वडा खबर सम्वाददाता

3071 Posts
विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौँ : यती एयरलाइन्स

विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौँ : यती एयरलाइन्स

२ माघ,काठमाडौँ । यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको छ । एयरलाइन्सले आज एक सूचना जारी गरी माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन–एएनसी एटिआर–७२–५०० वायुयान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त हुँदा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको हो । सो एयरलाइन्सले अकल्पनीय दुर्घटनामा परी दिवङ्गत हुनुभएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतक आत्माको चीरशान्तिको कामना गर्नुका साथै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । दुःखद् घडीमा एयरलाइन्सले शोकाकुल परिवार, इष्टमित्र, साथीभाइ तथा आफन्तजनमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामनासमेत गरेको छ ।
Read More
अन्नपूर्ण पदमार्गमा १६ हजार पर्यटकले घुमफिर गरे

अन्नपूर्ण पदमार्गमा १६ हजार पर्यटकले घुमफिर गरे

२ माघ,लमजुङ । यहाँस्थित विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटकले घुमेका छन् । ती मध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ । पर्यटकमध्ये सबैभन्दा धेरै फ्रान्सका दुई हजार १२ पर्यटक आएको बताइएको छ । यस केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार सन् २०२१ मा भन्दा सन् २०२२ मा १३ हजार छ सय २७ जना बढी पर्यटक आएका थिए । सन् २०२१ मा एक हजार पाँच सय ६२ पुरुष र सात सय ११ जना महिला…
Read More
आमाले बनाएको बटुक खान नपाइ अस्ताइन् सिर्जना

आमाले बनाएको बटुक खान नपाइ अस्ताइन् सिर्जना

२ माघ,रुपन्देही । आइतबार सैनामैनाकी खिमिसरा थापा विमान परिचारिका रहेकी छोरी सिर्जना (सिर्जु थापा) लाई पठाइदिनका लागि पाहुर तयार पार्दै हुनुहुन्थ्यो । उनानतीस वर्षीया छोरी सिर्जनालाई मनपर्ने बटुक र सेलरोटी पकाउन उहाँलाई भ्याइनभ्याइ थियो । सोमबार बुहारी सरस्वतीको साथमा छोरीलाई पाहुर पठाउन खिमिसरा बिहानैदेखि सेलरोटी पकाउन व्यस्त हुनुहुन्थ्यो । सात वर्षदेखि यती एयरलाइन्समा एयर होस्टेसका रूपमा कार्यरत छोरी चाडबाडका बेलामा पनि घर आउन नभ्याएपछि सोमबार कोसेली लिएर बुहारी सरस्वती काठमाडौँमै पुग्ने तयारीमा हुनुहुन्थ्यो । सिर्जनाको आइतबार दुईवठा हवाइउडानका लागि पालो परेको थियो । बिहान साढे १० बजे काठमाडौँदेखि यतिएयरलाइन्सको एटिआर ७२ जहाजमा पोखरा उडान भर्ने र आइतबारै पोखराबाट काठमाडौँ फर्किएपछि…
Read More
काभ्रेमा आजदेखि जग्गाको कित्ताकाट

काभ्रेमा आजदेखि जग्गाको कित्ताकाट

२ माघ,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आजदेखि जग्गाको कित्ताकाट खुलेको छ । जिल्ला मातपोत कार्यालयले हाललाई सदरमुकाम धलिखेल नगरपालिका र बनेपा नगरमा मात्रै जग्गाको कित्ताकाट हुने जनाएको छ । यी दुई पालिकाले जग्गाको वर्गीकरण गरेकाले कित्ताकाट खुला गरिएको हो । मालपोत अधिकृत गङ्गाप्रसाद पोखरेलका अनुसार जग्गा वर्गीकरण सकाएका काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहलाई कित्ताकाट अनुमति लिन पत्रसमेत पठाइएको छ । कार्यालयले घर बाटोको सिफारिसमा एकरुपता हुनुपर्ने भएका वडा तहबाटै निश्चित ढाँचाको फारम भरेर घरबाटो तथा जग्गा वर्गीकरण सिफारिस पठाइदिन अनुरोध गरेको हो । “जग्गा वर्गीकरण भएकामध्ये बनेपा र धुलिखेलमा मात्रै कित्ताकाट खुलाइएको हो हो”, पोखरेलले भन्नुभयो । काभ्रेमा धुलिखेल र बनेपा नगर तथा…
Read More
फलफूल खेतीमा रमाउँदै डोटीका युवा

फलफूल खेतीमा रमाउँदै डोटीका युवा

२ माघ,दिपायल । डोटीमा पछिल्लो समय कृषि पेसामा लाग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तीनैमध्येका एक हुन डोटी जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरा नकुरडाका लक्ष्मण देउवा । उहाँले व्यावसायिक फलफूल खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । स्नातक तह उत्तीर्ण गर्नुभएका उहाँ विद्यार्थी राजनीतिक अनुभवसँगै अहिले फलफूल खेतीमा जम्नुभएको छ । जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा काफली गन्याप फलफूल तथा तरकारी फार्म दर्ता गरी रु १० लाखको लगानीमा आफ्नौ निजी बाजो जमिनमा झण्डै ५४ रोपनी जमिनमा तीन हजार बोट कागती, अमिलो, सुन्तला केरा रोपेर उहाँले व्यावसायिक खेती सुरु गर्नुभएको छ । कागती खेतीबाट उहाँले वार्षिकरुपमा रु चार लाख आम्दानी लिनुभएको छ…
Read More
प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग

प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग

२ माघ,म्याग्दी । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई आइतबार रु ४२ लाख मूल्य बराबरको उपकरण उपलब्ध गराएको छ । लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ले लायन्स क्लब अन्तराष्ट्रियको फाउण्डेशनको कोषबाट उपकरण खरिद गरेर उपलब्ध गराएको हो । रु ४२ लाख मूल्य बराबरको उपकरण उपलब्ध गराइएको लायन्स क्लब अफ म्याग्दी दरवाङका अध्यक्ष थमन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ५०० एमए एक्सरे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको हो । लायन्स क्लबका पदाधिकारीले गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, मालिका गाउँपालिकाका…
Read More
घटना दर्तालाई व्यवस्थित गरिने

घटना दर्तालाई व्यवस्थित गरिने

३० पाैष,सुर्खेत-भेरीगङ्गा । स्थानीय तहमा हुने घटना दर्तालाई थप व्यवस्थित गरिने भएको छ । घटना दर्तामा केही समस्या रहेको गुनासो स्थानीय तहबाट आउन थालेपछि थप व्यवस्थित गर्ने तयारी गरिएको हो । पञ्जीकरण विभाग र सुर्खेत वीरेन्द्रनगर नगरपालिकाले संयुक्तरुपमा शुक्रबार आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणले जन्म, विवाह दर्ता गर्दा केही समस्या रहेको र यसकै कारण नागरिकता वितरणमा समेत समस्या देखिएको गुनासो गरेका थिए ।कार्यक्रमका सहभागीले बाबुआमा नभएका र पत्ता नलागेकाका बालबालिकाको जन्मदर्ता गर्दा समस्या भोग्नुपरेको, नागरिकता प्राप्त गर्न कठिन भएको नागरिकता नै नहुँदा सरकारी सुविधा प्राप्त गर्न कठिन भएको गुनासो गरे । विशेष गरी बाबुआमा…
Read More
कृषकको जीवनस्तर उकास्न अर्जुनधाराले खोल्यो आफ्नै सहकारी

कृषकको जीवनस्तर उकास्न अर्जुनधाराले खोल्यो आफ्नै सहकारी

३० पाैष, झापा । सहकारिताबाट कृषि क्षेत्रमा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकाले नगरस्तरीय सहकारी सञ्चालन गरेको छ । विसं २०७६ मा नगरपालिकाले आफ्नै सहकारी ऐन निर्माण गरेको र त्यसको एक वर्षपछि अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था गठन भएको प्रमुख प्रशासकीय अधिकृत गीता इङ्नामले बताउनुभयो । उहाँका अनुसार अर्जुनधारामा ८५ प्रतिशत बासिन्दा कृषिमा निर्भर छन् । परम्परागत निर्वाहमुखी कृषिलाई व्यावसायिकरण गरी कृषिमा आश्रित जनताको जीवनस्तर उकास्न सघाउने लक्ष्यसाथ आफ्नै सहकारी स्थापनाको सोच ल्याइएको उहाँले बताउनुभयो । नगरपालिकाले सहकारी स्थापनाका लागि रु २४ लाख ९० हजार शेयरपुँजी लगानी गरेको छ । स्थापनाकालमै पाँच सय १५ कृषक सो सहकारीमा…
Read More
डोटीमा सुन्तला बिक्रीबाट मनग्य आम्दानी

डोटीमा सुन्तला बिक्रीबाट मनग्य आम्दानी

३० पाैष,दिपायल । डोटीका किसानले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दैआएका छन् । जिल्लाको जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका बोगटान फुड्सिल गाउँपालिकामा उत्पादन भएको सुन्तला दिपायल, अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर तथा स्थानीय बजारमा सुन्तला बिक्री गरी आय आर्जन गर्दै आएका छन् । सुन्तला सरदर प्रतिकिलो रु ७० देखि रु ८० मा बिक्री भइरहेको किसानले बताएका छन् । जिल्लाभित्र तथा जिल्ला बाहिरका व्यापारी कृषकको बारीसम्म सुन्तला खरिद गर्न आउने गरेका कारण बजारको समस्या नभएको जोरायल गाउँपालिका–६ का वडाध्यक्ष गणेश बोहराले बताउनुभयो ।“जोरायलबाट मात्र यस वर्ष रु दुई करोडको सुन्तला बिक्री भएको छ”, उहाँले भन्नुभयो । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा…
Read More
गण्डकीमा आज सभामुखको निर्वाचन

गण्डकीमा आज सभामुखको निर्वाचन

३० पाैष,गण्डकी । गण्डकी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने भएको छ । आज ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन गर्ने गरी प्रदेशसभा सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो । कार्यक्रमअनुसार आज ११ बजेदेखि १ बजेसम्म प्रदेशसभा सचिवालयमा् सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । उक्त समयभित्र दर्ता भएका उम्मेदवारीको १ः३० बजे सूची प्रकाशन गर्ने जनाइएको छ । त्यसैगरी ३ बजेको बैठकमा उम्मेदवारीको सूचनामाथि छलफल भई निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो । सत्ता गठबन्धनमा गण्डकीमा नेकपा (एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भएको सहमतिअनुसार एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर…
Read More
Page 297 of 308
1 … 295 296 297 298 299 … 308
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.