वडा खबर सम्वाददाता

3071 Posts
छाडा चौपायाबाट किसान हैरान, बाली जोगाउनै मुस्किल

छाडा चौपायाबाट किसान हैरान, बाली जोगाउनै मुस्किल

३० पाैष,दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का सरस्वती भट्टको पाँच कट्ठा खेतमा लगाएको गहुँ बाली छाडाचौपायाले सखाप पारिदियो । खेतमा मात्रै होइन छाडा चौपाया उहाँको बारीमै पसेर तरकारी खेतीसमेत नोक्सान गरिदियो । “खेतमा तारबार गरेकी छु, तर बार तोडेर गहुँ सखाप पारिदियो”, उहाँले भन्नुभयो, “छाडाचौपायाका कारण बाली जोगाउनै मुस्किल भयो ।” भट्टले छाडा चौपाया घरभित्रै पसेर नोक्सानी गर्न थालेको बताउनुभयो । पछिल्लो समय छाडा पशुचौपायाको विकराल समस्या बनेको छ । स्थानीय सरकारले लाखौँ रकम छाडा चौपाया व्यवस्थापनमा खर्च गरे पनि दिगो व्यवस्थापन नहुँदा एकातर्फ किसानको खेतमा नोक्सानी पुग्ने गरेको छ भने अर्कोतर्फ सडक दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।…
Read More
स्रोत नखुलेको रकमसहित चार जना पक्राउ

स्रोत नखुलेको रकमसहित चार जना पक्राउ

३० पाैष,मलङ्गवा । सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गस्तीमा खटेको प्रहरी टोलीले शुक्रबार साँझ बागमती प्रदेश ०१–०२५ च १७९४ नम्बरको कार जाँच गर्ने क्रममा उक्त रकम फेला परेपछि कार चालक काठमाडौँ बागेश्वरी मनोहरा नपा–८ बस्ने वर्ष ३२ को पहलाद चापागाई, सोही कारमा सवार मनोहरा–२ बस्ने वर्ष २७ को सनम बस्नेत र मनोहरा–८ बस्ने ३६ वर्षीय शिव चापागाईलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले…
Read More
राष्ट्रिय कृषि जैविक विविधता दिवस साताभर मनाइने

राष्ट्रिय कृषि जैविक विविधता दिवस साताभर मनाइने

३० पाैष,काठमाडौँ । सरकारले पहिलो पटक यस वर्षदेखि माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस बनाउन लागेको छ । नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य धेरैथरिका परिकार बनाए खाने माघे सङ्क्रान्तिको महत्वका आधारमा दिन छनोट गरी ‘कृषि जैविक विविधता दिवस’ मनाउन लागिएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले माघे सङ्क्रान्तिले समाज, संस्कृति, परम्परा, भूगोल र सबै जातजातिलाई जोड्ने र विविध परिकार खाने दिन भएकाले त्यसलाई दृष्टिगत यस वर्षदेखि निरन्तरुपमा माघ १ गते यो दिवस मनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुुलुकका सबै जातजातिले यो वा…
Read More
लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ

लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ

३० पाैष,चितवन । पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द जी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो । यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिङ्गोसहित शोभायात्रा बेनीमा पुगेको थियो । सो अवसरमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारी, सदस्य नवराज ढकाललगायतको उपस्थिति रहेको थियो । यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु भएको छ । देवघाट क्षेत्र…
Read More
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली परामर्शमा

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली परामर्शमा

३० पाैष,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सोही दिन उहाँले सानो आकारको मन्त्रिमण्डल बनाउनुभएको थियो । आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ । नेपालको संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।
Read More
बुटवल नारायणघाट सडकमा कालोपत्रको परीक्षण सुरु

बुटवल नारायणघाट सडकमा कालोपत्रको परीक्षण सुरु

३० पाैष,कावासोती । निर्माणाधीन पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण सुरु गरिएको छ । आयोजनाको पूर्वी खण्डको भेडाबारीमा शुक्रबार एक सय २० मिटर सडकमा अलकत्रा हालेर कालोपत्रको परीक्षण गरिएको आयोजनाका इन्जिनियर राकेश झाले जानकारी दिनुभयो । आयोजना सुरु भएको ४७ महिनापछि कालोपत्रको काम सुरु भएको हो । राजमार्गको मुख्य सडकमा पहिलोपटक परीक्षणका रुपमा सो काम सुरु भएको हो । भेँडाबारी खण्डको यो क्षेत्रमा आउँदो दुई साताभित्र एक किलोमिटर पिच गरिने इन्जिनियर झाले बताउनुभयो । उहाँका अनुसार यो सडक १० मिटरभन्दा बढी फराकिलो छ । क्रसर उद्योगबाट नियमितरुपमा निर्माण सामग्री उपलब्ध भए आगामी असारसम्म १० किलोमिटर सडक कालोपत्र गरिने…
Read More
राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछाने थुनामुक्त

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछाने थुनामुक्त

२९ पाैष,काठमाडौँ । बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धराबाट थुनामुक्त भएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीबार रू २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो । लामिछाने तीन महिना नौ दिन कारागारमा बसेर थुनामुक्त भएका हुन् । लामिछानेका कानुन व्यवसायी सरोजराज घिमिरेका अनुसार लामिछाने थुनामुक्त भएका छन् । जिल्ला अदालत काठमाडाैँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको सुनुवाइपछि अदालतले धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो । पाटन उच्च अदालतका रजिष्टार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौँ उपत्यका बाहिर…
Read More
जुत्ता सिलाउने व्यवसायबाट मनग्य आम्दानी

जुत्ता सिलाउने व्यवसायबाट मनग्य आम्दानी

२९ पाैष,काठमाडौँ । घर छोडेर सडकमा पुग्नुभएका  ललितपुरको भँैसीपाटी निवासी ४९ वर्षीय राजेन्द्र रोका जुत्ता सिलाउने पेसामै ३५ वर्ष बिताउनुभएको छ । कक्षा ४ सम्म परिवारसँग बसी  पढ्दै आउनुभएका उहाँ  साथीहरुको सङ्गतमा परेर सडकलाई नै आफ्नो बासस्थान बनाएको बताउनुहुन्छ । सुरुमा ११ वर्षको उमेरमा दरबारमार्गस्थित जुत्ता सिलाउने र पालिस लागउने काम गरियो, केही समयपछि साथीहरुको लहलहैमा ठमेलको उत्से होटेल बाहिर दैनिक गुजारा चलाउन  बाह्य पर्यटकसँग पैसा माग्ने क्रममा तीन वर्ष बिताइएको राजेन्द बताउनुहुन्छ । सोही बखत उहाँको बाल्यकालको दिनचर्या देखेर एक स्वीस नागरिकले अध्ययनका लागि होस्टेलमा राखी ललितपुर माध्यमिक विद्यालयमा भर्ना गरिदिएका थिए । करिब दुईवर्ष सम्पूर्ण खर्च बेहोरी पढाइका…
Read More
समितिको समय थपियो

समितिको समय थपियो

२९ पाैष,काठमाडौैँ । खिमलाल देवकोटाको संयोजकत्वमा गठित ‘अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’ को अवधि एक साता थप भएको छ । राष्ट्रियसभाको आजको बैठकले समितिको समय थप गरेको हो । राष्ट्रियसभाको गत जेठ २० गते बसेको बैठकले सातवटै प्रदेशको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमनका लागि सांसद देवकोटाको संयोजकत्वमा सात सदस्यीय विशेष समिति गठन गरेको थियो । आजको बैठकमा सांसद देवकोटाले उक्त समितिको प्रतिवेदन पेश गर्दै अझै पनि विशेष समितिले काम गर्न बाँकी रहेकाले एक हप्ता कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गर्दै कार्यावधि थप गरिएको हो ।बैठकमा विशेष समितिका संयोजक देवकोटाले सङ्घीयता कार्यान्वयन अध्ययन…
Read More
राष्ट्रियसभामा कुन दलका सांसदले के भने ?

राष्ट्रियसभामा कुन दलका सांसदले के भने ?

२९ पाैष,काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसदले मुलुकको समसामयिक तथा जनसरोकारका विषयमा बोल्दै सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मुलुकमा सुशासन र समृद्धिको मुद्दालाई सशक्त ढङ्गले अघि बढाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेकपा (एकीकृत समाजवादी) खिमलाल देवकोटाले स्थानीय निकायलाई सबल बनाउन आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्थापन गरिनुपर्ने माग गर्नुभयो । स्थानीय तहमा विनियोजन भएका रू २२ अर्ब लगानीका आयोजना मन्त्रिपरिषद्को निर्णयले सङ्घीय सरकारबाटै कार्यान्वयन हुनेगरी फिर्ता ल्याइएकोमा आपत्ति जनाउनुभयो । सांसद देवकोटाले भन्नुभयो, “चालु बजेट वक्तव्यमा खानेपानी, पर्यटन, सहरी विकास, सडक र नदी नियन्त्रणका रु ५० लाखदेखि पाँच करोडका योजना प्रदेश…
Read More
Page 298 of 308
1 … 296 297 298 299 300 … 308
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.