विपतपुरका आगलागीपीडितलाई पक्की घर
२९ असार,गोदावरी । कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका आगलागीपीडितले नयाँ पक्की घर पाएका छन् । आगलागीपीडितले नयाँ पक्की घर पाएपछि विपतपुर टोलका स्थानीय बासिन्दामा खुसीयाली छाएको छ । सुदूरपश्चिम प्रदेश सरकार र दातृ निकायको सहयोगमा विपतपुरका आगलागीपीडित २७ मुक्तकमैया परिवारका लागि नयाँ पक्की घर निर्माण गरिएका हुन् । अघिल्लो आर्थिक वर्षमा विपतपुर बस्तीमा आगालागीबाट २७ घर जलेर खरानी भएका थिए । घर जलेर नष्ट भएपछि एक वर्षदेखि उनीहरु पाल टाँगेर बस्दै आएका थिए । एक वर्षदेखि पाल टाँगेर छाप्रोमा बस्दै आएका उनीहरू अहिले पक्की घरमा सर्न पाउँदा खुसी छन् । नयाँ पक्की घरमा बस्न थालेपछि निकै सहज भएको विपतपुरका आगलागीपीडित राजकुमार…
