वडा खबर सम्वाददाता

1908 Posts
आदिवासी जनजातिको हकअधिकारमा सरकार संवेदनशील रहेको छ ः मुख्यमन्त्री पाण्डे

आदिवासी जनजातिको हकअधिकारमा सरकार संवेदनशील रहेको छ ः मुख्यमन्त्री पाण्डे

२४ साउन,गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिवासी जनजातिको हकअधिकारको विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले जातीय विविधता भएको गण्डकी प्रदेश रहेको उल्लेख गर्नुभयो । “जनजाति भाषा, संस्कृति, परम्परागत ज्ञान, तथा प्राकृतिक स्रोतका धनी समुदाय मानिन्छन् । अधिकार तथा आर्थिक विकासका दृष्टिकोणले अझै उत्पीडित र विभिन्न वर्ग समुदायमा रहेका जनजातिको उत्थान गर्ने दायित्व हामी सबैको हो”, सन्देशमा भनिएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभरिका आदिवासी जनजातिले सन् १९९५ देखि जनजाति अधिकारका लागि अन्तर्राष्ट्रिय पर्वको रुपमा यो दिवस मनाउँदै आइएको र ‘आत्मनिर्णयका लागि परिवर्तनका संबाहक आदिवासी युवा’ भन्ने…
Read More
गोरखाको प्रवेशद्वारमा सहिद थापाको सालिक

गोरखाको प्रवेशद्वारमा सहिद थापाको सालिक

२४ साउन,गोरखा । गोरखा प्रवेश गर्ने मुख्य नाका गोरखा नगरपालिका–१३ देउरालीस्थित मझुवामा प्रथम सहिद लखन थापामगरको सालिक निर्माण गरिएको छ । गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा मझुवास्थित गोरखा प्रवेशद्वारसँगै प्रथम सहिद थापामगरको पूर्णकदको सालिक स्थापना गरिएको हो । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरका अनुसार सहिद थापामगरको सम्मान गर्न र गोरखा प्रवेश गर्ने प्रत्येकलाई उहाँको बारेमा जानकारी गराउने उद्देश्यले सालिक स्थापना गरिएको हो । गोरखा नगरपालिकाको रु १० लाख तथा नेपाल मगर सङ्घको रु दुई लाखको लागतमा सालिक निर्माण गरिएको हो । सहिद थापामगरले १९११ सालमा पुरानो गोरख गणमा भर्ना भएर १९२७ सालदेखि विद्रोहको थालनी गर्नुभएको इतिहास छ । सहिद थापामगरलाई १९३३…
Read More
सङ्क्रमण फैलिएपछि विद्यालय बन्द

सङ्क्रमण फैलिएपछि विद्यालय बन्द

२४ साउन,राँझा। बाँकेमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन् । बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको छ । विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि निजी तथा संस्थागत विद्यालय बन्द गरिएको प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिनुभयो । नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोरखबहादुर थापाले उपमहानगरका अधिकांश बालबालिकामा आँखा पाक्ने सङ्क्रमण देखिएकाले विद्यालय चार दिन बन्द गर्ने निर्णय गरिएको बताउनुभयो । शुक्रबारसम्म यहाँका विद्यालय बन्द रहने छन् । आँखा पाक्ने रोगबाट बालबालिका बढी प्रभावित भएका…
Read More
तुलसीपुरको फोहर अस्थायी डम्पिङमै बिसर्जन

तुलसीपुरको फोहर अस्थायी डम्पिङमै बिसर्जन

२४ साउन,तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले लामो समयसम्म स्थायीरुपमा फोहर व्यस्थापन गर्न सकेको छैन । उपमहानगरपालिकाले हाल तुलसीपुर उपमहानगरपालिका–१२ महेन्द्र माविको पछाडितर्फ अस्थायीरूपमा फोहर व्यवस्थापन गर्दै आएको छ । स्थानीयले पटक–पटक स्थायी व्यवस्थापनको माग गरिरहेका छन् । तर पनि त्यसको स्थायी व्यवस्थापन गर्न सकिएको छैन । स्थायी व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा जग्गासमेत खरिद गरियो । तर त्यहाँका बासिन्दाले फोहर फाल्न दिएका छैनन । अन्य स्थानको पनि खोजी भइरहेको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो । हाल तुलसीपुर–१८, १९ र १६ का विभिन्न स्थानमा फोहर व्यवस्थापनका लागि जग्गाको खोजी भइरहेको छ । “हामीले विभिन्न स्थानमा जग्गा हेरेका छौँ, वडा नं १६ ले…
Read More
मकवानपुर पहिरो अपडेट : बेपत्ता दुईको शव भेटियो, तीन अझै बेपत्ता

मकवानपुर पहिरो अपडेट : बेपत्ता दुईको शव भेटियो, तीन अझै बेपत्ता

२४ साउन,मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा पहिरामा परी बेपत्ता भएकामध्ये आज बिहान थप दुई जनाको शव फेला परेको छ । मङ्गलबार बिहान वर्षासँगै आएको बाढी तथा पहिराले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरीको शव फेला परेको हो । यससँगै उक्त पहिरामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । सिन्धुली हरिहरपुर गाउँपालिका–१ कोकटीका १७ वर्षीय पासाङ घिसिङको भने मङ्गलबार साँझ जीवितै उद्धार गरिएको थियो ।…
Read More
पहिरोमा पुरिएर बालकको मृत्य

पहिरोमा पुरिएर बालकको मृत्य

२४ साउन,दोलखा । दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो । तामाकोशी नदीमा माछा मार्न गएको तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ । उनी गए राति माछा मार्न तामाकोशी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन् । तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । केही दिनअघि गौरीशङ्कर गाउँपालिका–७ मा पहिरोबाट दुई जनाको ज्यान गएको थियो । पहिरोमा परेर दुई जना अझै बेपत्ता छन् ।
Read More
विषालु च्याउ खाँदा १२ जना बिरामी

विषालु च्याउ खाँदा १२ जना बिरामी

२४ साउन,दिपायल । डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मङ्गलबार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् । दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायव निरीक्षक केशव जोशीले जानकारी दिनुभयो । बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका–९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबाहदुर थापा, धनबहादुर थापा, पदम सलामी, लालबहादुर आलेमगर, भीमबहादुर आलेमगर, लक्ष्मीराम पुलामीमगर, विशाल मगर, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का चक्र मल्ल र कैलालीको धनगढी उपमहानगरपालिका–१६ का हर्क रम्जाली रहेका छन् । बिरामी भएका सबैको आदर्श गाउँपालिाकामा रहेको मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको…
Read More
शिक्षा विधेयकबारे छलफल नगरिएकामा निजी विद्यालय सञ्चालक असन्तुष्ट

शिक्षा विधेयकबारे छलफल नगरिएकामा निजी विद्यालय सञ्चालक असन्तुष्ट

२३ साउन,काठमाडौँ । नेपाल सरकारले सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका निजी विद्यालयसम्बन्धी प्रस्तावमा असन्तुष्टि जनाएको छ । निजी विद्यालय सञ्चालकका सङ्गठनहरुले आज संयुक्तरुपमा पत्रकार सम्मेलन गरी आफूहरुको सम्पत्तिको हकको सम्मानसहित विधेयकको मस्यौदा संशोधन गर्न माग गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोशिएसन (एन प्याब्सन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान)ले गरेको संयुक्त पत्रकार सम्मेलनमा विधेयकमा राखिएका केही प्रावधान प्रति असन्तुष्टी जनाएको छ । निजी लगानीका संस्थागत विद्यालयप्रति पूर्वाग्राही र संविधान विपरीत, अव्यवहारिक र अन्यायपूर्ण भएको उनीहरुको भनाइ छ ।…
Read More
‘सजाय छुटको मागदाबीसम्बन्धी व्यवस्था कार्यान्वयनमा निर्देशिका महत्वपूर्ण’

‘सजाय छुटको मागदाबीसम्बन्धी व्यवस्था कार्यान्वयनमा निर्देशिका महत्वपूर्ण’

२३ साउन,जनकपुरधाम । महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले सजाय छुटको मागदाबीसम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न बनेको कार्यविधिले सहजता प्रदान गर्ने बताउनुभएको छ । महान्यायाधिवक्ताको कार्यालय काठमाडौँले आज जनकपुरधाममा आयोजना गरेको अनुशिक्षण कार्यक्रममा सरकारले जारी गरेको ‘सजायमा छुटदिने मागदाबीसम्बन्धी निर्देशिका, २०८०’ ले सोसम्बन्धी कानुनी व्यवस्थालाई प्रभावकारी कार्यान्वयनमा कार्यविधिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । उहाँले सजाय छुटसम्बन्धी भएको व्यवस्थालाई थप स्पष्ट र व्यवस्थित गर्न सरकारले कार्याविधि जारी गरेको स्पष्ट पार्नुभयो । “यो निर्देशिका यसअघि कुनै व्यवस्था नभएका कारणले नयाँ काम गर्न बनाइएको होइन, भएकै कानुनलाई प्रभावकारी र सुव्यवस्थित कार्यान्वयनका लागि बनाइएको हो”, मुख्यन्यायाधिवक्ता डा पोखरलले भन्नुभयो, “यस व्यवस्थाले न्यायसम्पादनमा…
Read More
नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो

नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो

२३ साउन,काठमाडौँ । यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २८ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्से परिसूचक आइतबार ३८ दशमलव ३७ र सोमबार तीन दशमलव २१ अङ्कले घटेको थियो । विभिन्न कम्पनीका दुई सय ६५ कम्पनीको ४८ लाख ६० हजार सात सय ४१ कित्ता शेयर ७४ हजार दुई सय ५७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ७३ करोड ७० लाख १४ हजार पाँच सय बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै…
Read More
Page 37 of 191
1 … 35 36 37 38 39 … 191
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.