थासाङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष गौचनसहित विभिन्न व्यक्ति सम्मानित
काठमाडौं । तन्चाङफाेवे समिति काठमाडाैंले मुस्ताङकाे थासाङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्षसहित विभिन्न व्यक्तिलाई सम्मानित गरेकाे छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा समितले थासाङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हरि प्रसाद गाैचनसहित विभिन्न व्यक्तिलाई सम्मानित गरेकाे हाे ।
वडा अध्यक्ष गाैचनलाई दाेसल्ला ओढाई सम्पन्न गरिएकाे हाे ।
विभिन्न क्षेत्रमा देश र समाज निर्माणमा योगदान पुर्याएकाहरुलाई सम्मान गर्ने क्रममा उहाँलाई पनि सम्मान गरिएकाे हाे ।
समितिले मुस्ताङबाट प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका युवा सांसद योगेश गौचन थकाली, पूर्वमन्त्री एवं कांग्रेस नेता रोमी गौचन थकालीलाई पनि सम्मान गरेको हाे ।
Facebook Comments Box







