वडा खबर सम्वाददाता

1908 Posts
सरस्वतीलाई अमेरिकामा अवार्ड

सरस्वतीलाई अमेरिकामा अवार्ड

२५ साउन,वासिङ्टन डिसी । अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित गर्नुभएको छ । अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो समुदायमा मानव अधिकार र विभेदको विरुद्धमा साहस र वकालत गरेकाले नेपालीलाई उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ । सरस्वतीले विगत दुई दशकदेखि नेपालमा दलितका विरुद्ध हुने गरेका जाति विभेदविरुद्ध निरन्तर अभियानमा क्रियाशील भएकाले उक्त अवार्ड दिइएको स्टेट डिपार्टमेन्टले जारी गरेको विवरणमा उल्लेख गरिएको छ । सीमान्तकृत, अपाङ्गता, गरिब दलितका निम्ति मानव अधिकार र सामाजिक न्यायका लागि लड्नु भएकी सरस्वतीलाई यो अवार्ड प्रदान गरिएको हो । उहाँसहित ट्युनिसिया, बङ्गलादेश, ब्राजिल, मोल्डोभो…
Read More
गण्डकी प्रदेशसभा बैठक बस्दै

गण्डकी प्रदेशसभा बैठक बस्दै

२५ साउन,गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । त्यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर सदनको कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिनुभयो । गत असार २२ गतदेखि स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो । बैठकमा प्रदेशसभाका विषयगत समिति गठनका विषयमा छलफल हुने बताइएको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि विषयगत समिति अझै गठन हुन सकेको छैन । प्रदेशसभा नियमावलीको प्रावधान अनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने…
Read More
संस्कृति र पहिचान झल्कने घर नासिँदै

संस्कृति र पहिचान झल्कने घर नासिँदै

–रमेश ढुङ्गेल २५ साउन,मन्थली। झिँगटी र पातला ढुङ्गाको छाना भएका ठूला घर अब गाउँमा देख्दा अनौठो लाग्छ । पहिले पहिले सभ्रान्त परिवारको चिनारीका रुपमा रहेका त्यस्ता घर अहिले खण्डहर बनेका छन् । जसोतसो २०७२ सालअघि त्यस्ता घर मर्मतसम्भार गरेर काम चलाइए पनि भूकम्पपछि साना घर निर्माणको लहर आयो । कला, संस्कृति र पहिचाहनसहितका घर जातीय हिसाबले रङ्ग्याइएका हुन्थे । मगर, हायुँ, तामाङ, नेवार र अन्य जातिको घरको बनावट र सजावटले परैबाट हेर्दा चिनिन्थ्यो । तर २०७२ सालको विनाशकारी भूकम्पपछि ती घरसँगै पहिचान पनि नासिएर जान लागेको छ । भूकम्पपछि निर्माण भएका घर एउटै मापदण्डको बनाउनुपर्ने भएपछि अब के तामाङ, के…
Read More
ढाकाको कपडाले बजार पाएन

ढाकाको कपडाले बजार पाएन

२५ साउन,रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ का महिला महिला यति बेला सामूहिकरुपमा ढाकाका कपडा बन्न व्यस्त छन् । महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन् । एघार जनाको समूहले ढाकाको विभिन्न कपडा बुनिरहेका छन् । उनीहरुले बुनेका ढाकाको कपडाले भने बजार पाउन सकेको छैन । तीन महिनासम्म बुनेको ढाकाको कपडाले बजार पाउन नसकेको उनीहरुको गुनासो छ । हालसम्म उक्त समूहले रु एक लाखसम्मको कपडा बुनिसकेको छ । ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी, बर्कीलगायतका सामग्री उत्पादन भएको छ । “हामीले तीन महिनादेखि ढाकाको कपडा उत्पादन गरिरहेका छौँ, अहिलेसम्म कपडा किन्न कोही आएका छैनन्”, गङ्गा थापाले भन्नुभयो…
Read More
मन्त्री ज्वालाद्वारा पूर्वाधार विज्ञसँग छलफल

मन्त्री ज्वालाद्वारा पूर्वाधार विज्ञसँग छलफल

२४ साउन,काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग विषयगत छलफल गर्नुभएको छ । उहाँले सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा केन्द्रीत भएर पूर्वाधार विज्ञ सुरेशराज आचार्य, मेघराज घिताल, प्राडा तारानिधि भट्टराई, बिबी देउजालगायतका विज्ञसँग छलफल गर्नुभएको हो । छलफलमा मन्त्री ज्वालाले भौगलिक विकटताले सडक निर्माणका क्षेत्रमा सडक सुरक्षामा देखिएका चुनौतीलाई कसरी समाधान गर्ने भन्ने विषय सरकार गम्भीर रहेको बताउनुभयो । सडक विस्तार गाउँबस्तीमा पु¥याउनुपर्नेमा जोड दिँदै उहाँले धेरै गाउँबस्ती चुरे र महाभारत शृङ्खलामा रहेकाले विस्तार गर्न र विस्तार भएका सडकको सुरक्षा गर्न चुनौती बढेको बताउनुभयो । मन्त्रालयका सचिव केशव शर्माले नेपालमा विगत र वर्तमानका…
Read More
नेप्से परिसूचकमा ४१ दशमलव ०६ अङ्कको वृद्धि

नेप्से परिसूचकमा ४१ दशमलव ०६ अङ्कको वृद्धि

२४ साउन,काठमाडौँ । यो साता कारोबारको लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज चौथो दिन भने उच्च अङ्ककाे वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४१ दशमलव ०६ अङ्कले बढेर दुई हजार ६० दशमलव ९१ बिन्दुमा कायम भएको हो । आज दुई सय ६५ कम्पनीको ५० लाख १० हजार सात सय १८ कित्ता शेयर ७७ हजार पाँच सय एक पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८८ करोड ८३ लाख २६ हजार चार सय ६९ बराबरको कारोबार भएको छ । म्युचुअल फन्ड शून्य दशमलव ०६ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा…
Read More
विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष साउँदले एक वर्षमा केके काम गरे ?

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष साउँदले एक वर्षमा केके काम गरे ?

२४ साउन,काठमाडौँ । स्याङजा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हुन् राजेस साउँद उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको १ वर्ष पूरा भएको छ । यो बीचमा शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरेको उनी बताउँछन् । स्थानीय तहमा निर्वाचित भएर आएपछि वडाको विकास निर्माणको कामले तीव्रता लिएको उनी दाबी गर्छन् । यसका साथै निरन्तरको प्रयास, पालिका, प्रदेश, संघीय सरकारको सहयोग तथा चुनौतीसँग जुध्दै वडाले पूर्वाधार विकासमा एक पछि अर्को फड्को मारिरहेको अध्यक्ष राजु मगरले बताए । , वडा अध्यक्ष राजेस साउँद नेपालमै अन्य वडाभन्दा फरक गतिबिधि गर्दै आइरहेका छन् । उनी…
Read More
विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष खनालले एक वर्षमा केके काम गरे ?

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष खनालले एक वर्षमा केके काम गरे ?

२४ साउन,काठमाडौँ । स्याङजा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष हुन् राजु खनाल उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको १ वर्ष पूरा भएको छ । यो बीचमा शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरेको उनी बताउँछन् । स्थानीय तहमा निर्वाचित भएर आएपछि वडाको विकास निर्माणको कामले तीव्रता लिएको उनी दाबी गर्छन् । यसका साथै निरन्तरको प्रयास, पालिका, प्रदेश, संघीय सरकारको सहयोग तथा चुनौतीसँग जुध्दै वडाले पूर्वाधार विकासमा एक पछि अर्को फड्को मारिरहेको अध्यक्ष राजु खनालले बताए । , वडा अध्यक्ष राजु खनाल नेपालमै अन्य वडाभन्दा फरक गतिबिधि गर्दै आइरहेका छन् । उनी…
Read More
राष्ट्रियसभा बैठक : ‘संसदलाई अनिर्णयको बन्दी बनाइनुहुन्न’

राष्ट्रियसभा बैठक : ‘संसदलाई अनिर्णयको बन्दी बनाइनुहुन्न’

२४ साउन,काठमाडौँ । अवरुद्ध सदन खुलाउन सत्तारुढ दलका सांसदले अनुरोध गर्दा पनि प्रतिपक्षी दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म सदन खुन्न नसक्ने अडान लिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा समय माग गरेर बोल्दै सत्तापक्षका सांसदले सदन निरन्तर अवरुद्ध हुँदा जनसरोकारका विषयमाथि छलफल हुन नसकेको, कतिपय महत्पूर्ण विषय पेस हुन नपाएकाले सदन सञ्चालन गरी सहमतिका साथ अघि बढ्न आग्रह गर्नुभयो । प्रतिपक्षी दलका संसद्ले भने नागरिकको पक्षमा काम गर्नका लागि आफूहरुले मुद्दा उठान गरेको भन्दै सहमतिका आधारमा निष्कर्षमा पु¥याउनुपर्ने जिकिर गर्नुभयो । बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले नागरिकको सार्वभौम, कानुन बनाउने, जनजीविका र विकास निर्माणसँग प्रत्यक्ष जोडिएका विषयवस्तु…
Read More
म्याग्दीमा मालपोतको राजस्व घट्यो

म्याग्दीमा मालपोतको राजस्व घट्यो

२४ साउन,म्याग्दी। जिल्ला मालपोत कार्यालय म्याग्दीको घरजग्गाको कारोबारबाट एक वर्षको अवधिमा रु चार करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा रु चार करोड ६८ लाख २१ हजार दुई राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । मालपोत कार्यालय म्याग्दीका निमित्त प्रमुख कलादेवी शर्मा रिजालले अघिल्लो वर्षको तुलनामा रु ३६ लाख ६३ हजार नौ सय आठ कम राजस्व सङ्कलन भएको बताउनुभयो । “स्थानीय तहले जग्गाको वर्गीकरण नगरेकाले गत आर्थिक वर्षमा कित्ताकाट भएन, । यसको असर घरजग्गाको कारोबार र राजस्व सङ्कलनमा परेको छ,” उहाँले भन्नुभयो,“जग्गाको कित्ताकाट नखुल्दा घरजग्गाको कारोबार र अंशबण्डा रोकिएको छ ।” आर्थिक वर्ष २०७८÷७९ मा…
Read More
Page 36 of 191
1 … 34 35 36 37 38 … 191
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.