सेवा प्रवाह र शान्तिसुरक्षाबारे स्थानीय तहमा छलफल
२२ कात्तिक,काभ्रेपलाञ्चोक। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले स्थानीय तहमा सेवा प्रवाह र शान्तिसुरक्षाका विषयमा छलफल थालेको छ । जिल्लास्थित १३ वटै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्थानीय राजनीतिक दल तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग नागरिकता सिफारिस तथा अन्य सेवा प्रवाह, शान्ति सुरक्षालगायत विषयमा अन्तरक्रिया गरिने जनाइएको छ । पनौती नगरपलिकामा मङ्गलबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय तह र प्रशासन कार्यालयबीचको सहकार्य र समन्वयमा सूचना संयन्त्र प्रभावकारी बनाउने, स्थानीय तहबाट गरिने सिफारिसमा एकरुपता कायम गर्ने, नागरिकता प्रदान गर्ने सम्बन्धमा भएका द्विविधालाई हटाउने र शान्तिसुरक्षा कामय गरी अपराध न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले छलफल गरिएको जानकारी दिनुभयो । उहाँले जिल्लाका अन्य स्थानीय…
