समाज

सर्पको डसाइबाट चार जनाको निधन

सर्पको डसाइबाट चार जनाको निधन

२६ असार,कपिलवस्तु (बुद्धभूमि) । कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो । निधन हुनेमा नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेका गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो । दुवैजना आफ्नो हजुरआमासँग एकतले घरको भुइँमा सुतेका थिए । बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा पु¥याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।…
Read More
मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त

मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त

२६ असार,काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो । लाम्जुरापास डाडाँमा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको उहाँको भनाइ छ । दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ । दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको उहाँले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त हेलिकोप्टर खोज्न काठमाडौँबाट अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको थियो भने सोलुखुम्बुबाट नेपाल प्रहरीको टोली खटिएको थियो । सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौँ…
Read More
तारकेश्वर नगरपालिकाद्वारा वृक्षारोपण

तारकेश्वर नगरपालिकाद्वारा वृक्षारोपण

२६ असार,काठमाडौँ । तारकेश्वर नगरपालिकाले वातावरण संरक्षण गर्ने उद्देश्यले आज वृक्षारोपण गरेको छ । नगरपालिका–६ स्थित धर्मस्थलीमा जनप्रतिनिधिलगायतको उपस्थितीमा वृक्षारोपण गरिएको हो । हरित नगरपालिका बनाउने उद्देश्यले अम्बा, ओखर, कपुरलगायतका तीन हजार पाँच सय बिरुवा आज रोपिएको छ । साथै वडा नं १ देखि ११ सम्म वृक्षारोपण गर्ने कार्यक्रम रहेको नगर प्रमुख कृष्णहरि महर्जनले जानकारी दिनुभयो । तारकेश्वरका उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले जग्गा जथाभावी खण्डिकरण हुँदा यसले वातावरणमा असर पारेको भन्दै वातावरण संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण गरिएको बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा कृष्णबहादुर घिमिरेले भन्नुभयो, “वृक्षारोपण अभियान सरकारको हो । यसमा तीन वटै तहका सरकारको सहयोगमा काम भइरहेको…
Read More
मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

२६ असार,काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौँका लागि आज विहान उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको हो । “मनाङ् एयरको हेलिकोप्टर सम्पर्कबिहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकोप्टरसँग भाइबरमा ‘हेल्लो’ मात्रै सन्देश आएको जानकारी आएको छ, खोजी जारी छ”, उहाँले भन्नुभयो ।
Read More
गौरापर्व एवं दूर्वाष्टमीसम्बन्धी निर्णय सच्याउन माग

गौरापर्व एवं दूर्वाष्टमीसम्बन्धी निर्णय सच्याउन माग

२६ असार,कञ्चनपुर । गौरापर्व एवं दूर्वाष्टमीसम्बन्धी निर्णयलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले सच्याउनुपर्ने माग गरिएको छ । समितिले स्वेच्छाले त्रुटिपूर्ण निर्णय पटक–पटक दोहर्याउँदै आएकाले सच्याउनुपर्नेमा जोड दिइएको छ । “भाषा, धर्म संस्कृति र चाडपर्व कुनै पनि सभ्य समृद्ध समाजको पहिचानको धरोहरका रूपमा रहेको छ” पण्डित ताराप्रसाद जोशीले भन्नुभयो, “हिन्दू धर्ममा आस्था राख्ने सुदूरपश्चिम प्रदेशका महिलाले व्रत बसी पति र पुत्रको दीर्घायुको कामना गर्दै पौराणिककाल (विसं १२६४)देखि शिव–पार्वतीको पूजाआजा गरी गौराष्टमी (गौरा) पर्व मनाउँदै आएका छन् ।” पञ्चाङ्ग समितिले दूर्वाष्टमी र गौराष्टमी पर्वलाई श्रावणशुक्ल पक्षको अष्टमी तिथिमा लगाएको छ । श्रावण शुक्लपक्षको अष्टमीलाई दूर्वाष्टमी मान्नु पर्छ भन्ने कुनै पनि शास्त्रमा उल्लेख नभएको…
Read More
विचार : जनसाङ्खिक लाभको सदुपयोग

विचार : जनसाङ्खिक लाभको सदुपयोग

-चेतन अधिकारी २६ असार,काठमाडौं ।आज जुलाई ११ तारिख अर्थात विश्व जनसङ्ख्या दिवस । संयुक्त राष्ट्र सङ्घले विश्वको जनसङ्ख्या पाँच अर्ब पुगेपछि जनसङ्ख्यालाई विश्वव्यापी बहसको विषय बनाएको थियो । बढ्दो जनसङ्ख्यालाई पृथ्वीले कसरी धान्ला भन्ने चिन्ता र चासोसहित यो दिवश मनाउन सुरु गरिएको हो । सन् १९८७ को जुलाई ११ मा जब विश्वको जनसङ्ख्या पाँच अर्ब पुग्यो, तब संयुंक्त राष्ट्र सङ्घले यो विषयलाई गम्भीरतापूर्वक लियो । त्यसपछि १९८९ मा संयुक्त राष्ट्र सङ्घले जनसङ्ख्या पाँच अर्ब पुगेकै दिन अर्थात अर्को वर्षको जुलाई ११ लाई विश्व जनसङ्ख्या दिवस मनाउने निर्णय गरेको हो । त्यसै अनुसार १९९० को जुलाई ११ देखि विश्वमा जनसङ्ख्या दिवस…
Read More
जेसिबीको ठक्करबाट बालकको मृत्यु

जेसिबीको ठक्करबाट बालकको मृत्यु

२६ असार,गलकोट । बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय छोरा सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाइएको छ ।
Read More
फोहरबाट मल उत्पादन गर्दै मध्यविन्दु

फोहरबाट मल उत्पादन गर्दै मध्यविन्दु

२६ असार,त्रिवेणी । फोहर व्यवस्थापन सहरी क्षेत्रका लागि चुनौती बन्ने गरेको छ । उचित व्यवस्थापन नहुँदा ठूला सहरले समस्या झेलिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहरबाट ‘कम्पोस्ट मल’ उत्पादन थालेको छ । मध्यविन्दुले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ‘नवप्रर्वतन’ कार्यक्रममार्फत फोहर व्यवस्थापनको काम सञ्चालन गरेको छ । उक्त कार्यक्रममार्फत फोहरबाट कम्पोस्ट मल उत्पादन गर्ने काम गरिएको छ । फोहरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको मध्यविन्दु नगरपालिका नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । नगरपालिकाले दिगोरूपमा नगरभित्रको फोहरमैला व्यवस्थापनको कामलाई अघि बढाउन फोहरसँगै आम्दानीलाई जोडेर हिँडाएको उहाँको भनाइ छ । “फोहर व्यवस्थापन गर्दैगर्दा यसलाई दिगो बनाउन आम्दानीसँग…
Read More
बिहान ८ बजे नै यातायात कार्यालय खुल्दा…

बिहान ८ बजे नै यातायात कार्यालय खुल्दा…

– रामबहादुर थापा २६ असार,गण्डकी । बिहान ८ः०० बजे नै यातायात व्यवस्था कार्यालय खुलेको थियो । सेवाग्राहीको चहलपहल देखिन्थ्यो । कोही सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि राजस्व बुझाउँदै थिए, कोही स्वास्थ्य परीक्षणको प्रमाणीकरणपत्र लिँदै । ‘बायोमेट्रिक’देखि ‘लाइसेन्स’को लिखित र प्रयोगात्मक परीक्षा दिन गएका पनि उत्तिकै भेटिए । कार्यालयमा अघिपछि जस्तो भीडभाड थिएन । कर्मचारीले सहज र छरितो ढङ्गले सेवा दिइरहेका थिए । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीमा सोमबार बिहान पुग्दा देखिएको दृश्य हो यो । दिउँसोमा सेवाग्राहीको चाप थेगिनसक्नु भएपछि कार्यालयले गत महिनादेखि बिहानी सेवा सुरु गरेको थियो । अहिले करिब ३० प्रतिशत सेवाग्राहीले १०ः०० बजेअघि नै सेवा…
Read More
‘युट्युब’ हेर्दै सीप सिक्दै महिला

‘युट्युब’ हेर्दै सीप सिक्दै महिला

२६ असार,टीकापुर । कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन् । महिलाले मोबाइलको सहायताले टिकटक तथा युट्युब हेरेर सीप सिकेर व्यवसायी बनेका छन् । टीकापुरकी पुष्पा पाण्डेले टिकटक र युट्युबको सहायताले सीप सिकेर टीकापुरमै व्यवसाय सुरु गर्नुभएको छ । पेसाले स्वास्थ्यकर्मी पुष्पाले टीकापुरमा चुरा, पोते र विवाहका लागि आवश्यक सामान उत्पादन थाल्नुभएको छ । “मैले टिकटकबाट धेरै सीप सिकेँ, नजानेको कुरा युट्युबको सहायता पनि लिन्छु”, उहाँले भन्न्ुभयो “मैले विवाहको बरमाला, विवाहका लागि चाहिने दुलाहा, दुलहीका सबै सामान तयार गर्न थालेकी छु । मैले सबै सीप सामाजिक सञ्जालको सहयोगमा सिकेकी हुँ, अहिले पनि नयाँ डिजाइन देखेमा युट्युब तथा टिकटकमा हेरेर…
Read More
Page 94 of 304
1 92 93 94 95 96 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.