नाइजेरियामा एक सय तीन जना बोको हराम अतिवादी मारिए

Share Icon

८ पौष, एजेन्सी ।  नाइजेरियामा पछिल्ला केही दिनयता बोको हराम आतङ्ककारी सङ्गठनका एक सय तीन जना लडाका मारिएका छन् ।यहाँका सैनिक अधिकारीले नाइजेरियाको उत्तरी क्षेत्रका कम्तीमा पनि एक सय तीन जना अतिवादी मारिएको बताएका छन् । ती अधिकारीकाअनुसार गएका तीन हप्ता यता यहाँ भएका कारबाहीका क्रममा ती अतिवादी मारिएका हुन् ।

नाइजेरियामा केही वर्षदेखि हत्या तथा आतङ्क जारी नै राखेका बोको हरामका लडाकाहरुले पछिल्लो समयमा यहाँका सैनिक तथा प्रहरी पोष्ट एवं सुरक्षा अधिकारीमाथि नै हमला गर्ने गरेका छन् ।

यस क्रममा यहाँको सेनाले नाइजेरियाको उत्तरी क्षेत्रमा बोको हरामका विरुद्धमा सशक्त कारबाही अघि बढाएको छ । ती क्षेत्रमा व्यक्तिगत सम्पत्ति नष्ट गर्नुका साथै सरकारी निकायका कार्यालयहरुमा पनि उनीहरुले आगजनी गर्ने गरेका समाचारका आधारमा सेनाले सो कारबाही अघि बढाएको हो ।

नाइजेरियाको राष्ट्रिय सेनाका प्रवक्ता मुसा दनमद्नीले सो कुराको जानकारी दिनुभएको हो । उहाँले नाइजेरियाको उत्तरी क्षेत्रमा यहाँका बोको हराम र इस्लामिक स्टेटका विरुद्धमा यहाँको सेनाले कारबाही थालेको छ ।

बोको हराम आतङ्ककारी समूहका कारण यहाँका हजारौँ नागरिकको ज्यान गएको छ भने उनीहरुको हत्या र आतङकका कारण दशौँ हजार नागरिक विस्थापित पनि भएका छन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.