समाज

‘नारायण रायमाझी साङ्गीतिक साँझ’ आज

‘नारायण रायमाझी साङ्गीतिक साँझ’ आज

१५ भदौ,काठमाडौँ । वरिष्ठ लोकगायक, सङ्गीतकार, चलचित्र निर्देशक र बहुआयामिक स्रष्टा नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने भएको छ । दिउँसो १ः०० बजे सुरु हुने ‘नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ’मा रायमाझीका सबै शैलीका सदाबहार लोकप्रिय गीत–सङ्गीतको प्रस्तुति रहने छ । उहाँसँगै सहकार्य गरेका अन्य कलाकारको पनि साथसाथै प्रस्तुति रहने छ । स्रष्टा रायमाझीले मार्मिक कथाव्यथामा आधारित सयौँ गीत आम स्रोतमाझ पस्किनुभएको छ । उहाँका ‘मलाई सम्झी रेलिमै (कार्गिल)’ देखि ‘फुलबुट्टे चोलीमा’, राम्दीपुल तर्नेबित्तिकै, गेटमा बेली जाई, कालो केसमा रातो रिबन, पसिनाले पैसा साटेर, माया पैँचो नदेउ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ…
Read More
पहिरोले सात घर विस्थापित

पहिरोले सात घर विस्थापित

१४ भदौ, पर्वत । जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पु¥याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा आएको लेदोसहितको पहिरोले हालसम्म सात वटा घरपरिवार विस्थापित भएको जलजला–२ का निवर्तमान वडाध्यक्ष गोविन्द खत्रीले जानकारी दिनुभयो । “पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, अहिले सात वटा परिवारले बस्दै आएको घर छाडेर अन्यत्र विस्थापित हुनुभएको छ” खत्रीले भन्नुभयो । उहाँका अनुसार नगेन्द्र कार्की, पदम कार्की, रवीन पुन, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर काकी र डेकबादुर…
Read More
सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान

सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान

१४ भदौ, काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले उहाँलाई बुधबार सम्मान गरेको हो । चिनियाँ नागरिकले सानटाओले गत मे १८ तारिखमा सगरमाथाको आठ हजार मिटर उचाइदेखि बेस क्याम्पसम्म प्याराग्लाइडिङ गर्नुभएको थियो । सम्मान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालमा हिमालको शिरबाट प्याराग्लाइडिङ गरिनु पर्यटन क्षेत्रका लागि नयाँ सम्भावना भएको बताउनुभयो । “नेपाल पर्यटन क्षेत्रको अथाह सम्भावना भएको मुलुक हो, हामीसँग भएको पर्यटकीय क्षेत्रलाई विश्वमाझ पु¥याएर यस क्षेत्रबाट विदेशी…
Read More
गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो

गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो

 १४ भदौ, रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन् । समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र कुण्डमा मिरमिरे उज्यालोदेखिनै भक्तजनले स्नान एवं पूजा आरधना कार्य थालेका गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । अधिकांश भक्तजन बुधबार साँझनै कुण्डस्थलमा बास बस्न पुगेका थिए भने केही भक्तजन बीचबाटोमा बास बसी आज बिहानै तीर्थस्थल पुगेका छन् । थोर बहुतयात्रु भने लौरीविनायकको उकालो चढिरहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताउनुभयो…
Read More
निकुञ्जभित्र काठका पुल

निकुञ्जभित्र काठका पुल

१३ भदौ,जानकी । निकुञ्ज सफारीलाई सहज बनाउने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जभित्र काठका पुल बनाइएका छन् । निकुञ्जभित्र रहेका स–साना खोलानालामा आवातजावत सहज बनाउने उद्देश्यले २० वटा काठका पुल निर्माण गरिएको निकुञ्ज संरक्षण अधिकृत श्याम शाहले बताउनुभयो । “निकुञ्जभित्र स–साना खोलानाला छन् । वर्षामा खोला तार्न गस्ती सम्भव छैन”, उहाँले भन्नुभयो, “गस्तीका साथै अवलोकनमा आउनेलाई सहजताका लागि र निकुञ्जभित्र आगलागी वा केही विपद् भए तत्काल उद्दारका लागि २० वटा काठका पुल निर्माण गरिएका छन् ।” संरक्षण अधिकृत शाहले उक्त पुल निर्माणका लागि निकुञ्जभित्रकै ढलका, पुराना काठ प्रयोग गरिएको बताउनुभयो । सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा स्थापित…
Read More
नौ सय साना उद्योग दर्ता, दुई सय ५९ खारेज

नौ सय साना उद्योग दर्ता, दुई सय ५९ खारेज

१३ भदौ, कलैया । घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा आठ सय ९९घरेलु तथा साना उद्योग दर्ता गरेको छ यसैगरी दुई सय ५९ वटा साना उद्योग खारेज गरेको छ । आठ सय ९९घरेलु तथा साना उद्योग दर्ता र आठ सय छ वटा उद्योग नवीकरण गर्दा कूल रु एक करोड ३४ लाख ३५ हजार सात सय ३० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले बताउनुभयो । गत आर्थिक वर्ष साना घरेलु उद्योग ९८, वाणिज्यतर्फ ( पसल) एक सय ६१ समेत गरी दुई सय ५९ वटा साना उद्योग खारेज गरिएको थियो । चालु आर्थिक वर्ष दर्ता गरिएका उद्योगमा उत्पादनमूलक…
Read More
इन्टरनेटले बालबालिका यौनदुर्व्यवहारमा

इन्टरनेटले बालबालिका यौनदुर्व्यवहारमा

१३ भदौ,काठमाडौँ । सूचना प्रविधिको प्रयोगका कारणले बालबालिका यौनदुव्र्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । बाल आवाजले यहाँ सार्वजनिक गरेको ‘अनलाइन बाल यौनदुव्र्यवहारको अवस्था तथा नीतिगत विश्लेषणसम्बन्धी अध्ययन’मा इन्टरनेटका कारणले १८ वर्ष मुनिका बालबालिका यौनदुव्र्यवहारमा पर्ने गरेको जनाएको छ । महान्याधिवक्ता डा दिनमणि पोखरेलले अनलाइन अपराधले समाजिक मात्र नभइ मनोविज्ञान रुपमा असर पार्ने बताउनुभयो । उहाँले पहिले शारिरीक यौनदुव्यहार हुने गरेको अहिले इन्टरनेटका माध्यमबाट पनि यौनदुव्र्यहावरले बालबालिकालाई मनोवैज्ञानिक असर पुर्याउने बताउनुभयो । उहाँले ऐन निर्माण भएर मात्र नहुने उल्लेख गर्दै कानुनको बारेमा जनचेतना जगाउनु आवश्यक रहेको बताउनुभयो । महान्याधिवक्ता डा पोखरेलले ‘साइवर क्राइम’का बारेका के कुरा समावेश गर्नुपर्ने हो…
Read More
रैथाने आलु बाली जोगाउन अनुदान

रैथाने आलु बाली जोगाउन अनुदान

१३ भदौ, कञ्चनपुर। रैथाने आलु बाली प्रवर्द्धन गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । बेदकोट र शुक्लाफाँटा नगरपालिका तथा लालझाडी गाउँपालीकामा रैथाने आलु बाली प्रवर्द्धनका लागि अनुदान कार्यक्रम सञ्चालन हुन लागेको हो । केन्द्रले रैथाने आलु बालीको खेती गर्ने किसानलाई अनुदान उपलव्ध गराउनका लागि रू १० लाख बजेट विनियोजन गरेको जनाएको छ । बीउ, मलखाद, सिँचाइ र प्रविधिमा किसानलाई अनुदान उपलव्ध गराइने केन्द्रका निमित्त कार्यालय प्रमुख हरिदत्त जोशीले बताउनुभयो । उहाँका अनुसार किसान, किसान समूह, सहकारीमार्फत कार्यक्रम सञ्चालन गरिने भएको छ । “छनोट भएका किसान, किसान समूह र सहकारीलाई सुदूरपश्चिम प्रदेशअन्तर्गत कृषि तथा पशुपक्षी व्यवसाय…
Read More
दुईको  छुट्टाछुट्टै दुर्घटनामा  मृत्यु

दुईको  छुट्टाछुट्टै दुर्घटनामा  मृत्यु

१३ भदौ,महेन्द्रनगर(कञ्चनपुर) । कञ्चनपुरको बेलौरी नगरपालिकाका ७२ वर्षीय जनकलाल चौधरीको करेन्ट लागेर उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीका बुबा जनकलालको मङ्गलबार साँझ घरमा नुहाउने क्रममा करेन्ट लागेर घाइते भई धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले चौधरीको शव बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ । त्यसैगरी कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकमा मोटरसाइकल अनियन्त्रित भई एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हुलाकी सडक खण्डको बेल्डाँडी गाउँपालिका–१ आनन्द टोलमा स्थानीय राधाकृष्ण टोलका २५ वर्षीय सुनिल…
Read More
लेक लागेर तीर्थयात्रीको मृत्यु

लेक लागेर तीर्थयात्रीको मृत्यु

१३ भदौ, बाजुरा । बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढा रहेका छन् । बडीमालिकाको दर्शन गर्न गएका बुढा अक्सिजन अभावका कारण बाटोमै अचेत भएका थिए । अचेत अवस्थामा भेटिएका उनको दुर्गाभञ्जन गुल्म बाजुराद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचारका क्रममा गए राति मृत्यु भएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले राससलाई जानकारी दिनुभयो । यस्तै अक्सिजन अभावका कारण अचेत भएकी कैलालीको अत्तरियाकी ६३ वर्षीया ईश्वरी बोहोराको सेनाको स्वास्थ्य शिविरमा उपचार भइरहेको छ । मृत्यु भएका बुढा र सिकिस्त बिरामी बोहोरालाई थप उपचारका लागि अन्यत्र लैजान नेपाली…
Read More
Page 59 of 304
1 57 58 59 60 61 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.