समाज

गोसाइँकुण्डमा रु तीनलाख भेटी सङ्कलन

गोसाइँकुण्डमा रु तीनलाख भेटी सङ्कलन

१८ भदौ, रसुवा। पवित्र तीर्थस्थल गोसाइँकुण्डमा रु तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । उहाँले भेटी रकम गणना सम्पन्न भएको र रकम बैंक खातामा जम्मा गर्न पठाएको बताउनुभयो । यही भदौ १४ गते सम्पन्न जनैपूर्णिमा पर्वको विशेष मेला भर्न नीलाद्री पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी पुजारीमार्फत सङ्कलन भएको र सो भेटी नेपाल प्रहरीको सुरक्षाका साथ धुञ्चे पु¥याई गणना सम्पन्न भएको थियो। यसैगरी गोसाइँकुण्ड जाने यात्रुबाट लाङटाङ राष्ट्रिय निकुञ्जले प्रवेश…
Read More
सुन्धरामा भ्यानको ठक्करबाट मृत्यु

सुन्धरामा भ्यानको ठक्करबाट मृत्यु

१८ भदौ, काठमाडौँ । काठमाडौँको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सङ्खुवासभा मकालु गाउँपालिका–१ का शेर्पाको आज बिहान मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धरामा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । मोटरसाइकलको पछाडि बस्ने १९ वर्षीय डोल्मा शेर्पा घाइते भएकी छन् । उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रवक्ता भट्टले बताउनुभयो । भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भ्यानका…
Read More
अवरुद्ध ताप्लेजुङ –काठमाडौँ उडान सुचारु

अवरुद्ध ताप्लेजुङ –काठमाडौँ उडान सुचारु

१८ भदौ, ताप्लेजु । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ । खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौँ सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिनुभयो । लामो समयपछि भएको उडानमार्फत काठमाडौँबाट छ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडाँै गएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उहाँले बताउनुभएको छ । करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने…
Read More
पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गरी स्वदेश पठाउन आदेश

पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गरी स्वदेश पठाउन आदेश

१७ भदौ, काठमाडौँ । सर्वोच्च अदालतले थुनामा रहेका पाकिस्तानी नागरिक मोजाम अब्दुल हईलाई थुनामुक्त गर्न अध्यागमन विभागलगायत निकायका नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र डा मनोजकुमार शर्माको संयुक्त इजलासले शुक्रबार पाकिस्तानी नागरिक हईलाई रिहा गरी आफ्नै देश फिर्ता गराउन आदेश गरेको हो । भिसा नियमित नगरी नेपालमा बसेको दाबी गर्दै सरकारले पाकिस्तानी नागरिक हईलाई सन् २०१९ को अक्टोबर ७ तारेखदेखि पक्राउ गरी थुनामा राखेको थियो । भिसा नियमित नगरी आठ सय २३ दिन नेपाल बसेको उल्लेख गर्दै अध्यागमन विभागले रु सात लाख ८१ हजार तीन सय ८९ दशमलव १२ भिसा र विलम्ब शुल्क रु ५० हजार…
Read More
भ्रष्टाचार अभियोगमा मुद्दा दायर

भ्रष्टाचार अभियोगमा मुद्दा दायर

१७ भदौ,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सो गाउँपालिका–२ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो । निःशुल्क रुपमा दानपत्रमार्फत प्राप्त भएको जग्गालाई रु छ लाख खरिद गरेको भनी देखाइ भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदी र तत्कालीन वडा नं २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी…
Read More
आलेखः राप्ती तटीय क्षेत्रका बासिन्दा सधैँ बाढीको त्रासमा

आलेखः राप्ती तटीय क्षेत्रका बासिन्दा सधैँ बाढीको त्रासमा

१७ भदौ,राँझा। वर्षात् सुरु भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका–७ नयाँवस्ती फरेदागाउँका शङ्कर यादव रातिमा राम्ररी निदाउन सक्नुभएको छैन । “बाढी रोकथामको लागि लगाइएको तटबन्ध भत्किएको वर्ष दिन भइसक्यो, राप्ती नदीले कटान गर्दै गाउँतिर सोझिएको छ”, उहाँले भन्नुभयो, “ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले वर्षात्को समयमा राम्ररी निदाउन सकिन्न ।” राप्ती नदी बस्तीमा पस्ने डरले राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका करिब एक दर्जन वस्तीका सयौँ बासिन्दा त्रासमा रात बिताउने गरेका छन् । राप्तीको तल्लोतटीय क्षेत्रमा नदीले दिनहुँजसो जमिन कटान गरिरहेको छ । अहिलेसम्म सयौं बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको स्थानीयवासी यादवको भनाइ छ । राप्ती…
Read More
प्रतिजैविक औषधिको लेवलमा रातो धर्का राख्न निर्देशन

प्रतिजैविक औषधिको लेवलमा रातो धर्का राख्न निर्देशन

१७ भदौ,काठमाडौ। औषधि व्यवस्था विभागले प्रतिजैविक ( एन्टिबायोटिक) औषधिको लेवलमा रातो धर्का राख्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक औषधि उपभोक्ताले चिकित्सकको परामर्शबिना नखाउन भन्नका लागि रातो धर्का राख्न निर्देशन दिइएको बताउनुभयो । “उपभोक्तले रातो धर्का भएको औषधि चिकित्सकको पर्चा (प्रिस्क्रिशन)को आधारमा खानुपर्दछ, जथाभावी नखाउन भनेर प्रतिजैविक औषधिमा रातो धर्काको अभियान सञ्चालन गरेका छाँै”, उहाँले भन्नुभयो, “औषधिको लेवलमा रातो धर्का भएमा उपभोक्ताले जथाभावी रुपमा नखानु भनेर सचेत गराइने छ ।” उहाँले रातो धर्का भएको औषधि प्रतिजैविक औषधि हो भनेर उपभोक्तालाई चिनाउन पनि अभियान सञ्चालन गरिएको बताउनुभयो । विभागले बजारिकृत हुने समूह ‘ख’ प्रतिजैविक वर्गको औषधिको पहिलो र…
Read More
चट्याङबाट दिदीको मृत्यु, बहिनी घाइते

चट्याङबाट दिदीको मृत्यु, बहिनी घाइते

१७ भदौ,बाजुरा। बाजुरामा चट्याङ लागेर दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छिन् । गएराति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो । चट्याङ लागेर मृतक रावलकी बहिनी नौ वर्षीया रोजिता रावल घाइते भएकी छिन् । कोर्ध गाउँको थला लेकमा दुवैजना राति सुतेको अवस्थामा चट्याङ लागेको थियो । प्रतिक्षाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । चट्याङ लागेर एउटा भैँंसी, एउटा पाडो र एउटा गोरुसमेत मरेको छ । घाइते रोजिताको मार्तडीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Read More
दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’ हुँदै

दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’ हुँदै

१७ भदौ,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी असोज तेस्रो साता जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ कार्यक्रम गर्ने भएको छ । जिल्लाका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी असोज १७ देखि २१ गतेसम्म पाँचदिने कला प्रदर्शनी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो । कला, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि जिल्लाका १० वटै स्थानीय तहमा भएका पाखा, पखेरा, जङ्गल, खोल्साखाल्सी, खोच, लेकबेँसीका साथै प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरूको प्रचारका लागि ‘लाइभ’ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।…
Read More
प्रचार नपाएको नौ बहिनी झरना

प्रचार नपाएको नौ बहिनी झरना

१५ भदौ, ढोरपाटन। बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँको शिरमा छ नौ बहिनी झरना । एउटै पहाडको खोँचमा नौ स्थानमा रहेका झरना पर्यटकी हिसाबले निकै सम्भावना बोकेका छन् । मोराखोलामा कलकल पानी झर्दै बनेका आकर्षक झरनाको प्रचारप्रसार नहुँदा अहिलेसम्म पर्यटक पुग्न सकेका छैनन् । एकै ठाउँमा एउटै खोलमा रहेकाले स्थानीयले यी झरनाको नाम नौ बहिनी झरना राखेका हुन् । शान्त वातावरण र उच्च पहाडी हावापानीमा छन् दिदीबहिनी झरना । झरनासम्म मध्यपहाडी लोकमार्ग हुँदै भल्कोटबाट तीन घण्टा पदैलयात्रा गरेर पुग्न सकिन्छ । मोराखोलामा बनेको चार झरनामध्ये सबैभन्दामाथिको जेठी, त्यसभन्दा तल बनेका झरनालाई क्रमशः माइली, साइली र कान्छी भन्ने गरिएको छ । झरना…
Read More
Page 57 of 304
1 55 56 57 58 59 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.