सबैको सहकार्य र सहयोगले मात्र राजापुर वडा नम्बर ६ समृद्ध हुन्छ : अध्यक्ष न्यौपाने (अन्तर्वार्ता)

Share Icon

३ चैत्र ,काठमाडौं।  देशभरका ७५३ स्थानीय तहका आ–आफ्नै विषेशता छन् । आर्थिक स्रोत साधन, भौगोलिक बनावट, सांस्कृतिक रहनसहन यी विभिन्न दृष्टिकोणबाट हरेक स्थानीय तह फरक फरक छन् ।

धेरैजसो वडाका सक्रियाताका साथ चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा लागिपरेका छन् । तर अझै पनि केही वडाहरुले भने चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेका छैनन्।

नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको १० महिना बितिसकेको छ ।

गाउँ–गाउँमा सिंहदरबारको नारा विकासले वडाको मुहार फेरिएको छ । स्थानीय सरकारका जनप्रतिनिधि नयाँ म्यान्डेटका साथ निर्वाचित भइसकेका अवस्थामा राजापुर ना।पा वडा नम्बर ६ का वडा अध्यक्ष असराज न्यौपाने निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

न्यौपाने नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालि रहनुभएको छ । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास थियो । संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ।

अघिल्लो पटकभन्दा यस पटक सब वडाको सबै टोल एउटा गतिमा गइसकेको अवस्थामा विकासले केही काचुली फेर्ने विश्वास जनतामा छ । नवनिर्वाचित वडा अध्यक्ष लगायत वडाका पदाधिकारीहरु निरन्तर रुपमा वडाको विकास निर्माणमा लागी परेका छन् ।

राजापुर नगरपालिका वडा नम्बर ६ ले भने के गरिरहेका छ त ? राजापुर नगरपालिका वडा नम्बर ६ अध्यक्ष असराज न्यौैपानेसँग वडा खवरका संबादाताले वडाको समग्र गतिविधिमा केन्द्रित रहेर कुराकानी गरेका छन् ।  तस्तुत छ, कुराकानीको सम्पादित अंश..

तपाईं चुनाव जितेर आएको १० महिना भएको छ, आफ्नो वडाभित्र के–के समस्या देख्नुभएको छ ? 

मैले राजापुर नगरपालिका वडा नम्बर ६ भित्र थुप्रै समस्या देखेको छु । मुख्य समस्या समीत बजेटमा रहेर योजना बनाउन पर्न हुनाले सबै समस्यालाई समेटेर योजना बनाउन सकिएन । स्वास्थ्य, शिक्षा, क्षेत्रमा ठूलो समस्या छ । बेरोजगारीका साथै बालबालिका र गर्भवतिलाई स्वास्थ्य सेवा प्रयाप्त मात्रमा छैन ।

खानेपानीको समस्या छ । सरसफाईको जटिलता छ । कर्मचारी व्यवस्थापन, सुशासन र भ्रष्टाचार नियन्त्रणको चुनौती छ । यी सबै क्षेत्रमा काम गर्नपर्ने छ । सम्रगमा सबैको सहकार्य र सहयोगले मात्र राजापुर वडा नम्बर ६ समृद्ध हुन्छ । मैले यी समस्याको पहिचान गर्दै योजनाबद्ध र क्रमिक रुपमा सुधारका काम गर्दै लैजाने छु ।

तपाईंले आफ्नो कार्यकालमा कुन–कुन कामलाई प्राथामिकता दिनुभएको छ ?

जनताको माग र आवश्यक्तालाई आधार मानेर काम गर्नेछु । मेरो कार्यकालमा राजापुर नगरपालिका वडा नम्बर ६ मा रहेका बेरोजगार युवालाई रोजगारीको वातावरण सिर्जना गर्नेछु । बेरोजगार युवालाई कृषि उत्पादमा जोडेर व्यवसायीकरणमा प्रेरित गर्ने छु । कृषिमा जोड दिदैं खेतीतर्फ आकार्षण गर्न विभिन्न तालिमहरू सञ्चालन गरिने छ ।

त्यस्तै युवाले उत्पादन गरेका बस्तुको खपत हुने वातावरणको सिर्जना गर्नेछु । मानिस उद्यमशीलतामा लागे वडाको विकास हुनेमा म विश्वस्त छु। यो तराई क्षेत्र हो । हाम्रा तमाम युवा भारत र खाडी मुलुक पुगेर आफ्नो श्रम बेच्न विवस् छन् । उनीहरूको श्रमको हामीले मुलुकमै सदुपयोग गर्न सके वडाको विकासलाई कसैले रोक्न सक्दैन।

राजापुर नगरपालिका वडा नम्बर ६ मा शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा निकै पछि रहेको भन्नु भएको छ, ती समस्यालाई कसरी सम्बोधन गर्नुहुन्छ ?

राजापुर नगरपालिको वडा नम्बर ६ मा शिक्षा र स्वस्थ्यमा म निकै गम्भीर छु । शैक्षिक क्षेत्रमा लगानी गरेको हुनाले वडामा शैक्षिक क्षेत्रमा सुधार हुने आशा पलाएको छ ।

गुणस्तर शिक्षा दिनका लागि हामी योजना बनाएका छौँ । भर्खरै निर्वाचित भएर आएका छौं । हामी कहाँ–कहाँ कमजोर रहेछौं त्यसको पहिचान स्थानिय संगै बसेर घरदैलो कार्यक्रम गर्दै ती समस्यालाई सम्बोधन गर्दै अगाडि बढिरहेका छौँ।

सामान्य उपचारका लागि जनताले भौतारिनुपर्ने अवस्थाको अन्त्य हुने छ । अहिलेलाई हाम्रो वडामा स्वास्थ्य चौकी छ। यसलाई व्यवस्थित व्यवस्थापन गर्नेछौं ।

केही संवैधानिक तथा आर्थिक कठिनाइहरू पनि छन् । जसले गर्दा कतिपय काम हामीले गर्न चाहेर पनि गर्न सक्दैनौं । तर त्यसलाई देखाएर जनताको पक्षमा काम गर्न भने हामी छोड्ने छैनौं ।

स्थानीय सरकार आइसकेपछि झनै भ्रष्टाचार, अनियमितता बढ्यो भन्ने जनताको गुनासो सुनिन्छ नी ?

सबै ठाउँमा एउटै हुदैन । तपाईंले सुनेजस्तै विगतका कतिपय सरकारले भ्रटाचार गरे होलान्। तर मेरो कार्यकालमा वडाको यो पहिलो मुल नारा पनि हो भ्रष्टाचार गर्दैन र हुन पनि दिँदैन भनेर म निरन्तर रुपमा लागि परेको छु ।

भ्रष्टाचार हुँदै भएन म भन्दिन । तर, मेरो कार्यकालमा भ्रष्टाचार गर्दैन र हुन दिँदैन । यो कुरामा म प्रतिबद्ध छु । यो एकै पटक पोको पारेर फाल्न सकिने विषय होइन ।

भ्रष्टाचार गर्ने र गराउने दुवैको मानसिकता फेर्न आवश्यक छ । म जनताका गुनासा सुन्दै कर्मचारीलाई भ्रष्टरहित भएर काम गर्न प्रेरित गर्ने छु । जनताको छिटो र छरितो सेवाका लागि कर्मचारीलाई सधैँ कटिबद्ध रहन निर्देशन दिन चाहन्छु ।

त्यसो भए भ्रष्टाचाररहित वडा बनाउन सक्नेमा विश्वस्त हुनुहुन्छ ?

म एकदमै विश्वस्त छु । म पहल गर्दै छु एकैपटक म परिर्वतन गर्छु त भन्दैन तर निरन्तर लागीरहेको छु । कर्मचारीहरूलाई सुशासनको कुरा र अनुसासीत बनाउँने कुरामा प्रतिबद्ध छु । योजना निर्माणका कुराको सवालमा जनताको बीचमा योजना लगेर जनमुखी र पारदर्शी बनाउने छु ।

तपाईं निर्वाचित भइसकेपछि जनताले तपाईंप्रति राखेका अपेक्षा के–कस्ता छन?

जनताका अपेक्षा असिमित रहेका छन् । जनताको प्रमुख आवश्यकता भनेको स्वास्थ्य, शिक्षा र रोजगारी नै हो । हाम्रा तमाम युवा रोजगारीको शिलशिलामा विदेशिनु परेको छ ।

त्यसका बाबजुद पनि उहाँहरूले विदेशबाट आएर आफ्नो ठाउँको विकासका लागि मलाई अमूल्य मत दिएर विजयी गराउनु भएको छ । उहाँहरुले राखेको पहिलो अपेक्षा भनेको विकास निर्माण हो ।

यो कुरामा म गम्भीर र सधैँ सचेत रहने छु । यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेतर्फ मेरो प्रयास रहने छ । व्यावसायिक कृषि पालनमा युवालाई आकर्षित गरेर रोजगारीको सिर्जना गर्ने हाम्रो योजना छ । यसले युवालाई देशमै स्वरोजगार बनाउनेमा म विश्वस्त छु ।

तपाईंलाई काम गर्न वडामा कुनै कानुनी अड्चक छन् ? पालिका सरकारबाट के भइदियोस् भनेर चाहनु हुन्छ ?

पहिलो कार्यकाल भएका कारणले पनि केहि हदसम्म पक्कै सोचे जस्तो सहज छैन । स्थानियहरुले चाहेका काम तुरुन्त होस भन्ने अपेक्षा राख्नुहन्छ । हामी निर्वाचित जनप्रतिनिधि भईसकेपछि निति नियम भित्र रहेर काम गर्न पर्न हुन्छ । केही संवैधानिक कठिनाइहरू पनि छन्। जसले गर्दा कतिपय काम हामीले गर्न चाहेर पनि गर्न सक्दैनौं

त्यस्ता जटिलताबाट बच्न विवेक प्रयोग गर्दै प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा हामीअघि बढ्ने छौं । कानुनी अड्चनलाई देखाएर जनताको पक्षमा काम गर्न भने हामी छोड्ने छैनौं। हामीलाई पालिकाले तालिम तथा सहजीकरण गरे अझै सहज हुने थियो ।

तपाईंको वडामा कर्मचारीको अभाव छ ?

हाम्रो वडाामा निजामति कर्मचारीको समस्या छ । एक जना कम्प्युटर अपरेटर, एक जना कार्यलय सहयोगी र सचिव हुनुहुन्छ । अझैँ हामीले कतिपय क्षेत्रमा कर्मचारीहरूको अभाव भोगिरहेका छौं।

जसले गर्दा सेवाग्राहीलाई छरितो रुपमा सेवा प्रवाह गर्न सकिरहेका छैनौं । पालिकाले कर्मचारी पठाउने जानाएको छ । अघिल्लो कार्यकालका साथीहरूले पनि यो समस्या भोग्नु भएको हो।

यो समस्या समाधानका लागि केन्द्र सरकारको ध्यान चाँडै पुग्नेछ भन्नेमा म विश्वस्त छु । अन्त्यमा, हामी सबैका साझा प्रयासले मात्रै वडाको विकास सम्भव हुने हो । त्यसैले विभिन्न राजनीतिक दल, जनता र कर्मचारीको साथ पाउनेमा म विश्वस्त छु।

जनताबीचको सम्बन्ध सुमधुर बनाउन के गर्दै हुनुहुन्छ ? के गर्ने योजना छ ?

स्थानीय सरकार र स्थानीय जनताबीचको सम्बन्ध सुमधुर बनाउन जनताहरुसंग छलफल, अन्तरक्रिया, भेटघाट सबै वडाबासी संग उहाँहरुको समस्या, गुनासो , सुधार गर्ने पक्ष के, के छन भनेर हामी जनताको घर दैलोमा निर्वाचित भएपछि ४ पटक पुगिसकेको छौ ।

वडाबासी र वडाको सम्बन्ध एकै भान्सामा खाना खाने परिवारको जस्तो हुनु पर्छ । त्यसो हुनाले जनप्रतिनिधिले टाठा—बाठाको कुरामा मात्रै विश्वास नगरी निमुखाको पनि कुरा सुन्ने गर्नु पर्छ हामी त्यही गर्दै छौं। समय—समयमा टोल—टोलमा पुगेर छलफलहरु गर्ने छौं ।

प्रत्यक्ष रुपमा जनताको गुनासो सुन्ने छौं । हामी जनप्रतिनिधि र जनता सबैको सपना वडा नम्बर ६ लाई समृद्ध र सुन्दर वडा बनाउने हो । यो उद्देश्यमा हामी सबै एक जुट भएर जाने छौं । यसमा हामीलाई जनताको भरपुर साथ र सहयोग रहन्छ भन्नेमा विश्वास छ ।

अन्त्यमा समग्र वडाबासीलाई के भन्न चाहानुहुन्छ ?

राजापुर नगरपालिका वडा नम्बर ६ का वडाबासीप्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।

हरेक काम तथा योजना निर्माणमा, कार्यक्रमा साथ र सहयोग गर्नुभएको छ ।  जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन ।

सम्पुर्ण वडाबासीलाई वडामा समेटेर उहाँहरुको मनोभावना बुझेर सोही अनुरुप काम इमान्दारिताका साथ लागी परिरहने चौबिसै घण्टा वडाबासीका समस्याको समाधानमा लाग्ने प्रतिबद्धता जनाउन चाहन्छु।

जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडि विकास गर्दै लगिने वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

अन्तमा म पुनः के भन्छु भन्दा खेरी हामी जनप्रतिनिधि वडाको समस्या समाधान गर्दै सुन्दर गाउँ निर्माणमा लागेका छौं । यो कार्यमा जनताको भरपुर साथ सहयोगको अपेक्षा गरेका छौं । वडाको काममा साथ दिनुहोला । कमि—कमजोरी औंल्याई दिनुहोला । नविन ऊर्जाका साथ काम गर्ने छु । यही भन्न चाहन्छु । धन्यबाद

राजापुर नगरपालिका वडा नम्बर ६ मा ५१ लाख बजेट निकासा भएको  वडा सचिव अनिता चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश विकास निर्माणका कामहरु सम्पन्न भएकोले विभिन्न शीर्षकका बजेट निकास भइरहेका छन् ।

उहाँ भन्नुभयो,’पुँजीगत तर्फ ४१ लाख बजेट निकासा भएको छ।’उक्त बजेट अन्तर्गत २० वटा योजना रहेको छ, जस मध्ये जोगीपुर कुलोमा आरसीसी वाल निर्माणमा ५ लाख छुट्याएको वडा सचिव अनिता चौधरीले बताउनुभयो ।

त्यस्तै उहाँले लक्षित वर्गतर्फ जसमा १३ योजना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,’ जेष्ठ नागरिक, एकल महिला, दलित,अपाङ्गतामा ३ लाख २५ हजार बजेट निकासा भएको छ।’

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.