खजुरा गाउँ पालिकामा जनप्रतिनिधि र कर्मचारीबीच छलफल
काठमाडाैं । बाँकेकाे खजुरा गाउँ पालिकामा जनप्रतिनिधि र कर्मचारीबीच छलफल भएकाे छ ।
पालिकाका जनप्रतिनिधि र कर्मचारी बिच सेवाप्रवाहलाई प्रभावकारी बनाउने संबन्धमा छ्लफल भएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले बताउनुभयाे ।
छलफलमा पालिका अध्यक्ष डम्बर बहादुर बि.क, उपाध्यक्ष मञ्जु मल्ल, वार्ड अध्यक्षहरू, कार्यपालिका सदस्यहरु, पालिकाका शाखा प्रमुखहरु, वडा सचिवहरु, स्वास्थ संस्थाका प्रमुखहरु र संपुर्ण कर्मचारीहरुको उपस्थिति थियो ।
सबै कर्मचारीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन १५ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेकाे प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिनुभयाे ।

Facebook Comments Box







