काठमाडाैं । प्युठानकाे नौबहिनी गाउँपालिकाकाे वडा नम्बर ५ लाई पूर्ण खोप सुनिश्चिता गरिएको छ ।
गाउँपालिकाद्वारा आयाेजित एक आपचारिक कार्यक्रममा वडा नम्बर ५ लाई पूर्ण खोप सुनिश्चिता गरिएको वडा अध्यक्ष दलराज पुन मगरले बताउनु भयाे ।
खोपबाट धेरै किसिमका सङ्क्रमण तथा रोगबाट बच्ने भएकाले हरेक बालबालिकाले नछुटाएर खोप लगाउनुपर्ने उहाँको भनाइ छ ।
खोप नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको छ । अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीतिअन्तर्गत कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु नपर्ने गाउँपालिकाकाे स्वास्थ्य शाखाले जनाएकाे छ ।
खोपले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भएकाले अभिभावकले पनि आफ्ना बालबालिका खोप पाए-नपाएको यकिन गर्नुपर्ने र कुनै पनि खोप छुटाउन नहुने वडा अध्यक्ष मगरले बताउनु भयाे ।
Related posts:

बाँके राष्ट्रिय निकुञ्जका सुरक्षकर्मीहरूले बिना कारण वडावासीलाई दु:ख दिइरहेका छन् : वडा अध्यक्ष खड्क...

देउराली स्वास्थ्य चौकीमा आईटी प्रविधिबाट बिरामीकाे अभिलेखिकरण

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं , : अध्यक्ष घले

युवा वर्गलाई राेक्न राेजगारीका अवसर सिर्जना गर्ने याेजनामा छुः वडा अध्यक्ष खड्का

