Share Icon

२६ पाैष, काठमाडाैँ । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष आत्मराम थापा क्षेत्री स्थानिय तहको निर्वाचनमा अत्यधिक बहुमत ल्याएर दोसा्रे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

। पछिल्लो समय वडा नम्बर ९ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा अगाडि बढाईएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक, खानेपानि ,विजुल्लि बत्ति, कृषि,धार्मिक तथा सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्ण योजना तथा कार्यक्रमहरु ल्याएका छौ ।

यस वडामा खानेपानिको क्षेत्रलाई पहिलो प्राथमिकता दिदै खानेपानिकोै समस्या समाधानको लागि खानेपानिको टंयाकी निमार्ण गरेर घरघरमा धारा पुराउने लक्ष्यका साथ काम गरिरहेका छौ । बाटो सडकको क्षेत्रमा सडक ढलान गर्ने , बाटोको स्तरउन्नतिको लागि मर्मत सम्भार गर्दै बारै महिना गाडि मोटर चल्ने बनाउने, मोटर पुलको काम सम्पन्न भएको छ र अब लगतै कालोपत्रे गर्ने तयारीमा रहेको छ । त्यस्तै कृषि क्षेत्रको लागि नयाँ विउ विजन वितरण गर्ने, तरकारी लगाउनको लागि टनेलको व्यवस्था गर्ने, सिचाईको लागि पोखरी निमार्ण गर्ने, बारै महिना सिचाईको लागि कुलो निमार्ण गरेका छौ ।

त्यस्तै वडाको भवनको निमार्ण कार्य निरन्तर भईरहेको । वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन् , उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी सदैब लागि परिरहेका छौ । वडाको चौतर्फी विकासको लागि हामी अहोरात्र खटिरहेका छौ ।
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तरमलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो ।

जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर ९ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon