ । ”
त्यसै गरी नारी दिवशलाई लक्षित गर्दै महिला सशक्तिकरणका कार्यक्रमहरु सम्पन्न गरिएको वडा अध्यक्ष ढकालले प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ” सडकको क्षेत्रमा बाटो स्तरउन्नति गर्दै नालि सफा गर्ने, ढलान गर्ने काम सम्पन्न भएको र कुनै सडक कालोपत्रेको निमार्ण काम भईरहेको छ । ”
त्यसै गरी युवाहरुको लागि वडास्तरीय खेलकुद कार्यक्रमहरु र कोईरलफाट युवा खेलकुदको कार्यालयको भवनको मञ्च ढलान गर्ने काम सम्पन्न भएको वडा अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ” कृषिको क्षेत्रमा विशेष जोड दिदै मिलन आमा समुह तरकारी भवन सम्पन्न भएको, धान प्रर्वधन पकेट, तोरी पकेटको निमार्ण, मकैको विउँ वितरण गरेको र च्याउँको विउँहरु वितरण गर्ने काम सम्पन्न भएको छ । ”
वडा अध्यक्ष ढकाल निर्वाचित हुनभन्दा पहिले स्वास्थ्य चौकीका काम गरे साथसाथै समाज सेवामा निरन्तर लागि रहनुभएको थियो ।
त्यसै गरी स्वास्थ्यको क्षेत्रमा सुत्केरी गर्भवती महिलाहरु र बालबालिकाहरुलाई पोषण कार्यक्रम राखेको र जेष्ठ नागरिक तथा अपांगहरुलाई टोल टोलमा गएर निशुल्क स्वास्थ्य परिक्षण गर्ने काम भईरहेको उहाँले बताउनुभयो ।
त्यसै गरी वडामा मासु उत्पादन र दुध उत्पादन गर्नको लागि पशुपालन, बाख्रा पकेटको स्थापना गर्ने योजनामा रहेको उहाँको भनाई छ । युवाहरुको लागि स्वरोजगार कार्यक्रममार्फत सडक मर्मतहरु र व्यावसायिक तालिमहरुको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर १० का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १० वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







