Share Icon

२४ चैत्र ,काठमाडौं ।  मधुवन नगरपालिका वडा नम्बर २ वडाभित्र रहेका अपाङ्गहरुलाई व्हीलचेयर वितरण  गरेको छ ।

नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा रोटरी क्लब धुलिखेल काभ्रेपालाञ्चोकको सहयोगमा वडाले व्हीलचेयर वितरण सुरु गरेको हो ।

अपाङ्गताको क्षेत्रमा कार्यगरिरहेको रोटरी क्लब धुलिखेलले सामाजिक क्षेत्रमा विशेष योगदान पुर्‍याएकोमा संस्थालाई धन्यवाद दिँदै मधुवन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष आशाराम चौधरीले अपाङ्गता भएकालाई यस किसिमको सहयोगले उहाँहरुको जीवनमा उज्यालो आउने बताउनुभयो।

क्लबले वडालाई ६ थान व्हीलचेयर हस्तान्तरण गरेको हो । उक्त व्हीलचेयर वडा अध्यक्ष तथा वडा सदस्य लगायत कर्मचारीहरुको उपस्थितिमा वितरण गरिरहेको हाे ।

वडाले विहिबार ६ जनालाई व्हीलचेयर वितरण गरेको वडा अध्यक्ष आशाराम चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, वडामा तथ्याङ संकलन गरेर  व्हीलचेयर वितरण गरेका हौ ।

Facebook Comments Box

Share Icon