तालिमपछि उद्यमी बन्दै चौकोटका महिला
२७ असार,बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ चौकोटका सोनल देउजा केसी अचेल ढाका र मखमलको कपडाका चप्पल र जुत्ता बुनेर तयारी गर्ने काममा व्यस्त हुनुहुन्छ । अचेल ग्राहकको मागअनुसार थरिथरिका चप्पल र जुत्ता तयार गर्दै बिक्री गर्नु उहाँको दैनिकी बनेको छ । सोही ठाउँका अस्मिता श्रेष्ठ जुत्तामा प्रयोग गर्ने फित्तामा विभिन्न थरिका बुट्टा भर्ने काममा व्यस्त हुनुहुन्छ । हरेक प्रकारका जुत्ता र चप्पलमा आकर्षक बुट्टा भर्दै फित्ता तयार गर्ने काममा उहाँको दिन बित्ने गरेको छ । केसी र श्रेष्ठजस्तै सम्झना थापा र शर्मिला अधिकारीको दैनिकी पनि उस्तै छ । यसअघि घरमै गृहिणी भएर कृषि कर्ममा व्यस्त रहनुभएका उहाँहरू त्यसरी जुत्ता बुन्ने…
