समाज

‘बेलिब्रिज’ निर्माण अलपत्र

‘बेलिब्रिज’ निर्माण अलपत्र

२१ असार,डोल्पा । भेरी करिडोर सडक आयोजनाअन्तर्गत डोल्पा ठूलीभेरी नगरपालिकामा पर्ने रुपगार खोलाको ‘बेलिब्रिज’ एक वर्षदेखि अलपत्र बनेको छ । पुल निर्माणको जिम्मा पाएको इको इन्फ्रा विल्डर्सका प्रोप्राइटर तेञ्जिन लामा र रेट्रो टेकका प्रोप्राइटर बादल बुढाबीच लेनदेनको कुरा नमिल्दा पुल निर्माण अलपत्र परेको हो । पुल निर्माण नहुँदा बर्खाको उर्लँदो भेलमा काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । पुल निर्माणका लागि दुवैतिर आधार तयार गरे पनि निर्माणका लागि ल्याइएका सामान बीच बाटोमै अलपत्र छन् । त्रिपुरासुन्दरी नगरपालिका–५ मा स्थित करोपगार्ड र खदाग, वडा नं १ मा पर्ने त्रिपुराकोट र ठूलीभेरी नगरपालिका–९ मा स्थित रुपगार गरी चार वटा पुल…
Read More
नेपाल र कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान

नेपाल र कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान

२१ असार,काठमाडौँ । नेपाल र दक्षिण कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान भएको छ । टोखामा सञ्चालित एशिया प्यासिफिक स्कुल र द एशिया प्यासिफिक सोसाइटी कोरियाका विद्यार्थीबीच आज शैक्षिक तथा सांस्कृतिक आदानप्रदान भएको हो । सो अवसरमा टोखा नगरपालिका-६ की वडाअध्यक्ष शान्ता खनाल पौडेलले शैक्षिक र सांस्कृतिक आदानप्रदानले एक देशले अर्को देशलाई चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । “कुनै पनि देशलाई चिनाउनका लागि त्यहाँको कला, भाषा, सांस्कृतिक महत्वपूर्ण भूमिका रहन्छ”, उहाँले भन्नुभयो । उहाँले शिक्षा र सांस्कृतिसँग सीप आदानप्रदान गरेर अगाडि बढ्नसमेत आग्रह गर्नुभयो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उहाँको सुझाव छ । टोखा शिक्षा, युवा…
Read More
सुकुम्बासी भन्दछन् : अब त लालपुर्जा पाइन्छ कि ?

सुकुम्बासी भन्दछन् : अब त लालपुर्जा पाइन्छ कि ?

२१ असार,भजनी । कुन्तीदेवी विक कैलालीको टीकापुर नगरपालिका वडा नं १ शक्तिनगर शिविरमा बस्दै आउनुभएको छ । निर्वाचनका समयमा दैनिक चहलपहल हुने उहाँको घर तथा आसपासको क्षेत्र यतिबेला सुनसान छ । पछिल्लो समय आफूले भोट हालेर जिताएका सांसद मन्त्री भएको खबरले भने आशा जागेको उहाँको भनाइ छ । “कसले चुनाव जित्यो, कसले हार्यो त्यो ठूलो कुरा भएन । जुन वर्षौंदेखि भोग्दै आएको समस्या छ, त्यो पूरा हुन्छ भन्ने आशा बढेको छ । किनभने हाम्रो क्षेत्रले मन्त्री पाएको छ ।” कैलाली क्षेत्र नं १ बाट प्रतिनिधि सभाको लागि निर्वाचित नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सरकारको भूमि व्यवस्था सहकारी तथा गरिबी…
Read More
ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान

ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान

२१ असार,वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–८ ले चौरासी वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई बुधबार सम्मान गरेको छ । वडा अध्यक्षसहित जनप्रतिनिधि तथा कर्मचारीले ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर सम्मान गरेका हुन् । ज्येष्ठ नागरिकलाई वडाबाट सम्मानस्वरुप यस वर्ष झुल, ‘हर्लिक्स’ र फलफूल उपलब्ध गराएको वडाअध्यक्ष दामोदर तिवारीले बताउनुभयो । “समाजको अभिभावककारुपमा रहनुभएका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप झुल, हर्लिक्स र फलफूल घरघरमै पुगेर उपलब्ध गराएका हौँ”, उहाँले भन्नुभयो, “घरघरमै पुग्दा ज्येष्ठ नागरिकको अवस्थाकाबारेमा जानकारी लिनुका साथै उहाँहरुको अनुभव तथा सुझाव पनि सङ्कलन गर्न पायौँ ।” वडाबासीको सुख दुःखमा वडा कार्यालय वा जनप्रतिनिधिहरु सँगै छन् भन्ने अनुभूति दिलाउनका लागि पनि नागरिकको घर दैलोमै पुगेर…
Read More
बस्ती जोगाउन बुङखोलाको व्यवस्थापन गर्दै कालिका नगरपालिका

बस्ती जोगाउन बुङखोलाको व्यवस्थापन गर्दै कालिका नगरपालिका

२१ असार,मुग्लिन । चितवनको कालिका नगरपालिकाले बस्ती डुबानबाट जोगाउनका लागि बुङखोलाको व्यवस्थापन गर्ने भएको छ । नगरपालिकाको ५ वटा वडाका बस्ती बर्सेनि डुबानमा पर्दै आएकाले वडा नं ७ मा पर्ने बुङखोलालाई थाङखोलामा मिसाउने गरी व्यवस्थापनको काम सुरु गरिएको हो । बुङखोलादेखि थाङखोलासम्म नहर निर्माण गर्ने कार्य भइरहेको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार बुङखोलाका कारण वर्षायाममा कालिका नगरपालिकाको वडा नं १, २, ३ , ६ र ७ का केही बस्ती डुबानमा पर्दै आएका छन् । ती बस्तीलाई जोगाउन बुङखोलामा पानीको सतह बढेको बेलामा केहीमात्रामा पानी थाङखोलातर्फ पठाइनेछ । उहाँले भन्नुभयो, “वर्षायाममा बुङखोलाका कारण हरेक वर्ष नगरपालिका–…
Read More
परेन पानी सुरु भएन रोपाइँ

परेन पानी सुरु भएन रोपाइँ

२१ असार,राँझा । बाँकेमा पर्याप्त वर्षाद् नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका अधिकांश किसानले रोपाइँ गर्न पाएका छैनन् । पानी नपरेका कारण धान रोपाइँ सुरु नभएको जानकी गाउँपालिका–१ जोगागाउँकी किसान सरिता जोशीले बताउनुभयो । सिँचाइको व्यवस्था नभएकोले धान रोपाइँ गर्न नसकिएको उहाँको भनाइ छ । जानकी गाउँपालिकाको साइगाउँ, बेलभार क्षेत्रमा पर्याप्त वर्षा नभएका कारण किसानले अहिलेसम्म धान रोप्न नसकेको जानकी गाउँपालिका–१ का अध्यक्ष मोहम्मद रजा राईले बताउनुभयो । आकाशे पानीको भर पर्नुपर्ने किसानलाई यो वर्ष धानको बीउ राख्नेदेखि रापाइँ गर्नसम्म समस्या भएको खजुराका किसान गेहेन्द्र धितालले जानकारी दिनुभयो । सिँचाइको…
Read More
पूर्वपश्चिम रेलमार्ग : आगामी वर्ष विगतका ठेक्काकै काम गरिने

पूर्वपश्चिम रेलमार्ग : आगामी वर्ष विगतका ठेक्काकै काम गरिने

– सञ्चिता घिमिरे २१ असार,काठमाडौँ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा आगामी वर्ष गत वर्ष सुरु भएको ठेक्काका बाँकी काम गरिने भएको छ । विसं २०७१ वा त्योभन्दा पछि सुरु भएका ठेक्का नै सम्पन्न हुन बाँकी रहकाले तिनकै काम गरिने रेल विभागले जनाएको छ । आगामी आर्थिक वर्ष कुनै नयाँ ठेक्का सम्झौता नगरेर चालु ठेक्कालाई पूरा गरिने विभागका महानिर्देशक रोहितकुमार बिसुरालले बताउनुभयो । बर्दिवासमा ६९ किमीसम्म काम भइरहेकामा त्यो खण्ड पूरा गर्न आगामी वर्षको बजेटमा पनि रकम बिनियोजन भएको छ । उहाँले भन्नुभयो, “अहिले भइरहेको कामलाई निरन्तरता दिइन्छ ।” अहिले काम भइरहेको खण्ड बाहेक नयाँ खण्डमा काम गर्न आगामी वर्षको बजेटमा व्यवस्था…
Read More
फलफूल खेतीे प्रवर्द्धन गर्न ‘एक घर, एक बगैँचा’ अभियान

फलफूल खेतीे प्रवर्द्धन गर्न ‘एक घर, एक बगैँचा’ अभियान

२१ असार,मान्म । कालीकोटको तिलागुफा नगरपालिकाले फलफूल खेतीे प्रवर्द्धन गर्न ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकामा स्याउ र ओखरको राम्रो खेती हुने भएकोले ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्न लागिएको हो । उक्त नगरपालिका कर्णालीकै राम्रो स्याउ र ओखर पकेट क्षेत्र भएका कारण ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा रहेका कृषिको अवस्था, किसान पहिचान र प्राथमिकता क्षेत्र पहिचान गरी आवश्यक रणनीति तयार गर्न कृषि गुरुयोजना निर्माण गरेर ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्न थालिएको नगरप्रमुख शङ्करप्रसाद उपाध्यायले बताउनुभयो । “नगरपालिकाभित्रको भू–बनोटको अध्ययन प्रतिवेदनबमोजिम गरिएको भू–उपयोग क्षेत्र…
Read More
भारत सरकारको सहयोगमा निर्मित विद्यालय हस्तान्तरण

भारत सरकारको सहयोगमा निर्मित विद्यालय हस्तान्तरण

२१ असार,काठमाडौँ । भारत सरकारको सहयोगमा दैलेखमा निर्माण गरिएका सामुदायिक विद्यालय भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासको विकास साझेदारी परियोजना अन्तर्गत निर्माण भएका सामुदायिक विद्यालय भवन सोमबार स्थानीय निकायलाई हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । भारतीय राजदूतावास विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको रु १० करोड ८६ लाख आर्थिक सहयोगमा दैलेखको लालिकाँडास्थित मालिका उच्च माध्यमिक विद्यालय, बडाभैरवस्थित भैरव माध्यमिक विद्यालय, बडाखोलास्थित जगदिश माध्यमिक विद्यालय र रामपुरस्थित नारायण क्याम्पसका भवन निर्माण गरिएको हो । भवन हस्तान्तरणको अवसरमा गुराँस…
Read More
पूर्ण क्षमतामा विद्युत् उत्पादन

पूर्ण क्षमतामा विद्युत् उत्पादन

२१ असार,डुम्रे । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मार्कीचोकस्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत्् आयोजनाको विद्युत् उत्पादन बढ्न थालेको छ । मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्दै गएपछि जलविद्युत्् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो । दैनिकरुपमा वर्षा हुने क्रम जारी रहेकाले मस्र्याङ्दी नदीमा पानी बहाव बढेपछि पूर्ण क्षमताको बिजुली उत्पादन भइरहेको आयोजना प्रमुख प्रमुख बद्री फुयाँलले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदमा ४० मेगावाट उत्पादन भएकोमा हाल वृद्धि भएर पूर्ण क्षमताको विद्युत् उत्पादन भइरहेको छ । यस आयोजनाबाट वर्षायाममा क्षमताभन्दा बढी बिजुली उत्पादन हुने गर्दछ । मस्र्याङ्दी नदीमा पानीको बहाव बढेसँगै बिजुली उत्पादन बढ्ने र पानी घट्दा उत्पादन घट्ने भएकाले नदीको पानीको बहाव…
Read More
Page 99 of 304
1 97 98 99 100 101 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.