समाज

राजकीय सम्मानमा साथ दाहालको अन्त्येष्टि

राजकीय सम्मानमा साथ दाहालको अन्त्येष्टि

२७ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो । उहाँको पार्थिक शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिइएको थियो । प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिक शरीरमा दागबत्ती दिनुभएको छ । प्रधानमन्त्रीको साथमा उहाँका छोरीहरु रेणु र गङ्गा दाहालले सीताको पार्थिक शरीरमा दागबत्ती दिनुभएको हो । आज बिहान निधन हुनुभएकी सीतालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शवयात्राका साथ पशुपति आर्यघाट पुर्‍याइएको थियो । पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत शीर्ष नेताहरुको उपस्थिति…
Read More
रिस्मी गाउँमा स्थानीय जातका भैँसी संरक्षण

रिस्मी गाउँमा स्थानीय जातका भैँसी संरक्षण

- खेमराज गौतम २७ असार,गलकोट । बागलुङको गलकोट नगरपालिका–९ रिस्मी गाउँमा स्थानीय जातका भैँसीलाई संरक्षण गर्ने उद्देश्यले जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले ‘गोठ सुधार कार्यक्रम’ सम्पन्न गरेको छ । स्थानीय जातको भैँसी संरक्षणसँगै उत्पादित दूधको बजारीकरण गर्ने लक्ष्य अनुसार यसै वर्ष चिस्यान केन्द्र निर्माण गरिनुका साथै ‘गोठ सुधार कार्यक्रम’ सम्पन्न गरिएको केन्द्रले जनाएको छ । पछिल्लो समय आयातित भैँसीका जात भित्रिदा स्थानीय लिमि र पाराकोटे जातका भैँसी लोप हुने खतरा बढेको भन्दै रिस्मी गाउँमा स्थानीय जातका भैँसी संरक्षण अभियान थालिएको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताउनुभयो । केन्द्रले स्थानीय जातका भैँसी संरक्षणका लागि किसानका लागि बर्सेनि प्रोत्साहनका कार्यक्रम…
Read More
सङ्कटमा जोगाउने र सबैलाई मिलाउने ‘आमा’ सीता

सङ्कटमा जोगाउने र सबैलाई मिलाउने ‘आमा’ सीता

२७ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहाललाई नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले सङ्कटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावकमारुपमा लिने गरेको स्मरण गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिन पुग्नुभएका नेता तथा कार्यकर्ताले सीतालाई माओवादीका सर्वोच्च नेता प्रचण्डको असली सल्लाहकारका रुपमा व्याख्या गर्नुभयो । उहाँहरुले प्रचण्डलाई सफल बनाउन सीताले खेल्नुभएको भूमिकाको चर्चा गर्नुभयो । माओवादीका नेता दीनानाथ शर्माले सीताले पार्टीभित्र विभिन्न सङ्कट र अप्ठ्यारो अवस्थामा पनि सवैलाई सम्झाई बुझाइ गरी पार्टीमा आमाको भूमिका निर्वाह गर्नुभएको स्मरण गर्नुभयो । “हप्कीदप्की र माया गरेर सबैलाई ठीक ठाउँमा राख्ने अभिभावकको भूमिका, सबैलाई मिलाउने, क्रान्तिका कठीन घडी र…
Read More
दाङको माटोमा उर्वराशक्ति कमजोर बन्दै

दाङको माटोमा उर्वराशक्ति कमजोर बन्दै

२७ असार देउखुरी । दाङमा चालु आर्थिक वर्षको हालसम्म एक सय ५२ वटा माटोको परीक्षण गर्दा अम्लीयपन भएको ३३, क्षारीयपन भएको ४३ र तटस्थ अवस्थामा ७६ वटा माटो भेटिएको छ । परीष्ण गरिएका उक्त माटोमा नाइट्रोजनको मात्रा कम भएका ४२, मध्यम अवस्थामा रहेका ५९ र अधिक भएका ५१ वटा भेटिएका घोराहीस्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । “सामान्यता माटोमा पिएचको मात्रा छ दशमलव पाँच देखि सात दशमलव पाँचसम्मलाई उपयुक्त मानिन्छ । उल्लिखित मात्राभन्दा तल भए अम्लीयपन देखिन्छ भने बढी भए क्षारीयपन देखिन्छ”, केन्द्रका कृषि अधिकृत देवा महराले भन्नुभयो, “युरिया मलको सही उपयोग हुन नसक्दा माटोको उर्वराशक्ति कमजोर हुनाका साथै माटोमा…
Read More
अन्नपूर्ण पदमार्ग सुनसान बन्दा व्यवसायी निराश

अन्नपूर्ण पदमार्ग सुनसान बन्दा व्यवसायी निराश

२७ असार,लमजुङ । विश्व पर्यटन बजारमध्ये एक मानिने चक्रीय अन्नपूर्ण पदमार्ग यतिबेला सुनसान भएसँगै पर्यटन व्यवसायी निराश बन्न थालेका छन् । केहीहप्ता अघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर पदमार्ग सुनसान बन्दा पर्यटन व्यवसायी निराश बन्न थालेका हुन् । कोरोना सङ्क्रमण र चिसो मौसमपश्चात् फष्टाउन थालेको पर्यटन क्षेत्र पुनः बर्खाले थला पारेको छ । विदेशी पर्यटक यतिबेला एक दुई दिन विराएर दुई चार जना मात्र आउने गरेको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्रले जनाएको छ । यस पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी मेखबहादुर गुरुङले भन्नुभयो,“केही समय अघिसम्म पर्यटकको…
Read More
दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा

दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा

२७ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी स्वर्गीय सीता दाहालको पार्थीव शरीर अन्त्येष्टिका लागि पशुपतिनाथ आर्यघाटमा पु¥याइएको छ । श्रद्धाञ्जलीका लागि नेकपा(माओवादी केन्द्र) को कार्यालय पेरिसडाँडामा राखिएको दाहालको पार्थिव शरीरलाई दिउँसो २ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने कार्यक्रम छ । पेरिसडाँडामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पेशाकर्मी, व्यवसायी तथा शुभेच्छुकलगायतले दिवङ्गत दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभएकोथियो । दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने सरकारले निर्णय गरेको छ । आर्यघाटमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन…
Read More
सुविधा सम्पन्न कोहलपुर बसपार्क साउनदेखि सञ्चालनमा आउने

सुविधा सम्पन्न कोहलपुर बसपार्क साउनदेखि सञ्चालनमा आउने

२७ असार,जानकी । बाँकेको कोहलपुरमा नवनिर्मित अत्याधुनिक बसपार्क साउनको पहिलो हप्ताबाट सञ्चालनमा आउने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक कार्यक्रमबीच उद्घाटन गरेपछि लामो दूरीमा सञ्चालन हुने बस उक्त बसपार्कबाट सञ्चालनमा आउने भएका हुन् । रु ३० करोड ६२ लाख सात हजार सात सय एकको लागतमा निर्माण गरिएको उक्त नयाँ बसपार्क साउनको पहिलो सातादेखि सञ्चालनमा आउने कोहलपुर नगरपालिकाले जनाएको छ । नगरप्रमुख पूर्ण आर्चायका अनुसार बसपार्क निर्माणका लागि नगर विकास कोषले ६० प्रतिशत ऋण लगानी गरेको छ भने ४० प्रतिशत नगरपालिका आफैँले लगानी गरेको जनाकारी दिनुभयो । उहाँका अनुसार नगर विकास कोषलाई वार्षिक आठ प्रतिशत ब्याज तिर्नेगरी २०…
Read More
दुर्घटना अपडेट : घाइतेमध्ये १६ उपचाररत, तीनलाई भारत पठाइयो

दुर्घटना अपडेट : घाइतेमध्ये १६ उपचाररत, तीनलाई भारत पठाइयो

२७ असार,बैतडी । बैतडीको मेलौलीमा सोमबार भएको बस दुर्घटना परी घाइते भएका ४५ जनामध्ये १६ जना अझै उपचाररत रहेका छन् । थप उपचारका लागि तीन जनालाई भारतको बरेली पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते भएका बस चालक पञ्चेश्वर गाउँपालिका–६ का ३५ वर्षीय देवसिंह भण्डारी, शिवनाथ गाउँपालिका–१ का ५५ वर्षीय मन्दिर सिंह साउद र शिवनाथ गाउँपालिका–५ का विनोद दमाइँलाई भारतको बरेलीमा उपचारका लागि पठाइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार १० जनाको धनगढीस्थित माया मेट्रो अस्पतलमा उपचार भइरहेको छ भने तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । शिवनाथ–५ का गोरख सिंह साउद,…
Read More
बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, तीन पक्राउ

बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, तीन पक्राउ

२७ असार,झापा । सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ पर्नेमा मेचीनगर-११ का ४५ वर्षीय मनोज गुरुङ र ३५ वर्षीया रमा सुनार र मेचीनगर–१० की २४ वर्षीया अनिसा पोखरेल छन् । मन्टेश्वरीका सञ्चालक काठमाडौँ-३१ निवासी ४२ वर्षे सुरेन रसाइली भने फरार रहेको उहाँको भनाइ छ । मृतक बालकका बुबा खर्कबहादुर लिम्बू र आमा मेरिना लिम्बूले चार…
Read More
सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध

सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध

२७ असार,काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिङ्गो पार्टी स्तब्ध भएको जनाएको छ । पार्टीका महासचिव देवप्रसाद गुरुङले आज शोक वक्तव्य जारी गर्दै दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको बताउनुभएको छ । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनुभएको स्मरण गर्दै महासचिव गुरुङले सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता हुन् भन्नुभएको छ । उहाँले दिवङ्गत दाहाल आफ्ना योगदानमार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । “सीताले देश…
Read More
Page 92 of 304
1 90 91 92 93 94 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.