समाज

भाषा, संस्कृति र साहित्य इतिहास लेखनको मुख्य आधारः अध्यक्ष यादव

भाषा, संस्कृति र साहित्य इतिहास लेखनको मुख्य आधारः अध्यक्ष यादव

२२ असार,महोत्तरी । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसको इतिहास लेखनका लागि यहाँको भाषा, संस्कृति र साहित्यको खोज आवश्यक रहेको बताउनुभएको छ । आज महोत्तरीको बर्दिबास–४ माईस्थानमा मधेसको इतिहास लेखनसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय गोष्ठी शुभारम्भ गर्दै उहाँले यी विषय मधेसको इतिहास लेखनमा अपरिहार्य तत्व रहेका उल्लेख गर्नुभयो । मधेस प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले यस क्रममा पूर्व मेचीबाट पश्चिम महाकालीसम्मको मधेसका सबै जातजाति, भाषाभाषी र संस्कृतिको प्रामाणिक तथ्य खोज्न अनुरोध गर्नुभयो । “हाम्रो विगतका जे–जस्ता उत्पीडन र शोषणका घटना छन्, ती जस्ताको त्यस्तै खोजिउन्, लेखिउन्”, अध्यक्ष यादवले भन्नुभयो, “यिनमा कोच, मिथिला, लुम्बिनी (अवध) र पश्चिम थारूका…
Read More
पूर्वको बाढीपहिराबाट जलविद्युत्मा नौ अर्बको क्षति

पूर्वको बाढीपहिराबाट जलविद्युत्मा नौ अर्बको क्षति

२२ असार,काठमाडौँ । यही असार १ र २ गते पूर्वमा आएको बाढीपहिराका कारण जलविद्युत् क्षेत्रमा रु आठ अर्ब ८४ करोडको क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) नेपालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा असार १ र २ गते आएको बाढीबाट जलविद्युत् गृह बगाउँदा रु आठ अर्ब ८४ करोडको क्षति पुगेको बताएको हो । इपानका अध्यक्ष गणेश कार्कीले पूर्वमा आएको बाढिपहिराबाट सञ्चालनमा रहेका १३ र निर्माणाधीन १७ गरी ३० जलविद्युत् आयोजनामा क्षति पुग्दा लगानीकर्ता ठूलो मारमा पर्नाका साथै अर्बौं लगानी जोखिममा परेको बताउनुभयो । त्यसका कारण एक सय ३३ मेगावाट उत्पादन ठप्प हुन…
Read More
धान खेतीभन्दा माछामा तेब्बर आम्दानी

धान खेतीभन्दा माछामा तेब्बर आम्दानी

–चन्द्रकला भण्डारी २२ असार,झापा । धानभन्दा तीन गुणा बढी आम्दानी हुने भएपछि पछिल्लो समय माछापालनमा किसानको आकर्षण बढेको छ । त्यसले गर्दा झापा माछामा आत्मनिर्भर बनेको छ । नेपाल सरकारले नै माछापालक किसानलाई प्रोत्साहनसहित अनुदान दिन थालेपछि झापा माछामा आत्मनिर्भर बनेको हो । प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत जिल्लाका छ पालिकामा माछा ब्लक नै छुट्याएर विगत दुई वर्षदेखि व्यावसायिक माछापालन भइरहेको छ । कचनकवल, हल्दिबारी र कमल गाउँपालिका तथा गौरादह, मेचीनगर र अर्जुनधारा नगरपालिकामा हाल दुई वर्षीय परियोजना अन्तर्गतको माछा ब्लक सञ्चालन भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ । धानभन्दा तीन गुणा बढी माछाबाट आम्दानी हुने गरेको कार्यालयका…
Read More
एलओडी क्लबका अर्का सञ्चालक पनि पक्राउ

एलओडी क्लबका अर्का सञ्चालक पनि पक्राउ

२१ असार,काठमाडौँ । काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिलबल्ल श्रेष्ठलाई प्रहरीले आज पक्राउ गरेको छ । उक्त एलओडीमा गएकी १६ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज बिहान कुपण्डोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । उहाँका अनुसार सोही मुद्दाका अर्का सञ्चालक राजुसिंह सुवाललाई बिहीबार साँझ बालुवाटारबाट पक्राउ गरिएको थियो । उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शाहले जानकारी दिनुभयो । जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुई जना सञ्चालक रुदिल…
Read More
अभिनेता ताम्राकार मृत फेला

अभिनेता ताम्राकार मृत फेला

२२ असार,काठमाडौँ । फिल्म अभिनेता एवं कलाकार सारुक ताम्राकार मृत फेला परेका छन् । ताम्राकार गए राति काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । ३१ वर्षीय ताम्राकार घरको भ¥याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुण्डिएको अवस्थामा गए राति ११ बजे मृत फेला परेको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो । प्रहरीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ । ताम्राकारले ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानीलगायत चलचित्रमा अभिनय गर्नुभएको थियो । उहाँ पछिल्लो समय चलचित्र ‘ह्यासट्याग माया’ को अभिनयमा ब्यस्त हुनुहुन्थ्यो । घटनाबारे अनुसन्धान…
Read More
वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याइने

वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याइने

२२ असार,काठमाडौँ । वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ । नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाडौँ ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । “आयोजनाले काठमाडौँ उपत्यकामा पानी यति नै महिना बन्द गर्ने भनी निर्णय त गरेको छैन । तर वर्षापछि बाढी आउने हुँदा हाललाई सुरुङ बन्द गरिएको छ”, उहाँले भन्नुभयो । वर्षा रोकिए सङ्लो पानी भएको अवस्थामा पुनः पानी काठमाडौँ उपत्याकामा ल्याइने पन्तको भनाइ छ । आयोजनाले काठमाडौँ उपत्यकामा पानी यस…
Read More
बाढीपिडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री समक्ष माग

बाढीपिडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री समक्ष माग

२२ असार,काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधीसभा सदस्य दीपक खड्काले सङ्खुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गर्नुभएको छ । सांसद खड्काले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर यही असार २ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट पीडित जनतालाई सङ्घीय सरकारका तर्फबाट राहतको व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो । उहाँले सङ्खुवासभामा बाढीबाट १८ घरमा क्षति पुगेको, चार जलविद्युत् आयोजनामा पूर्ण क्षति र छ जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको बताउनुभयो । बाढीले नहर तथा कुलो बगाउँदा कतिपय स्थानमा अहिलेसम्म पनि रोपाइँ हुन नसकेकाले आगामी दिनमा खाद्यान्न अभाव हुने अवस्था सिर्जना हुने भन्दै उहाँले प्रधानमन्त्री दाहालको…
Read More
धानखेत मासेर किवी खेती

धानखेत मासेर किवी खेती

२२ असार,गल्याङ । स्याङ्जामा बहुउपयोगी फल किवीको व्यावसायिक खेती हुुन थालेको छ । किवीको मूूल्य र बजार राम्रो भएपछि यहाँका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । स्वादिलो र औषधीय गुणका कारण किवीको माग र मूल्य उच्च छ । फेदीखोला गाउँपालिका–१ कटुसस्वाराका कृषक शिव पराजुली ‘सुखानी’ लेमोर्डन कृषि फार्ममा गरेकोकिवी खेतीबाट मनग्य आम्दानी लिइरहनुुभएको छ । आठ वर्ष अघिदेखि सुरु गरेको व्यवसाय फस्टाउँदो छ । उहाँले वार्षिक रु तीन लाखदेखि रु चार लाखसम्मको किवी बिक्री गर्ने गरेको बताउनुुभयो । उहाँले गाउँमै छ रोपनी जग्गामा किवी खेतीसँगै दुुई हजार कुुखुुरापालन पनि गर्दै आउनुुभएको छ । “आठ वर्ष पहिले धान रोप्न…
Read More
आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने

आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने

२२ असार,डुम्रे।राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकायरी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली साहित्यको प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगितामा देशभरका साहित्यकारलाई निम्तो गरिएको बताउनुभयो । खुला कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । यस्तै रामायण वाचनतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु एक…
Read More
चालीस माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध

चालीस माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध

२१ असार,काठमाडौँ । सरकारले ४० माईक्रोन भन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले विज्ञप्ति जारी गर्दै ४० माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध लगाएको जानकारी दिनुभयो । उहाँले प्लास्टिक झोला तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग गर्दै नगर्ने गर्नुपर्ने भएमा ४० माइक्रोनभन्दा बढीका प्लास्टिक झोला तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले पनि ४० माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध गर्ने सरकारको अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो । फोहरमैला व्यवस्थापनसम्बन्धी आधाररेखा सर्वेक्षण २०२२ अनुसार घरपरिवार निस्कने फोहरमैलामध्ये प्लास्टिकजन्य फोहरको अंश १२…
Read More
Page 98 of 304
1 96 97 98 99 100 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.