समाज

भक्तपुरमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक

भक्तपुरमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक

२५ असार,भक्तपुर। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा शान्तिसुरक्षा मजबुद बनाउने, नाकामा कडाइ गर्ने र कानुनविपरीतका अवैध गतिविधि रोक्ने उद्देश्यले भएको ‘अन्तरजिल्ला सुरक्षा समन्वय’ बैठक सम्पन्न भएको छ । भक्तपुरस्थित जिल्ला प्रशासन कार्यालयमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकमा उपत्यकाका तीन र काभ्रेपलाञ्चोकबीच जिल्लाका सुरक्षा निकाय एक भएर शान्ति, सुरक्षाका पक्षमा काम गर्ने निर्णय भएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगायत चारवटै जिल्ला सुरक्षा समितिका पदाधिकारीको संयुक्त बैठकले चारवटै जिल्लाका नाकामा कडाइ गर्ने निर्णय गरेको छ । बैठकबारे जानकारी दिँदै भक्तपुरका प्रजिअ रिजालले…
Read More
पानी नपरेपछि खडेरीको चिन्तामा किसान

पानी नपरेपछि खडेरीको चिन्तामा किसान

– गोपालप्रसाद बराल  २५ असार,महोत्तरी।असारे पानीमा रुझ्दै धान रोप्नुपर्ने बेलामा पानी नपरेकाले यहाँका किसान धान लगाउन नपाएपछि चिन्तित छन् । मध्य असारअघि धानको शाही (बीउ) रोपाइँ सकेर अहिले रोपो गोड्ने बेला धानको गाबो नै लाउन नपाएका यहाँका किसान खडेरीको चिन्ताले पिरोलिएका हुन् । “अई बेर मुँहमे माड लगवाक कोनो उपाय नई सुधैय” (यसपाली मुखमा माड लाग्ने केही उपाय देखिन्न) लामो सास फेर्दै महोत्तरीको भङ्गाहा–४ रामनगरका ६५ वर्षीय किसान गोविन्दलाल खाँ थारुले भन्नुभयो, “धानके गबो नई रोपायल, परिवारक प्रतिपाल केना होतै ?” (धानको गबो नै लगाउन पाइएन, जहान परिवारको गुजारा केले होला ?) । असार मास (महिना) मा चैत÷वैशाखको जस्तो हुरहुरे…
Read More
जलजला आलुको बीउमा आत्मनिर्भर

जलजला आलुको बीउमा आत्मनिर्भर

२५ असार,पर्वत । वर्षौँ पहिलेसम्म पर्वतका विभिन्न स्थानमा आलु खेतीका लागि क्याङ, लेस्पार, बनौँ, लगायतका ठाउँमामा पुगेर बीउ ल्याउने प्रचलन थियो । चिसो र लेकाली भेगमा फलेको आलुको स्वाद मिठो हुने भएकाले ती ठाउँमा पुगेर चामलसँग आलुको बीउ विनिमय गर्ने चलन पुरानो हो । तर आजभोलि क्याङ, लेस्पार, बनौँ, लगायतका किसानले बाहिर निर्यात गर्ने भन्दा पनि आफ्ना लागि आवश्यक बीउ मात्रै राखेको प्रायः भेटिन्छ । हाइब्रिड जातका बीउले बजारमा बर्चश्व जमाएको बेलामा ती लेकाली भेगमा समेत आयातित बीउ प्रयोग हुने क्रम बढ्दै जान थालेको छ । रैथाने जातका आलुको बीउमा विभिन्न समस्या देखिएपछि जलजला गाउँपालिकाले आफै पूर्व मल बीउ र…
Read More
गल्याङबाट चार लाख लिटर दूध निर्यात

गल्याङबाट चार लाख लिटर दूध निर्यात

२५ असार,गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाभित्रबाट उत्पादित दूध आर्थिक वर्ष २०७९/८० को असार १५ गतेसम्म तीन लाख ९७ हजार चार सय दुुई लिटर निर्यात भएको छ । नगरपालिकाले उत्पादनका आधारमा दूधमा प्रतिलिटर रू १५ अनुुदान दिएपछि किसान दूध उत्पादनतर्फ आकर्षित भएका हुुन् । पालिकाले उत्पादका आधारमा किसानलाई अनुदान दिन थालेपछि पछिल्लो समय दूध उत्पादनमा वृद्धि भएको नगरपालिकाका पशुुशाखा प्रमुख सुुशील अर्यालले बताउनुभयो । उहाँका अनुसार पालिकाभित्र उत्पादित दूध बुुटवलस्थित दुग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीमा निर्यात हुँदै आएको छ । नगरप्रमुख गुुरुप्रसाद भट्टराईले ‘उत्पादनका आधारमा अनुदान कार्यक्रम’अन्तर्गत नगरपालिका–१, २, ३, ६, ७, ८, ९ र ११ का सात सय…
Read More
गण्डकी प्रदेशसभा : विषयगत समितिको बाटो खुल्यो

गण्डकी प्रदेशसभा : विषयगत समितिको बाटो खुल्यो

२५ असार,गण्डकी । गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको छ महिनापछि विषयगत समिति गठनको बाटो खुलेको छ । प्रदेशसभा बैठकबाट प्रदेशसभा नियमावली पारित भएसँगै विषयगत समिति गठनको तयारी अगाडि बढेको हो । ‘मिनी संसद्’ मानिने विषयगत समिति गठनमा ढिलाइ हुँदा सरकारले ल्याउने विधेयकमाथि दोहोरो बहस र छलफल बिना नै प्रदेशसभा बैठकबाट पारित हुँदै आएको थियो । प्रदेशसभाका सदस्य नै कानुन निर्माणका अभ्यासमा भाग लिन पाएका थिएनन् । प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले प्रदेशसभा नियमावली सभामुखबाट पारित भएपछि सोहीअनुसार सदनको कामकारबाही अगाडि बढ्ने बताउनुभयो । नियमावलीमा रहेको प्रावधानअनुसार विषयगत समितिको गठन प्रक्रिया छिट्टै सुरु हुने उहाँको भनाइ थियो । “सभामुखले समितिका…
Read More
हेटौँडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा

हेटौँडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा

२५ असार,काठमाडौँ । मकवानपुर, चितवनलगायतका जिल्लामा सहज बिजुली आपूर्तिका लागि महत्वपूर्ण मानिएको हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको हो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सब स्टेसनसम्मको २२० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिएको छ । हेटौँडा–भरतपुर खण्ड प्रसारणलाइन सञ्चालनमा आएपछि हेटाँैडाबाट भरतपुरतर्फ र भरतपुरबाट हेटौँडातर्फ करिब १७० मेगावाट विद्युत् प्रवाह गराउन सकिन्छ । अहिले रहेको पुरानो…
Read More
चार श्रष्टा सम्मानित

चार श्रष्टा सम्मानित

२५ असार,दोधारा चाँदनी । गुगुल्डी वाङ्मय प्रतिष्ठानको २६औँ वार्षिकोत्सवका अवसरमा चार श्रष्टा सम्मानित भएका छन् । गुगुल्डी वाङ्मय प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा साहित्यकार कृष्ण पेलालाई गुगुल्डी न्वाकी मानपान, डा नारायणी भट्टलाई ग्वाल्लेक गौरव लछुमणि चन्द स्मृति मानपान, गायक लछिधन अधिकारीलाई माल महिम राम रतन सम्मान र कवि प्रेम प्रकाश कलौनीलाई मनोहर वसन्ती गजाधर स्मृति मानपानबाट सम्मानित गरिएको प्रतिष्ठानका सचिव जगदीश ओझाले जानकारी दिनुभयो । “हरेक वर्ष वार्षिकोत्सवका अवसरमा हामीले यहाँको भाषा, साहित्यको श्रीवृद्धिमा योगदान पु¥याउनुहुने श्रष्टालाई सम्मानित गर्ने गरेका छौँ ।” उहाँले भन्नुभयो–“डोटेली भाषा संस्कृति संरक्षण लागि प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दै आएको छ ।” कार्यक्रममा वरिष्ठ साहित्यकार पञ्चमराज भट्टले डोटेली…
Read More
‘एक घर एक करेसाबारी’ निर्माण गरिने

‘एक घर एक करेसाबारी’ निर्माण गरिने

२५ असार,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरपालिकामा ‘एक घर एक करेसाबासी’को नीति लिएको छ । नगरपालिकाले पोषण सुरक्षा र संवेदनशीलतालाई मध्यनजर गर्दै एक घर एक करेसाबारीको नीति अवलम्बन गरेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । करेसाबारी निर्माणका लागि आवश्यक पर्ने बीउबिजन नगरपालिकाबाट निःशुल्क उपलब्ध गराइने उहाँले बताउनुभयो । पालिकामा रैथाने बालीको पकेट क्षेत्र स्थापना गरी खाद्य सुरक्षामा थप टेवा पु¥याउने उद्देश्य रहेको उहाँले बताउनुभयो । अधिकारीले भन्नुभयो, “नगरपालिका–१३ र १४ लगायतका पहाडी भेगमा कोदो, पिँडालु र आलुको पकेट क्षेत्र बनाउँछौँ । स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको संरक्षण गर्न पकेट क्षेत्र बनाउन लागेका हौँ ।” एक घर एक करेसाबारीको नीतिले खाद्य…
Read More
सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प

सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प

२५ असार,काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर आज दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि यही असार ८ गते लमजुङको भलायखर्क आसपास केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ ।
Read More
उत्पादनका आधारमा दूधमा अनुदान

उत्पादनका आधारमा दूधमा अनुदान

२५ असार,रत्ननगर। चितवनको कालिका नगरपालिकाले पालिकाभित्रका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । किसानलाई थप दूध उत्पादनका लागि प्रोत्साहनस्वरुप प्रति लिटर रू एकका दरले अनुदान वितरण गरेको हो । नगरपालिकाले नगरभित्रका सात दुग्ध सहकारी तथा दुई व्यक्तिगत फार्मलाई उत्पादनका आधारमा रू ३४ लाख ४७ हजार छ सय ९३ बराबरको चेक हस्तान्तरण गरिएको नगरप्रमुख विनोद रेग्मीले बताउनुभयो । उहाँका अनुसार अनुदान रकम पाउने दुग्ध उत्पादक सहकारी संस्थाहरुमा पदमपुर, मनकामना, कञ्चन, नवमिलिजुली, उत्थान, सामुदायिक र भटेनी सहकारी संस्था लि रहेका छन् । यस्तै व्यक्तिगत फार्म सञ्चालन गरेका किसानमा कान्छी मगर र कृष्णप्रसाद घिमिरेले अनुदान रकम प्राप्त गर्नुभएको रेग्मीले बताउनुभयो…
Read More
Page 95 of 304
1 93 94 95 96 97 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.