समाज

चौधवटा जग्गाको कित्ताकाट

चौधवटा जग्गाको कित्ताकाट

२० असार,रसुवा । चालु आवको हालसम्म जिल्लामा चौधवटा जमिनको कित्ताकाट भएको छ । भू– उपयोग नीति २०७९ लागू भएसँगै स्थानीय सरकारले गर्नुपर्ने वर्गिकरणका काम अगाडि बढ्न नसक्दा कित्ताकाटमा कमी आएको हो । नापी कार्यालयका सूचना अधिकारी शेरबहादुर बुढाथोकीकाअनुसार चालु आर्थिक वर्षमा जलविद्युत् आयोजनाले प्राप्त गरेका १४ वटा जग्गाको मात्र कित्ताकाट भएको हो । जलविद्युत् आयोजनाले प्राप्त गर्ने जग्गाको हकमा भने कित्ताकाट गर्न सरकारले पुरानै नीतिमा छुट दिइरहेको बताइएको छ । कित्ताकाटबाट उक्त कार्यालयले चालु आवको हालसम्म कूल रू एक लाख ७२ हजार पाँच सय ५२ राजस्व आर्जन गरेको छ । जिल्लाका पाँच गाउँपालिकामध्ये कुनैपनि पालिकाले मापदण्ड अनुरूपको वर्गिकरण गर्न नसक्दा…
Read More
एसइई नतिजा प्रकाशनका लागि १६ संस्थाले पाए अनुमति

एसइई नतिजा प्रकाशनका लागि १६ संस्थाले पाए अनुमति

२० असार,काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनका लागि १६ वटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १६ वटा संस्थालाई नतिजा उपलब्ध गराउन अनुमति दिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठर्ले जानकारी दिनुभयो । नतिजा प्रकाशनका लागि रीतपूर्वक निवेदन दिएका १६ वटा र तीन वटा बोर्डकै संस्थाले बेवसाइट, एसएमएस र आइभीआरबाट नतिजा उपलब्ध गराउने अनुमित पाएका हुन् । यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआईसी एसिया बैंक, इडियु सञ्जाल, कान्तिपुर पब्लिकेशन्स, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालि लगायतका संस्था÷फर्मले वेबसाइटमार्फत नतिजा उपलब्ध गराउने छन् । यसैगरी नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी…
Read More
दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

२० असार,काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँमा नियम उल्लङ्न गरेको आरोपमा ट्राफिक प्रहरीले दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्न गर्ने दुई हजार दुई सय तीन सवारीसाधन र चालक कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार मापसेमा ६९, लेन उल्लङ्नमा एक सय २०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ सवारी चालक कारबाहीमा परेका छन् । यसैगरी प्रष्ट देख्ने नम्बर प्लेट नराख्नेमा २१, उच्च गतीमा सवारी चलाउनेलाई एक सय ४७ र अन्य एक हजार सात सय ४५ गरी कुल…
Read More
युवा पुस्ताको आकर्षण घट्दा हराउँदै आरन

युवा पुस्ताको आकर्षण घट्दा हराउँदै आरन

२० असार,वेदकोट । पछिल्लो समय आरन व्यवसायमा युवा पुस्ताको आकर्षण घट्दै गएपछि कञ्चनपुरमा आरन पेसा लोप हुँदै गएको छ । युवा पुस्ताले आरन चलाउन छोडेपछि गाउँ सहरबाट आरन विस्थापित हुँदै गएका हुन् । आरन व्यवसाय छोडेर युवा शिक्षा, रोजगारीलगायत सुविधा खोज्दै सहर पस्ने तथा गाउँमा भएकाले पनि जीविकोपार्जनका लागि अन्य पेसा अगाल्न थालेपछि आरन व्यवसाय सङ्कटमा परेको भीमदत्त नगरपालिका–६ का विष्णु लुहारले बताउनुभयो । “अहिलेको पुस्ताले आरनमा काम गर्न जान्दैनन्, हामीले बुबाबाजेसँग बसेर आरनको सीप सिकेर जीवन काट्दैछौँ”, उहाँले भन्नुभयो, “अहिले आरन एकाध मात्रै छन्, ती पनि पाका मान्छेले नै चलाएका छन्, युवा आरनमा देखिदैनन् ।” हँसिय, कुटो, कोदालो, बञ्चरोलगायत…
Read More
‘विपन्न बस्तीमा मुख्यमन्त्री’ कार्यक्रमले आयस्तर वृद्धि

‘विपन्न बस्तीमा मुख्यमन्त्री’ कार्यक्रमले आयस्तर वृद्धि

– मिला दरै २० असार,डुम्रे । गरिब तथा पछाडि परेको समुदायको आयस्तर वृद्धि गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा ‘विपन्न बस्तीमा मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन गरिएको छ । तनहुँका दुई विपन्न गाउँमा गरिएको कार्यक्रमले आयस्तर वृद्धिमा सहयोग पु¥याउँदै आएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र तनहुँमार्फत कार्यक्रम भइरहेको छ । एकीकृत कृषि कार्यक्रम सञ्चालन गरी किसानले उत्पादन बढाएर आर्थिकस्तर उकास्नमा संलग्न गराई गरिबी निवारणमा टेवा पु¥याउने र खाद्य सुरक्षा सुनिश्चितता गर्दै आर्थिक रूपमा सबल बनाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दीपुर गाउँपालिका–५ र आँबुखैरेनी गाउँपालिका–१ को भुजेल बस्तीका ४० घर भुजेल…
Read More
पशुपालक कृषकलाई अनुदानमा कृषि उपकरण

पशुपालक कृषकलाई अनुदानमा कृषि उपकरण

२० असार,नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० कार्यालयले पशुपालक कृषकलाई घाँस काट्ने मेसिन चापाकटर र पशुको गोठमा ओछ्याउने काउम्याट वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा वडा कार्यालयले पशुपालनका लागि छुट्याएको बजेटबाट व्यावसायिक पशुपालक कृषकलाई कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष देवीदत्त कँडेलले बताउनुभयो । वडामा पशुपालन प्रवद्र्धनका लागि छुट्याइएको रु आठ लाख बजेटबाट कृषकलाई अनुदानमा उपकरण वितरण गरिएको उहाँको भनाइ छ । कृषकको केही लगानी र बाँकी वडाको लगानीमा कृषि उपकरण वितरण गर्दा किसानले अपनत्व ग्रहण गर्ने र सामानको सुरक्षा गर्ने भएका कारण उनीरुको पनि लगानी मिसाइएको वडाध्यक्ष कँडेलले बताउनुभयो । वडा कार्यालयसँगको सहकार्यमा १८ व्यावसायिक कृषकका लागि चापाकटर…
Read More
नेपाल अफ्रिका चलचित्र महोत्सव’ मा बाह्र देशका २२ चलचित्र

नेपाल अफ्रिका चलचित्र महोत्सव’ मा बाह्र देशका २२ चलचित्र

२० असार,काठमाडौँ । यही असार २३ देखि २५ गतेसम्म सञ्चालन हुने तीनदिने ‘नेपाल अफ्रिका चलचित्र महोत्सव २०२३’ को एघारौँ संस्करणमा १२ देशबाट २२ चलचित्र सहभागी हुने भएका छन् । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजना र चलचित्र विकास बोर्ड तथा विलक्षण क्रिएसनको सहआयोजनामा रहेको कार्यक्रमले नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदान गर्ने महोत्सवका अध्यक्ष मञ्जु मिश्रले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुई फरक महाद्वीपलाई जोड्न महोत्सव निरन्तर आयोजना गरिरहेका छौँ, महोत्सवमा ११ देशबाट १० अफ्रिकन र नेपालबाट १२ चलचित्र तथा वृतचित्र सहभागी भएका छन् ।” महोत्सवमा एक दिवसीय अभिनय कार्यशाला ‘नेपाली छोटो चलचित्रको राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजार’ विषयमा अन्तरक्रियासमेत हुने…
Read More
दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार भत्ता

दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार भत्ता

२० असार,रामपुर (पाल्पा) । पाल्पाको रिब्दिकोट गाउँपालिकाले गाउँमा बसेर काम गर्ने जनशक्ति अभाव हुन थालेपछि नयाँ कार्यक्रम ल्याएको छ । गाउँपालिका–१ को कार्यालयले दुईभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई रू पाँच हजार भत्ता दिने कार्यक्रम ल्याएको हो । आगामी आर्थिक वर्ष २०८०/८१ देखि लागू हुने गरी वडामा दुई सन्तानभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई बच्चाको जन्मदर्ता गर्न वडा कार्यालयमा आउँदा रू पाँच हजार प्रोत्साहनस्वरुप भत्ता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो । “गाउँमा बस्ने युवा जनशक्ति विदेश पलायन हुँदा गाउँ नै रित्तिने अवस्थामा छ भने खेतीयोग्य जमिन बाझिदै गएका छन्”, उहाँले भन्नुभयो, “गाउँमा बसेर केही उद्यम, व्यवसाय गर्ने,…
Read More
‘शताब्दी –यात्रा’ गर्ने ‘पण्डित माता’

‘शताब्दी –यात्रा’ गर्ने ‘पण्डित माता’

–श्याम रिमाल २० असार,काठमाडौँ ।  पौराणिक कथा तथा किंवदन्तीहरूमा विश्वास गर्ने हो भने मानिसको सरदर आयु एक सय वर्ष हो । मन र शरीर स्वस्थ्य रहेमा त्यसभन्दा बढी पनि बाँचेका उदाहरणहरू छन् । कोही बुढ्यौली उमेरलाई ‘दिन काट्ने काल पर्खने’ भन्छन् त कोही ‘बुढो भयो सब रङ्ग गयो, आँगन भयो परदेश ।’ तथापि स्वस्थ्य मानिसहरूलाई उमेरले केही गर्दैन । प्रौढ मानिसले अरूलाई दिन सक्ने खास चिज हो –अनुभव । त्यो पनि लिखित रूपमा आएमा भविष्यका पुस्तालाई उपयोगी हुने छ । नेपालबाट बालकै कालमा म्यान्मा पुगी पुनः नेपालको मोरङ हुँदै हाल ललितपुर, कुुसुन्ती आइपुग्नुभएका इन्द्रमाया पौड्यालले आफ्नो सय वर्षे जीवनका तिनै…
Read More
पहिराले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या

पहिराले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या

२० असार,पर्वत ।अबिरल वर्षासँगै आएको पहिराले कक्षाकोठा पुरिँदा यहाँको एक विद्यालयमा पठनपाठनमा समस्या भएको छ । पर्वतको फलेवास नगरपालिका–२ को थापाठानामा आएको पहिरोले थापाठाना माध्यमिक विद्यालय दुई वटा भवन पुरेपछि समस्या भएको हो । असार १४ गते राति आएको अबिरल वर्षापछि गएको पहिराले विद्यालयको तीन–तीनकोठे दुईवटा भवनमा क्षति पु¥याएको विद्यालयका प्रधानाध्यापक विष्णु शर्माले जानकारी दिनुभयो । विद्यालय बिदा भएको समयमा पहिरो आएकाले मानवीय क्षति नभएको उहाँको भनाइ छ । “अबिरल वर्षासँगै विद्यालयमा माथिबाट पहिरो खस्यो, उक्त दिन बिदा भएका कारण मानवीय क्षति भएन”, उहाँले भन्नुभयो । विद्यालयमा पहिराले क्षति पुर्याएसँगै कक्षाकोठाको अभाव भएको उहाँको भनाइ छ । “अहिले तत्कालका लागि…
Read More
Page 101 of 304
1 99 100 101 102 103 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.