समाज

पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ

पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ

२१ असार,जानकी । बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका–४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका–२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका–३ का ५२ वर्षीय कर्णबहादुर रोकाय रहेका छन् । डिभिजन कार्यालय बाँकेका वन अधिकृत अजितकुमार कर्णका अनुसार छाला र हड्डी वयस्क पोथी बाघको हो ।…
Read More
नेपालमा लगानी गर्न चासो राख्दै इजिप्टका व्यवसायी

नेपालमा लगानी गर्न चासो राख्दै इजिप्टका व्यवसायी

२१ असार,काठमाडौँ । इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले विशिष्ट भौगोलिक अवस्थिति, प्रचुर प्राकृतिक संशाधन एवं सीपयुक्त युवा जनशक्तिलगायत कारणले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य रहेको बताउनुभएको छ । नेपाली राजदूतावास र इजिप्टको ‘अरब वुमन्स इन्भेस्टर्स युनियन’ले बुधवार इजिप्टको राजधानी कायरोमा इजिप्ट उद्योगी व्यवसायीका लागि नेपालको व्यावसायिक एवं लगानी वातावरणबारे आयोजित प्रवद्र्धनात्मक कार्यक्रममा राजदूत लम्सालले इजिप्ट र नेपालबीच पर्यटन, कृषि उत्पादन, रासायनिक मल, ऊर्जालगायत क्षेत्रमा आपसी सहयोगको प्रशस्त सम्भावना रहेको जानकारी दिनुभयो । नेपालको आर्थिक सम्भावना एवं वैदेशिक लगानीका अवसर र वातावरणका बारेमा चर्चा गर्दै राजदूत लम्सालले आवश्यक सहयोग, सहजीकरण र समन्वयका लागि दूतावास तत्पर रहेको बताउनुभयो । उहाँले…
Read More
कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना

कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना

२१ असार,फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना गरेको छ । अनुसन्धान केन्द्रको संरचना निर्माण तथा आवश्यक जनशक्तिको व्यवस्था गर्नका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ६५ लाख ५० हजार विनियोजन गरेको छ । चालु आवमा गाउँपालिकाको स्वामित्वमा रहने गरी फक्ताङलुङ–५ छिरुवामा अनुसन्धान केन्द्र सञ्चालन गर्न रु २२ लाखको पूर्वाधार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । ज्ञान केन्द्रमा पहिलो चरणमा गाई र बाख्रा फार्म सञ्चलन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । “दूधजन्य पदार्थमा आत्मनिर्भर हुनका लागि यस आवमा उन्नत जातका गाई र बाख्रा खरिद गर्ने प्रक्रिया सुरु भएको छ”, लिम्बूले भन्नुभयो । ज्ञान…
Read More
कर्णालीमा एक लाख पशुचौपायाको उपचार

कर्णालीमा एक लाख पशुचौपायाको उपचार

२१ असार,कर्णाली । कर्णाली प्रदेशका १० जिल्लामा लम्पी स्कीन रोगबाट संक्रमित एक लाख २५ हजार ९१ पशु चौपायाको उपचार गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार नौ हजार नौ सय एक पशुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइएको छ । पछिल्लो समय पशुमा लम्पी स्कीन रोग तीव्ररुपमा फैलिँदै गएको छ । प्रदेशका कृषिमन्त्री भीमप्रकाश शर्माले रोग नियन्त्रण गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालय निमित्त सचिव राजु भुजले प्रेस विज्ञप्ति जारी गर्दै खोप अभियान तिव्र पारिएको उल्लेख गर्नुभएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिकाबाट २०७९ चैत २७ गते गाई गोरुको सिरिम र छालाको भागको…
Read More
गोरु पाल्ने किसानलाई प्रोत्साहन भत्ता

गोरु पाल्ने किसानलाई प्रोत्साहन भत्ता

२१ असार,रामपुर (पाल्पा) । गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ । गाउँका खेतबारी विभिन्न खेतीपातीले हराभरा बनोस् भन्दै नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक हल गोरु बराबर रु पाँच हजार भत्ता दिने कार्यक्रम ल्याएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो । उहाँका अनुसार नयाँ किन्नेलाई रु पाँच हजार, घरमा नियमित पालिरहने किसानलाई वार्षिकरुपमा दुई हजार पाँच सय भत्ता दिइनेछ । अहिले गाउँघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरुको संरक्षण र खेतबारी बाँझिन नदिनका लागि गोरुपालनमा…
Read More
कारागारभित्र कैदी मृत भेटिए

कारागारभित्र कैदी मृत भेटिए

२१ असार,जानकी । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत भेटिएका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिनुभयो । मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको तथा यसबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताउनुभयो ।
Read More
उपत्यकामा पाँच स्थानमा ट्राफिक पोष्ट थपिए

उपत्यकामा पाँच स्थानमा ट्राफिक पोष्ट थपिए

२१ असार,काठमाडौँ । काठमाडौँ उपत्यकाका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएकन छन् । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएका हुन् । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार काठमाडौँको मूलपानी र धर्मस्थली, भक्तपुरको दुवाकोट र दधिकोट तथा ललितपुरको चाल्नाखेलमा अस्थायी ट्राफिक पोष्ट थप गरिएको छ । पाँच पोष्ट थप गरेसँगै अब उपत्यकाभित्रका ६६ स्थानबाट ट्राफिक व्यवस्थापन हुनेछ । थपिएका पाँच अस्थायी ट्राफिक प्रहरी पोष्टबाट उपत्यकाभित्रका मोफसलमा रहेका स्थानमा समेत ट्राफिक व्यवस्थापन र आवागमनमा थप सहजता हुने विश्वास लिइएको छ । हाल काठमाडौँ उपत्यकाभित्र एक…
Read More
अनुदानले उद्यमी बन्दै किसान

अनुदानले उद्यमी बन्दै किसान

२१ असार,नारायणगढ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएस आइपी) को अनुदान सहयोगले यस क्षेत्रका किसान उद्यमी बन्न थालेका छन् । कूल लगानीको २० प्रतिशत सहकारी÷समूह वा व्यक्तिको, बैंक तथा वित्तीय संस्थाको अनिवार्य ३० प्रतिशत ऋण लगानी र ५० प्रतिशत आयोजनाले अनुदान दिने कार्यक्रम सफल बन्दै गएपछि यहाँका किसान उद्यमी बन्दै भएका हुन् । भरतपुर महानगरपालिका–६ स्थित देवनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड विगत एक वर्षअघिबाट एनएलएस आइपीको उपआयोजनाअन्तर्गत नमूना दूध तथा दुग्धजन्य पदार्थ प्रशोधन तथा विविधिकरण एवं बजारीकरण संस्थाको स्थापना गरी आफैँ उद्यमी बनेको छ । यो संस्था २०५२ सालमा स्थापना भएर दूध सङ्कलन…
Read More
मादीमा पहिराले दुई परिवार विस्थापित

मादीमा पहिराले दुई परिवार विस्थापित

२१ असार,कास्की । कास्कीको मादी गाउँपालिकामा अविरल वर्षापछिको पहिराले दुई घर परिवार पूर्णरुपमा विस्थापित भएका छन् । चार घर जोखिममा परेका छन् । मादीको वडा नं ६ का पाँच र वडा नं २ मा एक परिवार पहिराको जोखिममा परेको गाउँपालिकाले जनाएको छ । यही असार १९ गतेको अविरल वर्षाले मादी–६ को काहुँखोला–दूधपोखरी सडकको दोस्रो खण्डमा सजुक भेडीखर्क टोलको भेडीखर्क चोकमा पाँच परिवारको छ घरलाई पहिराले जोखिम पु¥याएको हो । अविरल वर्षापछि घरसँगैको सडक पहिराले लैजाँदा स्थानीय कमलापति बरालको दुई घर र दीपक बरालको एक घर एक गोठमा क्षति पुगेको छ । यी दुवै परिवार विस्थापित भएर आफन्त तथा समाजघरमा आश्रय…
Read More
आयात प्रतिस्थापन गर्न विभिन्न यान्त्रिक विकास गरिँदै

आयात प्रतिस्थापन गर्न विभिन्न यान्त्रिक विकास गरिँदै

२० असार,काठमाडौँ । लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रले मुलुकमा बढ्दो आयातलाई न्यूनीकरण गर्न विभिन्न यन्त्र विकास गर्न लागेको छ । कृषि क्षेत्रमा कोदोको दाना र मकैको दाना झार्ने यन्त्र, दाँतमा प्रयोग गरिने सिन्का तथा पूजापाठमा प्रयोग हुने धूप र अगरबत्ती बनाउने, बाँसको चोयाबाट मसिनो सिन्कामार्फत झाडु बनाउने यन्त्र निर्माण गर्न लागिएको हो । यी सबै प्रविधिको निर्माणका लागि राष्ट्रिय आविष्कार केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराउने समझदारी गरेको छ । यी सामग्री बनाउन करिब रु ५० लाख लाग्ने उक्त केन्द्रका प्रमुख दीपक घिमिरेले जानकारी दिनुभयो । उक्त यन्त्रबाट किसानले फलाएको धान, मकै, गहूँ, कोदोलगायत दाना भएका फसल छोडाउन सहज…
Read More
Page 100 of 304
1 98 99 100 101 102 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.