समाज

आलेख–खण्डहर तातोपानी : ‘माथि भिर तल खोला, के गरेर खाने होला ?’

आलेख–खण्डहर तातोपानी : ‘माथि भिर तल खोला, के गरेर खाने होला ?’

–हेमन्त जोशी २४ असार,सिन्धुपाल्चोक । जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड... कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो नियतिबाट गुज्रिहेको छ नेपाल र चीन जोड्ने उत्तरी नाकास्थित तातोपानी बजार । विसं २०७२ वैशाखको भूकम्प अघिसम्म गुल्जार रहने तातोपानी क्षेत्र अब बजारको स्वरुपमा छैन । दुई देश जोड्ने मितेरी पुल काँडेतारले छेकिएको छ । चहलपहल शून्य जस्तै छ । कुनै समय निकै व्यस्त रहने यो नाकामा रहेका अध्यागमन कार्यालय, बैंक, उद्योग वाणिज्य सङ्घलगायत प्रशासनिक तथा संस्थाका झुत्रा साइनबोर्ड देखिने घर खाली अवस्थामा छन् । दैनिक केही थान कन्टेनर नेपाल…
Read More
कैलालीका पालिका बाढीजन्य विपद्को पूर्वतयारीमा जुटे

कैलालीका पालिका बाढीजन्य विपद्को पूर्वतयारीमा जुटे

२४ असार,टीकापुर । कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिका बाढीको पूर्वतयारीमा जुटेका छन् । मनसुन भित्रिएसँगै बाढीजन्य विपद्को जोखिम बढ्नसक्ने भन्दै स्थानीय पालिका पूर्वतयारीमा जुटेका हुन् । कैलाली जिल्ला बाढीजन्य विपद्को जोखिममा रहेको जिल्ला हो । यहाँका जोखिममा रहेका पालिका टीकापुर, भजनी, जानकीलगायतका पालिका हरेक वर्ष आउने बाढीका कारण प्रभावित हुन्छन् । बाढीका कारण यहाँ हरेक वर्ष धनजनको क्षति हुने गरेको छ । यस वर्ष पनि वर्षा सुरु भएपछि प्रभावित क्षेत्रमा त्रास सुरु भएको छ । पालिकाहरूले बाढीजन्य विपद्को पूर्वतयारी तथा पूर्वकार्यका काम भइरहेका जनाएका छन् । यस वर्षको मनसुन भित्रिएसँगै टीकापुरले पूर्वतयारीका लागि सामान तयारी अवस्थामा राखेको छ ।…
Read More
खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

२४ असार,मलङ्गवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपु रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिनुभयो । शनिबार दिउँसो घरबाट निस्केका बालकद्वय राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गए राति घरभन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा खनिएको खाल्डोमा शव डुबिरहेको अवस्थामा फेला परेको थियो । दुईमात्र सन्तान रहेका नागेन्द्रको दुवै छोराको मृत्यु भएपछि अहिले पूरै जिङ्गडवा गाउँ शोकमा डुबेको छ ।
Read More
विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

२४ असार,दिपायल । डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन् । बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । उनीहरुको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
Read More
काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु

काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु

काठमाडौँ, २४ असार (रासस): काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख बालेन साहले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गरी कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न तयारी थालेको हो । कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि यही असार २८ गतेदेखि आवेदन खुला गरिएको महानगरपालिकाके शिक्षा शाखाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । आवेदन आगामी साउन १२ गतेसम्म अनलाइनबाटै भर्न सकिने जनाइएको छ । आवेदन दिएका छात्रछात्राको…
Read More
शारीरिक अस्वस्थ्य भएका व्यक्तिलाई सहयोग

शारीरिक अस्वस्थ्य भएका व्यक्तिलाई सहयोग

२४ असार,कञ्चनपुर । शारीरिक अस्वस्थ्यताका कारण हिँडडुल गर्न नसक्ने व्यक्तिको घरमै पुगेर कृष्णपुर नगरपालिकाका प्रमुख हेमरा ओझा ह्वीलचियरलगायतका सामग्री उपलव्ध गराउन थाल्नुभएको छ । चिकित्सकसहितको टोली लिएर नगरप्रमुख ओझाले नगरपालिकाका नौवटै वडामा रहेका शारीरिक अस्वस्थता भएका व्यक्तिको स्वाथ्य जाँच गराउने, निःशुल्करूपमा औषधि उपलब्ध गराउने कार्यसँगै आवश्यकताका आधारमा ह्वीलचियर र दिसापिसाब गर्न प्रयोग हुने प्लाष्टिकको कुर्सी निःशुल्क उपलव्ध गराउन थालेका हुन् । “शारीरिक अस्वस्थता भएका व्यक्तिको पहिचान गरी घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यको थालनी गरेका छौँ” नगरप्रमुख ओझाले भन्नुभयो, “चिकित्सकीय सेवासँगै आवश्यक सहायक सामग्री दिने कार्य भइरहेको छ ।” अहिलेसम्म नगरपालिकाका वडा नं १, २, ८, ९ का आधा दर्जन…
Read More
बागमती प्रदेशद्वारा दुग्ध किसानलाई अनुदान

बागमती प्रदेशद्वारा दुग्ध किसानलाई अनुदान

२४ असार,चितवन । बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा दुग्ध किसानलाई रु ३० करोड अनुदान दिएको छ । प्रदेशभित्रका दुई सय २२ सहकारीमार्फत किसानलाई प्रतिलिटर ३ रुपैयाँ ५३ पैसाका दरले अनुदान दिएको हो । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार गत आर्थिक वर्षमा रु १६ करोडमात्रै प्रतिलिटर एक रुपैयाँ ६३ पैसाका दरले वितरण गरिएको थियो । प्रदेशले आव २०७५÷७६ मा कार्यविधि बनाएर दुग्ध उत्पादक किसानलाई अनुदान दिन सुरु गरेको हो । कार्यविधिमा दोहोरो नपर्ने गरी अनुदान दिन सकिने व्यवस्था रहेको छ । यसै कारण स्थानीय पालिकाले अनुदान दिएका चितवनका तीन पालिकाका किसानलाई अनुदान दिन नसकिएको…
Read More
हालसम्म २७ प्रतिशत रोपाइँ

हालसम्म २७ प्रतिशत रोपाइँ

२२ असार,काठमाडौँ । मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्याङ्कअनुसार असार २१ गते बिहीबारसम्म करिब २७ प्रतिशत मात्र रोपाइँ भएको उहाँले बताउनुभयो । विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी भएको हो । आगामी साउन १५ सम्म सामान्य हिसाबले रोपाइँ हुने भएकाले विगत वर्षमा जस्तै शतप्रतिशत रोपाइँ हुने मन्त्रालयको प्रारम्भिक अनुमान छ ।
Read More
रामपुरमा ‘मेयर छात्रवृत्ति’ कार्यक्रम

रामपुरमा ‘मेयर छात्रवृत्ति’ कार्यक्रम

२२ असार,रामपुर (पाल्पा) । हुम्लाको ताँजाकोट गाउँपालिका–२ खटिकवाडाका राजेन्द्र खत्री रामपुरमा बसेर इञ्जिनियरिङ शिक्षा अध्ययन गर्नुहुन्छ । रामपुरस्थित दरैठाँटी माध्यमिक विद्यालयमा सिभिल इञ्जिनियरिङको तेस्रो सेमेस्टरमा अध्ययनरत छात्र हुनुहुन्छ । सो सेमेस्टरको भर्ना अभियान चलेको हँुदा पैसाको जोहो कसरी गर्ने भन्ने चिन्ताले पिरोलिनुभएको थियो । परिवारमा पैसा बन्दोबस्त गर्न नसक्दा पढाई बीचमै छाड्ने कि अगाडि बढाउने भन्ने दोधार उहाँ हुनुहुन्थ्यो । यसै क्रममा पाल्पाको रामपुर नगरपालिकाले रु ३० हजार बराबरको मेयर छात्रवृत्ति’ कोषबाट रकम सहयोग गरेपछि भर्ना गर्ने पिरलो टरेको छ । “परिवारमा कमाउने कोही छैन, इञ्जिनियरिङ पढ्ने इच्छा धेरै भएर सुरु गरिहाले, भर्ना शुल्क, पढाइमा लाग्ने विविध खर्चमा रकम जुटाउन…
Read More
जन्मस्थान फर्किएपछि …

जन्मस्थान फर्किएपछि …

२२ असार,दमौली । बाह्र वर्षपछि खोला पनि फर्किन्छ भनिन्छ तर नवीनलाई जन्मघर फर्कन भने तीन दशक लागेको छ । तर ढिलै गरी फर्किए पनि उहाँको सोच नवीन नै छ । केही गरौँ भन्ने हुटहुटी छ, आफ्नै जन्मस्थल बनाउने । तनहुँको व्यास नगरपालिका–८ रिस्ती बाहुन पोखराका नवीनराज पौडेलसँग नयाँ आलिसान घर बनाउन पैसा त छ तर रहर छैन । सञ्चारकर्मी, सञ्चार उद्यमी र राजनीतिकर्मीसमेत रहनुभएका पौडेल अहिले आफ्नो पुख्र्यौली घरलाई चिरिच्याँट्ट पार्न व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नो पुर्खाको चिनोका रूपमा रहेको घर मलाई इतिहासजस्तो लाग्यो । जिउँदो संस्कृतिजस्तो लाग्यो । त्यसैले यसलाई मर्मतसम्भार र संरक्षणमा लागेको छु ।” बाहुनपोखरामा जन्मिएर…
Read More
Page 97 of 304
1 95 96 97 98 99 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.