समाज

दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त

दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त

२८ असार,काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले जारी गरेको शोक सन्देशमा दाहालको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरिएको छ । “सीता दाहाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को एक महत्वपूर्ण नेताका रूपमा काम गरेको र हाम्रो विभागको निमन्त्रणामा भएको चीन भ्रमणमा उहाँको पनि सहभागिता थियो”, शोक सन्देशमा भनिएको छ, “उहाँको निधनप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ ।” उक्त पार्टीले यस कठिन घडीमा नेपालको राष्ट्रिय विकासको नेतृत्व गर्न प्रधानमन्त्री दाहालको दृढशक्तिको कामनासमेत गरेको…
Read More
नारायणी लिफ्टबाट पानी छोड्न समय लाग्ने

नारायणी लिफ्टबाट पानी छोड्न समय लाग्ने

चितवन, २८ असार। लामो समयको खडेरीका कारण धान रोप्न नपाएका यहाँका किसान नारायणी सिँचाइ आयोजनाबाट पानी नछोड्दा अझै अन्योलमा छन् । यस सिँचाइ आयोजनाबाट पानी छोडेर धान रोप्ने किसान पानी छोड्ने दिन गन्दै बसेका छन् । लिफ्टबाट पानी छोड्न समय लाग्ने भएको छ । लिफ्टमा मेसीन जडानको काम भइरहेकाले केही दिन लाग्ने आयोजनाका इन्जिनियर कुलराज चालिसेले जानकारी दिनुभयो । पुराना पम्प मोटर बिग्रिदा नयाँ मोटर जडानको काम भइरहेको छ । अहिले चारवटा मोटर जडानको काम भइरहेकाले अझै केही दिन पानी छोड्न कठिन हुने उहाँले बताउनुभयो । चालिसेले भन्नुभयो, “असार मसान्तभित्र मेसिन जडानको काम सकिन्छ । त्यसलगत्तै पानी छाड्ने योजनामा रहेका…
Read More
तीन हजार सात सय घर उच्च जोखिममा

तीन हजार सात सय घर उच्च जोखिममा

२८ असार,काभ्रे । काभ्रेपलाञ्चोकमा यस वर्षको ‘मनसुनजन्य विपद्’मा तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेका छन् । सबैभदा बढी मण्डनदेउपुर नगरपालिकाका बासिन्दा जोखिममा रहेको अनुगमन तथा निरीक्षणको तथ्याङ्कले देखाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाद्वारा प्रस्तुत विपद् तथा जोखिम वर्गीकरणमा जिल्लाका तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेको जानकारी दिइयो । सबैभन्दा बढी मण्डनदेउपुर नगरमा सबैभन्दा बढी सात सय ८५ र सबैभन्दा कम बेथानचोक गाउँपालिकामा एक सय ४८ घर विपद्जन्य घटनाको उच्च जोखिममा रहेको जनाइएको छ । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह रहेका छन् । प्रस्तुत तथ्याङ्कअनुसार धुलिखेल नगरपालिकामा तीन सय…
Read More
मनाङका चौपायामा लम्पी स्किन

मनाङका चौपायामा लम्पी स्किन

२८ असार,मनाङ । हिमाली जिल्ला मनाङका पशु चौपायमा लम्पी स्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको लक्षण देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार गोरुलाई उच्च ज्वरो आएको छ । गोरुको छालामा स–सानादेखि ठूलासम्म पूरै गिर्खा देखिएको उहाँले बताउनुभयो । “बिरामी गोरुले घाँस खान कम गरेको छ, ज्वरो र रोगका लक्षणअनुसारका गिर्खा देखिएको छ”, कुसुमले भन्नुभयो । किसानले गोरु बिरामी भएको खबर गरेपछि मंगलबार उपचार गर्न जाँदा गोरुमा लम्पी स्किन रोगको लक्षण देखिएको कुसुमले बताउनुभयो । मनाङमा पाइने…
Read More
हेंवाले बहाव बदल्दा तटीय क्षेत्रमा जोखिम

हेंवाले बहाव बदल्दा तटीय क्षेत्रमा जोखिम

२८ असार,पाँचथर । यस वर्षको वर्षायामको सुरुआतमै हेंवा खोलामा आएको बाढीले तटीय क्षेत्र तहसनहस भयो । बाढीले तटीय क्षेत्रका सबै संरचना, बालीनाली तथा पूर्वाधारमा क्षति पु¥याएपछि जनजीवन असामान्य बनेको छ । चार वटा मोटरेवल पुल बगाएको हेंवा खोलाले तटीय क्षेत्रमा रहेको हजारौँ रोपनी खेतीयोग्य जमिनलाई खण्डहरमा परिणत गरेको छ तर त्योभन्दा मुख्य कुरा हेंवा खोलाले ठाउँ–ठाउँमा बहाव बदलेको छ । यसले तटीय क्षेत्रमा जोखिम बढाएको छ । हिलिहाङ गाउँपालिकाको हेंवा खोलाको तटीय क्षेत्रमा कृषि उत्पादन र पशुपालन गर्दै आउनुभएका भवानी योक्पाङ्देन तटीय क्षेत्र जोखिमपूर्ण बनेको बताउनुहुन्छ । “बाढी आउनुअघि ठूलो बगर थियो । फिजारिएको खोलामा बाढी आइहाल्दा पनि डराउनुपर्ने अवस्था…
Read More
कर्णालीको बाढीले टीकापुर र जानकीमा कटान

कर्णालीको बाढीले टीकापुर र जानकीमा कटान

–दुर्गा देवकोटा  २८ असार,टीकापुर। कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका कर्णाली नदीको कटानको जोखिममा छ । हरेक वर्ष कर्णाली नदी बस्तीमा पसेर हैरानी हुने टीकापुर र जानकीमा यस वर्ष पनि कटान र डुबानको जोखिम कायमै छ । कर्णाली नदीले धार परिवर्तन गर्दा कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका नदी कटानको जोखिममा परेका छन् । कर्णाली नदीको पानी बर्दियाको गेरुवा नदीतर्फ १० प्रतिशत मात्र गइरहेको, कर्णालीतर्फ ९० प्रतिशत आइरहेकाले टीकापुरका बस्ती जोखिममा रहेका विज्ञहरु बताउँछन् । कर्णाली नदीका कारण टीकापुर पार्क क्षेत्र बढी जोखिममा रहेको छ । कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले बर्सेनि सयौँ बिघा जमिन कटान गर्दछ । बर्खा लाग्न…
Read More
तीन हजार सात सय घर उच्च जोखिममा

तीन हजार सात सय घर उच्च जोखिममा

२८ असार,काभ्रे । काभ्रेपलाञ्चोकमा यस वर्षको ‘मनसुनजन्य विपद्’मा तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेका छन् । सबैभदा बढी मण्डनदेउपुर नगरपालिकाका बासिन्दा जोखिममा रहेको अनुगमन तथा निरीक्षणको तथ्याङ्कले देखाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाद्वारा प्रस्तुत विपद् तथा जोखिम वर्गीकरणमा जिल्लाका तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेको जानकारी दिइयो । सबैभन्दा बढी मण्डनदेउपुर नगरमा सबैभन्दा बढी सात सय ८५ र सबैभन्दा कम बेथानचोक गाउँपालिकामा एक सय ४८ घर विपद्जन्य घटनाको उच्च जोखिममा रहेको जनाइएको छ । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह रहेका छन् । प्रस्तुत तथ्याङ्कअनुसार धुलिखेल नगरपालिकामा तीन सय…
Read More
भ्रष्टाचार गरेको आरोपमा अख्यियारद्वारा विभिन्न १३ विरुद्ध मुद्दा दायर

भ्रष्टाचार गरेको आरोपमा अख्यियारद्वारा विभिन्न १३ विरुद्ध मुद्दा दायर

२७ असार,काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण झाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार प्रदेशका आठवटै जिल्लामा सहकारीसम्बन्धी आयमूलक तालिम सञ्चालन गर्दा भ्रष्टाचार गरेको आरोपमा झाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आयोगले झाविरुद्ध रु सात लाख एक हजार तीन सय ८० जरिवाना र बिगोसमेत असुल उपरको माग गरेको छ । साथै आयोगले झालाई भ्रष्टाचार गर्न सहयोग गर्ने नैँशी जेनरल अर्डर…
Read More
पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान

पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान

–रमेश लम्साल  २७ असार काठमाडौँ । “देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ । मैले बाबुराम (बाबुराम भट्टराई)जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु”, करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भन्नुभएको थियो । पार्टीभित्र देखिएका विवाद समाधान गर्ने उहाँ दाहालले आज भौतिक संसार छाड्नुभएको छ । निको नहुने जटिल प्रकारको पार्किन्सन्स रोगबाट लामो समयदेखि पीडित हुनुभएका सीताको आज बिहान ८ः३३ बजे निधन भएको उहाँको उपचारमा संलग्न प्रा डा युवराज शर्माले जानकारी दिनुभएको थियो । खासगरी माओवादी पार्टीभित्र अध्यक्षको श्रीमतीभन्दा पनि अभिभावकीय भूमिका निर्वाह गरी सीताले सङ्कटको समयमा…
Read More
श्रमिकको न्यूनतम ज्याला न्यायोचित गर्न माग

श्रमिकको न्यूनतम ज्याला न्यायोचित गर्न माग

२७ असार,काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासङ्घले श्रमिकको न्यूनतम ज्याला न्यायोचित ढङ्गले निर्धारण हुनुपर्ने माग गरेको छ । नेपाल सरकारको सचिवस्तरीय अध्ययन कार्यदलले समेत श्रमिकहरुको न्यूनतम रु ३६ हजार हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको सन्दर्भमा महासङ्घले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा श्रमिकका प्रतिनिधिहरुले एकमतका साथ श्रमिकका पक्षमा अडान लिनुपर्ने महासङ्घका अध्यक्ष अर्जुन लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो, “न्यूनतम ज्याला श्रमिकले कसैसँग माग्ने र कसैले दिने विषय होइन, यो उनीहरुको अधिकारको विषय हो, ट्रेड युनियनहरुले परम्परागत देखावटी शैलीको सट्टा प्रभावकारी र नतिजामुखी आन्दोलनका लागि तयारी रहनुपर्ने बेला भएको छ ।” समाजवाद उन्मुख मुलुकको परिकल्पना गर्ने तर श्रमिकलाई…
Read More
Page 91 of 304
1 89 90 91 92 93 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.