वडा खबर सम्वाददाता

1497 Posts
चिसो बढेपछि बेँसी सारिँदै गोठ

चिसो बढेपछि बेँसी सारिँदै गोठ

२२ कात्तिक,मनाङ। हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ । अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका छन् । मनाङको ङिस्याङ गाउँपालिका–६ केरकिनमा चौँरी तथा भेडाच्याङ्ग्रा पाल्दै आएका सगर गुरुङले तीन हजार छ सय मिटर उचाइको लेकबाट पुश झार्न थालिएको बताउनुभयो । हिउँ पर्न थालेपछि बेँसीको खर्क सारिएको बताउनुभयो । मनाङ ङिस्याङ–८ जुलुमा ३७ परिवारले सामूहिकरूपमा भेडाच्याङ्ग्रापालन गर्दैआएका छन् । चिसो बढ्दै जाँदा घाँस सुकेर अभाव हुने भएकाले लेकबाट गोठ बेँसीतर्फ सार्न सुरु भएको उहाँले बताउनुभयो । व्यावसायिकरूपमा पशुपालनलाई सरकारले चासो नदिएकामा गुरुङको गुनासो छ । भेटेरेनरी अस्पताल तथा…
Read More
जाजरकोटबाट फर्किएर रवि लामिछानेले दिए प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव

जाजरकोटबाट फर्किएर रवि लामिछानेले दिए प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव

२२ कात्तिक,काठमाडाैँ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १४ बुँदे सुझाव दिएका छन्। भूकम्प प्रभावित क्षेत्र जाजरकोटबाट फर्किएलगत्तै बुधबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर त्यहाँको वस्तुस्थिति र तत्काल चाल्नुपर्ने कदमबारे ध्यानाकर्षण गराएका हुन्। ‘मिति २०८० कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित क्षेत्रहरूमा उद्धार कार्यमा सरकारले देखाएको तदारुकताका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बललाई विशेष धन्यवाद दिन चाहन्छु। पार्टीको कार्यक्रमका लागि पाल्पामा रहेको भए तापनि भूकम्पको खबर सुन्नेबित्तिकै पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर पाल्पाबाट हामी सिधै जाजरकोट गएका थियौं। यस निवेदनमा मैले देखेको भूकम्प प्रभावित क्षेत्रको अवस्था…
Read More
चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

२२ कात्तिक,भजनी (कैलाली) । बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा उखु मिल सञ्चालनको तयारी थालेको छ । उखु मिल सञ्चालन हुने थाहा पाएपछि किसान उखुखेती विस्तारमा लागेका हुन् । कैलालीको टीकापुरका धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखुखेती सुरु गरेको बताउनुभयो । “मिल सञ्चालकसँग समन्वय गरेर उखुखेती सुरु गरेका छौँ,” उहाँ भन्नुहुन्छ, “मिल सञ्चालन भए उखु खेती थप विस्तार गर्ने योजना छ ।” राजापुर सुगर एण्ड केमिकल्स प्रालिका प्रबन्धक निर्देशक यज्ञबहादुर ओलीले आगामी वर्ष मिल सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो । “किसानलाई…
Read More
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

२२ कात्तिक,काठमाडौँ ।  नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १२ः४५ बजे बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठकमा जाजरकोट भूकम्प, पार्टीले सञ्चालन गर्न थालेको ‘मध्यपहाडी लोकमार्ग पदयात्रा’ अभियानलगायत विषयमा छलफल हुने प्रमुख गौतमले बताउनुभयो ।
Read More
तमोरमा काठको पुल निर्माण

तमोरमा काठको पुल निर्माण

२२ कात्तिक, फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँ–गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको छ । पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँपालिकाले काठको पुल निर्माण गरेको हो । गाउँपालिकाले सवारीसाधन सञ्चालन गर्न तमोर नदीमा दुईवटा काठका पुल निर्माण गरेको छ । सदरमुकाम फुङ्लिङबाट पालिका क्षेत्र पुग्ने सानो खोलामा पाँचवटा मोटरेबल पुल निर्माण तथा मर्मतसम्भार गरेको गाउँपालिकाले जनाएको छ । फक्ताङ्लुङ गाउँपालिकाले चालु आर्थिक वर्षमा अस्थायीरुपमा काठको पुल निर्माण तथा मर्मतसम्भार गर्नका लागि रु १० लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटबाट तमोर नदीमा काठेपुल निर्माण गरिएको छ भने अन्य पुल मर्मतसम्भार…
Read More
आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दै मधेश सरकार

आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दै मधेश सरकार

२२ कात्तिक, जनकपुरधाम । मधेश सरकारले आज संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दैछ । प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयन लगायतको कार्यान्वयन लगायतको माग गर्दै आन्दोलनको घोषणा गर्न लागेको हो । आन्दोलनको घोषणा गर्न आज दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । सोमबार बसेको मुख्यमन्त्री र मन्त्रीसहितको सर्वदलीय बैठकले प्रहरी समायोजन, निजामति ऐनलगायतको विषयमा संघर्षमा उत्रिनेसम्मको निर्णय नै गरेको थियो । आज पत्रकार सम्मेलन गरी बिहीबार मुख्यमन्त्री सरोजकुमार यादव आफ्नै नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दहाललाई पन्ध्रदिने अल्टिमेटसहित ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् । ‘बिहीबार प्रधानमन्त्रीजीलाई मेरै नेतृत्वमा पन्ध्र्रदिने अल्टिमेटसमहित ज्ञापन पत्र बुझाउने कार्यक्रम छ,’ मुख्यमन्त्री…
Read More
शेख हसिना निरंकुश बन्दैछिन्, उनी फेरि सत्तामा आउन सक्छिन्

शेख हसिना निरंकुश बन्दैछिन्, उनी फेरि सत्तामा आउन सक्छिन्

२२ कात्तिक, काठमाडाैँ । बंगलादेशको जीवन पानीले भिजेको छ, राजनीति रगतले। ५० वर्षयता त्यहाँ दुई परिवारबीच संघर्ष छ। विपक्षी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई भ्रष्टाचार आरोप लगाएर शक्तिमा आएकी शेख हसिना जसरी पनि फेरि शक्तिमा आउन चाहन्छिन् । सरकारी निवासको स्वागत कक्षमा रेसमी साडीमा ठाँटिएर ठिंग उभिएकी छिन्, शेख हसिना। उनको उपस्थिति मखमली पञ्जाभित्रको फलामे मुठ्ठीको प्रतीक झैं छ। बुढ्यौलीमा पनि उनले जोसिलो शैलीमा राष्ट्रको नेतृत्व गरिरहेकी छन्। एक दशकको अवधिमा ७६ वर्षीय हसिनाको नेतृत्वमा बंगलादेशले निकै फड्को मारेको छ।  जुटको उत्पादनकर्ताबाट एशिया प्रशान्त क्षेत्रको तीव्र आर्थिक वृद्धि हासिल गरिरहेको सूचीमा बंगलादेश आइपुगेको छ। उनको पहिलो कार्यकाल १९९६ देखि २००१ सम्मको थियो। सन् २००९ देखि…
Read More
राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले गरे एक करोड सहयोग

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले गरे एक करोड सहयोग

२१ कात्तिक, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले जाजरकोट भूकम्पबाट पीडितहरुलाई एक करोड रुपैयाँ राहत सहयोग गरेका छन् । उनीहरुले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत् पीडितहरुलाई सहयोग गरेका हुन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरे । सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत् पीडितहरुलाई सहयोग उपलब्ध गराउन आव्हान गर्दै आएको छ । गत शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते छन् । दुई जिल्लामा गरी १७ हजार ७ सयभन्दा धेरै घरहरू पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
Read More
प्रदेश निजामति सेवा ऐनमाथिको सैद्धान्तिक छलफल सकियो

प्रदेश निजामति सेवा ऐनमाथिको सैद्धान्तिक छलफल सकियो

२१ कात्तिक,विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ । बिनाविभागीयमन्त्री शम्शेर राईले सदनमा पेस गर्नुभएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरु रेवतीरमण भण्डारी, गोम्बू शेर्पा, विदुरकुमार लिंथेम र प्रदीपकुमार सुनुवारले धारणा राख्नुभयो । उहाँहरुले कोशी प्रदेश सरकार र जनतालाई सुमधुर सम्बन्ध स्थापना महत्वपूर्ण भूमिका निर्वाह गर्ने निजामती सेवा ऐन त्रुटिरहित हुनुपर्नेमा जोड दिनुभयो । उहाँहरुले प्रस्तुत विधेयकको मस्यौदामै धेरै त्रुटि देखिकाले ऐनलाई समृद्ध बनाउन दफावार छलफल गर्नुपर्ने, कर्मचारी नियुक्ति, सरुवा र बढुवा तथा योग्यता ऐनमै स्पष्ट पार्नुपर्ने धारणा राख्नुभयो । सैद्धान्तिक छलफलमा उठेका विषयमा मुख्यमन्त्री केदार कार्कीका…
Read More
क्रिकेट रङ्गशालाको काम भरतपुर महानगर र बागमती प्रदेश सरकारले अघि बढाउने

क्रिकेट रङ्गशालाको काम भरतपुर महानगर र बागमती प्रदेश सरकारले अघि बढाउने

२१ कात्तिक, चितवन। गौतमबृद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो । अलपत्र अवस्थामा रहेको रङ्गशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज बागमति प्रदेशको मुख्यमन्त्री कार्यालयमा सहमति भएको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रङ्गशालाको काम अघि बढाउने निर्णय गरेको छ । बैठकले भरतपुर महानगरपालिकाले पहिलो चरणमा गर्नुपर्ने कामका लागि तयार गरेको लागत अनुमान रु ७५ करोड बराबरको काम लागत साझेदारीमा महानगरपालिकाले अघि बढाउने गरी निर्णय गरिएको हो । बैठकमा प्रदेश सरकारका…
Read More
Page 33 of 150
1 … 31 32 33 34 35 … 150
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.