आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दै: वडा अध्यक्ष थारु

Share Icon

१४ पाैष, काठमाडाैं । कैलाली जिल्ला गौरीगङ्गा नगरपालिकाको वडा नम्बर ९ मा अहिले विकासका काम दु्रत गतिमा भइरहेको छ।

पछिल्लो समय वडा नम्बर ९ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ।

वडा अध्यक्ष राज कुमार थारुले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएर काम भइरहेको बताउनुभयो ।

वडामा ढल निकासकोे काम सगँै स्वास्थ्य क्षेत्रमा वडामा रहेको सुर्य स्वास्थ्य चौकीमा १० लाखको योजना सम्पन्न भईसकेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, पालिका र वडाको उपभोक्ता समिति गठन गरेर बाँकी रहेका योजनाहरुको काम सुरु गर्ने प्रकृया अघि बढेको जानकारी दिनुभएको छ।

वडाध्यक्ष थारुले भन्नुभयो, ‘म पहिलादेखि नै समाज सेवामा आबद्ध थिए,त्यसैले मलाई वडामा काम गर्न कुनै कठीन छैन, वडावासीको सेवा गर्न पाउदा मलाई राम्रो लाग्छ, स्थानीय बासीले पनि मलाई उत्तीकै साथ दिईरहेको छन्, त्यसैले म वडावासीहरुको सेवामा सदैव सर्मपित भईरहने छु।

वडा अध्यक्ष थारुले भन्नुभयो, ‘आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई चौर्तफी विकासमा ध्यान केन्द्रित गर्दै वडाबासीहरुको समस्याहरु समाधानका साथ आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य रहेको छ।’

अन्तमा उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.